काठमाण्डौ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गर्नुभएको छ ।
आज सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताउनुभएको हो । उहाँले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाए पनि सरकारले अदालतमा नपठाएको बताउनुभयो ।
सांसद सुवालले सरकारले मनलाग्दी गर्न पाउने हो भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले जिल्लाका प्रहरी अधिकारीहरूले जनताको समस्याका बारेमा मन्त्रालय वा ...