२ इन्स्योरेन्स र १ लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज चैत्र १६ गते ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेका प्रभु इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, र सिद्धार्थ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज चैत्र १६ गते अन्तिम दिन हो । आजसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।प्रभु इन्स्योरेन्सले चैत्र ३० गते काठमाडौँको तिनकुने स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद लाभांश गरि कुल ११.५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउन सक्ने छन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १६ करोड १९ लाख २ हजार ३ सय २८ रुपैयाँ रहेको छ ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गतेदेखि साधारणसभा सम्पन्न नहुँदासम्मको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :(क) सामान्य प्रस्तावः१. कम्पनीको २६ औं वार्षिक साधारण सभामा संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७७/०७८ को वासलात, नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने ।३. सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम प्रस्तावित बोनश शेयरमा लाग्ने कर प्रयोजनको लागि २०७८ आषाढ मसान्तमा कायम चुक्ता पूँजीको ०.५८ प्रतिशतले हुन आउने रकम रु.६७,२६,८०३१०० नगद लाभांश पारित गर्ने ।४. आ.व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारीश्रमिक निर्धारण सम्बन्धमा।(ख) विशेष प्रस्तावः१. सञ्चालक समितिवाट प्रस्ताव गरे बमोजिम कम्पनीको आ.व.२०७७/०७८ को मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनश शेयर पारित गर्ने ।२. बोनश शेयर जारी पश्चात कम्पनीको पूँजी बृद्धि हुने हुँदा सो को लागि कम्पनीको प्रवन्धपत्रको दफा ६ (क) तथा नियमावलीको नियम २.१ (क) संशोधन गरी सोहि हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने।३. विशेष प्रस्तावका संशोधनहरुबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको संशोधन उपर नियमनकारी निकाय वा कार्यालय लयबाट कने बिषयमा थप संशोधन गर्न भाषिक संशोधन वा फेरबदल गर्न कनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने । आरम्भ चौतारी लघुवित्तले  चैत्र २७ गते आइतबार काभ्रेको बनेपा स्थित बनेपा पार्टी भेन्युमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  २१ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तको चुक्ता पूँजी रु २८६,७६३,१४८।-को २१ प्रतिशतले हुन आउने बोनश शेयर रु.६,०२,२०,२६१/-(अक्षरुपी छ करोड दुई लाख बिस हजार दुई सय एकसठ्ठी रुपैया मात्र) बितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गतेदेखि चैत्र २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:साधारण प्रस्ताव:१) आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।२) लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात र आ.व.२०७७/७८ को नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने।३) सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तको चुक्ता पूँजी रु.२८६,७६३,१४८।-को २१ प्रतिशतले हुन आउने बोनश शेयर रु.६०२२०२६१।- (अक्षरेपी छ करोड दई लाख बिस हजार दई सय एकसटी रुपैया मात्र) र संस्थाले साविक देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेकोले हाल कायम रहेको चुक्ता पूँजी रु.३०,६९,२३,१४८/(अक्षरेपी तीस करोड उनान्सत्तरी लाख तेइस हजार एक सय अठचालीस रुपैया मात्र) समेतमा समायोजन गरी उक्त बोनश शेयर वितरण गर्न स्विकृति प्रदान गर्ने ।४) लेखापरीक्षण समितिको सिफारिश वमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि बाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने । (बहालवाला लेखापरीक्षक श्री प्रसिद्ध आचार्य प्रसिद्ध ए एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स् पुनः नियुक्त हुन योग्य हुनुहुन्छ ।)५) संस्थाले साविक देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने सञ्चालक श्री विनोद ज्ञवालीज्यूको नियुक्ति अनुमोदन गर्ने।विशेष प्रस्ताव:१) संचालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट चुक्ता पूंजी रु.३०,६९,२३,१४८/- को २१ प्रतिशतले रु.६,०२,२०,२६१।- (अक्षरेपी छ करोड दुई लाख बिस हजार दुई सय एकसठ्ठी रुपैया मात्र) बराबरको बोनस शेयर वितरण गर्न स्विकृती प्रदान गर्ने ।२) निम्नानुसारको विषयहरु अनुरुप संस्थाकोको प्रबन्धपत्र/नियमावलीमा संशोधन /थप गर्ने :(अ) विशेष प्रस्ताव नं. (१) मा प्रस्ताव गरे वमोजिम बोनस शेयर जारी गर्दा संस्थाको पुँजी समेत बृद्धि हुने हुंदा सो को लागि प्रबन्धपत्रमा संशोधन गरी पूँजी बृद्धि गर्ने।(आ) संस्थाको नियमावलीमा सञ्चालकहरुको भत्ता/सुविधा बृद्धि गर्ने ।३. भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था संग एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ती/समाहित (Acquisition) गर्ने/हुनेप्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।४. प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने । सिद्धार्थ इन्स्योरेन्सले  चैत्र ३० गते बुधबार पर्यटन बोर्डको सभाकक्षमा साधारणसभा गर्न लागेको छ  । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ।   कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:क. सामान्य प्रस्तावः१. सञ्चालक समितिको तर्फवाट अध्यक्ष ज्यू द्धारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/०७८ को वासलात,नाफा-नोक्सान हिसाव तथा सोहि अवधिको नगद प्रवाह सहितको विवरण तथा सो सँग सम्बन्धित अनुसूचिहरु छलफल गरी पारीत गर्ने ।३. लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व.२०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरिक्षक श्री एस.ए.आर. एसोसियट्स ,चार्टर्ड एकाउण्टेण्टस् कानुनत पुन: नियुक्त हुन सक्नेछ।४. संचालक समितिले प्रस्ताव गरे बमोजिम चक्ता पंजीको ०.७८९५ प्रतिशतले हुन आउने रकम रु.८८,४२,१०५- नगद लाभांश प्रस्तावित वोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) स्वीकृत गर्ने ।५. सञ्चालक समितिमा रिक्त स्वतन्त्र (विज्ञ) सञ्चालकको पदमा भएको सञ्चालकको नियुक्ति अनुमोदन गर्ने ।ख. विशेष प्रस्तावः१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने रकम रु. १६,८०,००,०००/- वरावरको वोनस शेयर जारी गर्ने ।२. प्रवन्ध पत्रको दफा ५ को (ख) मा रहेको पुँजी सम्वन्धि व्यवस्थालाई संशोधन गर्ने ।३. नियमावलीको नियम ५ को (ख) र (घ) पुँजी सम्बन्धि व्यवस्थालाई संशोधन गर्ने ।४. प्रवन्ध पत्रको दफा ३.१ मा रहेको उद्धेश्य अर्न्तगत '(झ) सामुहिक लगानी कोष योजना सञ्चालन गर्ने, गराउने' व्यवस्था थप गर्ने ।५. निर्जिवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने ।६. नियमावलीको नियम २८ को उप-नियम १ मा रहेको सञ्चालकलाई प्रदान गरिने वैठक भत्ता सम्वन्धि व्यवस्थालाई संशोधन गरी वैठक भत्ता वृद्धि गर्ने ।७. संशोधित प्रवन्ध पत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायवाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

