चक्रवात टोकटेका कारण मुम्बई एयरपोर्ट बन्द, सेना तैनाथ

एजेन्सी। चक्रवात टोकटेका कारण भारतको कर्नाटक, केरला र गोवामा तीव्र हावाहुरीका साथ भारी वर्षा भएको छ। टोकटेकै कारण आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मुम्बई विमानस्थल बन्द गरिएको छ। गुजराततर्फ अघि बढिरहेको यो तुफान निकै खतरनाक हुनसक्ने चेतावनी भारतको मौसम विभागले दिएको छ। यसले ठूलो नोक्सानी गर्नसक्ने अनुमान गरिएको छ। गुजरातमा सोमबार साँझसम्म चक्रवात टोकटे पुग्ने जनाइएको छ।

सम्बन्धित सामग्री

जनकपुर विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई

जनकपुरधाम– जनकपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ। स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेपाल प्रहरीको जिम्मामा रहेको एयरपोर्ट नेपाली सेनाको जिम्मामा दिइएको हो। आइतबारदेखि विमानस्थलको जिम्मा नेपाली सेनाले लिएको छ। जनकपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले एयरपोर्टमा खटिरहेका सुरक्षाकर्मीहरु निर्वाचनमा खटिएका कारण नफर्केसम्म नेपाली सेना विमानस्थलको सुरक्षामा रहने बताए। उनले मेजरको नेतृत्वमा ४८ जना नेपाली सैनिक […]

टर्कीले फिर्ता बोलाउन थाल्यो अफगानिस्तानबाट सेना

१० भदौ, काठमाडौं । टर्कीले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता ल्याउन सुरु गरेको बताएको छ । नेटोको एक सदस्य मुलुकसमेत रहेको टर्कीले अफगानिस्तानमा आफ्ना पाँच सयभन्दा धेरै सैनिक परिचालन गरेको थियो । यसअघि अफगानिस्तानको काबुल एयरपोर्ट चलाउन टर्कीले आफ्नो सैन्य उपस्थिति कायम राख्न सक्ने अनुमान गरिएको थियो । यद्यपि बुधबार टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले बुधबार […]

अफगानीहरुले अब देश छोड्न नपाउने, एयरपोर्ट जाने बाटो तालिवानद्वारा बन्द

एजेन्सी । अफगानिस्तानमा नयाँ सरकारको गठनमा जुटेको तालिवानले अफगानीहरुलाई देश छोड्न नदिने प्रष्ट पारेको छ । अमेरिकालाई चेतावनी दिदै अगस्ट ३१ भित्र सबै अमेरिकी सेना आफ्नो देश फर्किनुपर्ने बताएको छ ।