धनगढी उपमहानगरपालिका क्षेत्रको अतिक्रमण हटाउन एकीकृत समाजवादीको माग

२२ पुस, धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेका धनगढी उपमहानरपालिका क्षेत्रमा गरिएको खोलानाला अतिक्रमण हटाउन माग गरेको छ । बिहीबार एकीकृत समाजवादी पार्टी धनगढी नगर कमिटिले मेयर नृपबहादुर वडलाई ज्ञापन पत्र बुझाउँदै खोलानाला अतिक्रमण गरेर बनाइएका संरचना हटाउन माग गरेको हो । नगर क्षेत्रमा खोलानाला अतिक्रमण गरेर भौतिक संरचना बनाउने […]

सम्बन्धित सामग्री

धनगढी उपमहानगरपालिका: पाएनन् शिक्षकले तलब

आफूले काम गरेबापतको तलब नपाउँदा शिक्षकहरू धनगढी उपमहानगरपालिका धाएको धायै भए पनि उपमहानगरपालिकाले निजी शिक्षकलाई दिँदै आएको तलब यसपालि भने दिन नसक्ने बताएको छ।...

धनगढी उपमहानगरपालिका: नगर सभामा कुर्सी फालाफाल

धनगढी उपमहानगरपालिकाको आठौं नगर सभाको तेस्रो बैठकमा नगरसभा सदस्यद्वारा कुर्सी फालाफल भएको छ। नगर सभा बैठकमा उपमेयर कन्दकला रानाले आफूसँग सल्लाह नगरेरै बजेट पुस्तिका प्रकाशन गरेको भन्दै विरोध जनाएपछि कुर्सी फालाफाल भएको हो।...

पौने दुई अर्ब बढीको बजेट ल्याउँदै धनगढी उपमहानगरपालिका

काठमाडौँ । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि एक अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आज आठौँ नगर सभामा पेस हुने धनगढी उपमहानगरपालिकाको बजेटको आकार आगामी आर्थिक वर्ष २०७९/७० मा एक अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा प्रस्तुत हुने बताइएको छ ।  उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८-७९ मा एक […]

धनगढी उपमहानगरपालिका नीति तथा कार्यक्रम तयार गर्दै

धनगढी उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९६ लाख रुपैयाँको बजेटको सिलिङमा रही योजना बनाउन भनेर सोमबार पत्र प्राप्त गर्यो । वडा कार्यालयले पाएको यो बजेट सिलिङ चालु आर्थिक वर्ष २०७८/०७९ कै कायम रहेको छ ।विगतमा उपमहानगरपालिकाको कार्यालयले प्रत्येक वडामा बैशाख १५ गतेभित्रै बजेट सिलिङ पठाउने गरेको थियो । यस पटक स्थानीय तहको निर्वाचनलाई कारण देखाउँदै उपमहानगरपालिकाले नीति, कार्यक्रम तथा बजेट ल्याउने समयावधि नजिकिँदै गर्दा वडाहरूलाई पुरानै बजेट सिलिङ पठाउँदै योजना

धनगढी उपमहानगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका मुडभरी प्यानलसहित निर्वाचित

धनगढी – धनगढी उपमहानगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका सन्तोष मुडभरी पुनः वडा अध्यक्षमा निर्वाचित भएका छन्। वडाध्यक्षमा निर्वाचित मुडभरीले ११८६ मत प्राप्त गरेका छन्। यसैगरी सदस्यमा सत्यदेवी जोशी १०६२, डम्मर नाथ जोशी ९८२,धर्मराज उपाध्यय ९९७ र सरस्वती कोली १०२७ मत प्राप्त गरी बिजयी भएका छन्। अध्यक्षमा निर्वाचित मुडभरी यसअघि पनि वडाध्यक्ष थिए ।

धनगढी उपमहानगरपालिका :  प्रमुखमा दश र उपप्रमुखमा सात जनाको उम्मेदवारी

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिकामा नगर प्रमुखका लागि दश जना र उपप्रमुखमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकामा दलदेखि स्वतन्त्र गरी नगर प्रमुखमा दश जना र उपप्रमुखमा सात जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।नगर प्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीबाट

एलपीएलको मुख्य प्रायोजकमा धनगढी उपमहानगरपालिका

आगामी फागुन २ गतेदेखि आयोजना हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) छैटौँ संस्करणको मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका रहने भएको छ।...

धनगढी उपमहानगरपालिका र नेस्पोबिच सात बुँदे सम्झौता

धनगढी । धनगढी उपमहानगरपालिका र नेपाल स्पोर्टस् रिसर्च एन्ड प्रमोसन फाउन्डेसन(नेस्पो)बिच सम्झौता भएको छ । उपमहानगरपालिकाद्वारा पालिका क्षेत्रमा सञ्चालित विविध खेल गतिबिधिहरुलाई थप व्यवस्थित तथा शिक्षामूलक तवरले अगाडी बढाउन ७ बुँदे सम्झौता गरिएको हो । सम्झौता पत्रमा उपमहानगरका तर्फबाट नगर प्रमुख नृप बहादुर वड र नेस्पोका तर्फबाट अध्यक्ष साम्राज्य विक्रम पाँडेले आइतबार एक कार्यक्रममा बिच […]

धनगढी उपमहानगरपालिका : यसवर्षको बजेट एक अर्ब ८१ करोड

रासस। धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९को लागि रु.एक अर्ब८१ करोड२८ लाख२२ हजारको बजेट सातौं नगरसभामा पेश गरेको छ। आजको उपमहानगरपालिकाको सातौं नगरसभाले चालुतर्फ रु.एक अर्ब दुई करोड८० लाख७० हजार र पुँजीगततर्फ रु.७८ करोड४७ लाख५१ हजार विनियोजन गरेको हो। यसवर्षको बजेटमा कोरोनाबाट सृजित समस्या व्यवस्थापन, स्वास्थ्य, सरसफाइ र विपद् व्यवस्थापन, स्वास्थ्य तथा मानव सामथ्र्य विकास, कृषि उत्पादन लगायतलाई समावेश गरिएको छ।