सम्बन्धित सामग्री

२ कम्पनी र २ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई वटा कम्पनी र २ वटा सामुहिक लगानी कोष योजनाको लाभांश सुरक्षित गर्ने आज कार्तिक १७ गते अन्तिम दिन रहेको छ । लाभांश बितरण प्रयोजनको लागि कार्तिक १८ गते बुक क्लोज गरेका नेपाल लाइफ इन्स्योरेन्स र अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । त्यस्तै नबिल इन्भेष्टमेन्ट बैंकिंगले संचालन गरेका सामुहिक लगानी कोष योजनाहरु नबिल इक्विटी फण्ड , र नबिल ब्यालेन्स फण्ड २ को लाभांश सुरक्षित गर्ने पनि आज अन्तिम दिन हो ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मङ्सिर ८ गते बिरगंजको होटेल भिष्वामा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ। कम्पनीले  आर्थिक बर्ष २०७७/२०७८ सम्मको संचिति मुनाफाबाट १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित नगद लाभांश मध्ये  ०.७८९५ प्रतिशत कर प्रयोजनका लागि  रहेको छ। बार्षिक साधारणसभाले पारित गरेपश्चात उक्त लाभांश सेयरधनीमा वितरण हुनेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।त्यस्तै अरुण काबेली पावरले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजी रु. १, ८५, ५२,१०,५००।- को १० प्रतिशतका दरले रु. १८, ५५,२१,०५०।- बरावरको वोनश शेयर र ०.५२६३ प्रतिशतका दरले रु. १,०५,०६,०५७/- नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले कार्तिक ३० गते बुधवारको लागि साधारण सभा डाकेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि  कार्तिक १८ गते शुक्रवार बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । त्यस्तै नबिल इन्भेष्टमेन्ट बैंकिङले संचालन गरेका २ वटा सामुहिक लगानी कोष योजना नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ को लाभांश सुरक्षित गर्न पनि आज अन्तिम दिन हो ।   नबिल व्यालेन्स्ड फण्ड २ ले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ७ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु. ७,८४,००,०००।- (अक्षेरुपी सात करोड चौरासी लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको  छ। त्यस्तै  नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ५ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु. ६,२५,००,०००।- (अक्षेरुपी छ करोड पच्चीस लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । लाभांश बितरण प्रयोजनको लागि दुवै योजनाले  कार्तिक १८ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेका छन्। कार्तिक १७ गतेसम्म कायाम इकाईधनीले मात्र उक्त लाभांश पाउँन सक्ने छन् ।

सानिमा लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै मंगलबारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। कम्पनीले आव २०७६/७७ सम्मको मुनाफाबाट शेयरधनीलाई ४.२ प्रतिशत बोनस शेयर र ०.२२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। […]

नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

जेठ १६, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (सोमवार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि जेठ १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेकाले आज अर्थात् सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र शून्य दशलमव ५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले जेठ ३० गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वैशाख ११, काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार रहेको छ । कम्पनीले साधारण सभा र लाभांश  वितरण प्रयोजनको लागि वैशाख १२ गते (सोमवार) बुक क्लोज गर्ने भएसँगै आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले वैशाख २१ गते साधारण सभा आयोजना गरेको छ । कम्पनीले सभा अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे हुने जानकारी दिएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

चैत २३, काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रस्तावित कुल ७ दशमलव ३७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (बुधवार) अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब १० करोड ८५ लाखको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले वैशाख ११ गते वीरगञ्जमा २०औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि चैत २४ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीको छ । यस आधारमा कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन चैत २३ गते बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।

तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

चैत १६, काठमाडौं । तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज (बुधवार) अन्तिम दिन रहेको छ । प्रभु इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तको लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन हो । यी तीन ओटै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बिहीवारदेखि बुक क्लोज गर्ने भएसँगै बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  प्रभु इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ सम्मको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । सभा प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा हुने जानकारी दिएको छ ।  त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ सम्मको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटी मण्डपमा हुने जानकारी दिएको छ । त्यस्तै, आरम्भ चौतारी लघुवित्तले गत आवसम्मको मुनाफाबाट शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २७ गते साधारण सभा बोलाएको छ ।  कम्पनीले सभा बनेपा पार्टी भेन्यू, बनेपा-८, काभ्रेपालञ्चोकमा हुने जानकारी दिएको छ ।

एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

माघ ११, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (मंगलवार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि बुधवार बुक क्लोज गर्ने भएसँगै मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।  कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी माघ २१ गते साधारण सभा आयोजना गरेको छ ।  कम्पनीले सभा होटल दियालो लर्डस प्लाजा आदर्शनगर, वीरगञ्जमा बिहान ११:३० बजे शुरु हुने बताएको छ ।

दुई ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंसिर ९, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स र बैंक अफ काठमाण्डूको लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ । दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रवार (मंसिर १० गते) बुक क्लोज गर्ने भएसँगै आज अर्थात् बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । प्राइम लाइफ इन्स्योरेन्सले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर १९ गते साधारण सभा आयोजना गरेको छ । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिनको २ बजे गर्ने कम्पनीले जानकारी गराएको छ । त्यस्तै, बैंक अफ काठमाण्डूले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २९ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने कम्पनीले जानकारी गराएको हो ।

नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

असार १७, काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रवार बुक क्लोज गर्ने भएसँगै बिहीवारसम्म कायम शेयरधनीले लाभांश पाउनुका साथै साधारण सभामा भाग लिन सक्नेछन् ।  कम्पनीले गत  आव २०७६/७७ को नाफाबाट शेयरधनीलाई १५ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी असार ३१ गते २५औं साधारण सभा बोलाएको छ ।  सभा आफ्नै भवन ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे गर्ने कम्पनीले जानकारी गराएको हो । साथै अन्य प्रस्तावमा कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।  उक्त सभा प्रयोजनका लागि शुक्रवारदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले लाभांशका लागि आजसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।

सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

असार १६, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको कुल ११ दशमलव ५८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (बुधवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले गत आर्थिकव वर्ष ०७६र७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ लाख २३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । उक्त लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार ३० गते २४औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको प्रधान कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो । उक्त सभा प्रयोजनका लागि बिहीवारदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले आजसम्म लाभांशका लागि शेयर कायम गर्नुपर्ने भएको हो । कोभिड १९ को जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ । लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले अन्तिम रुप दिनेछ ।