निःशुल्क इन्टरनेट सेवा पुर्याउन ब्रोडब्यान्ड विस्तारमा तिव्रता

सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै सामुदायिक विद्यालय, स्थानीय तह र स्वास्थ्य संस्थामा निःशुल्क इन्टरनेट सेवा पुर्याउन ब्रोडब्यान्ड विस्तारलाई तीव्र रुपमा अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार गत असार मसान्तसम्ममा १० हजार ५ सय २७ किलोमिटर रहेको अप्टिकल फाइबर बिछ्याउने कार्य एकै वर्षमा यसको झन्डै दोब्बर विस्तार गर्दै १९ हजार १७० […]

सम्बन्धित सामग्री

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट : २५७ स्थानीय तहसँग सम्झौता

काठमाडौं । भूकम्प प्रभावित आठ जिल्लामा २ वर्षका लागि निःशुल्क इन्टरनेट पुर्‍याउने उद्देश्यअनुरूप नेपाल दूरसञ्चार प्राधिकरण र २५७ ओटा गाउँपालिका/नगरपालिकाबीच समझदारी भएको छ । भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौं उपत्यकाबाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एमबीपीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न कार्यक्रम अघि बढाइएकोमा ६५६ मध्ये २५७ ओटा स्थानीय तहसँग हालै समझदारीपत्रमा हस्ताक्षर भएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनामध्ये भूकम्पबाट अति प्रभावित आठ जिल्ला (काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगा)का सबै स्थानीय तहको कार्यालय, वडा कार्यालय, सामुदायिक मावि, सामुदायिक स्वास्थ्य संस्थाहरूमा क्षमता अभिवृद्धि र जडान गर्न सो योजना ल्याइएको हो, जसमा सम्पूर्ण आधारभूत विद्यालयसमेत गरी करीब ४ हजार २५१ स्थानमा कम्तीमा २० एमबीपीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान गरी २ वर्षसम्मका लागि महशुलबापतको रकम उपलब्ध गराउने योजना छ । आधारभूत विद्यालयमा कम्तीमा २० एमबीपीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न ७५ मध्ये ७० ओटा पालिकासँग अन्तिम सम्झौता भइसकेको प्रवक्ता पौडेलले जानकारी दिए । प्राधिकरणले इन्टरनेटबारे सम्झौता गर्न बाँकी रहेका गाउँपालिका÷नगरपालिकालाई सम्झौताका लागि आग्रह गरेको छ । प्राधिकरणले ‘डिजिटल नेपाल फ्रेमवर्क’को आकांक्षा पूरा गर्ने उद्देश्यअनुरूप ग्रामीण दूरसञ्चार विकास कोषको परिचालन गरी हालसम्म १ हजार ६ किलोमिटर  (४६.१६ प्रतिशत) अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न गरेको छ । रासस

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट : २५७ स्थानीय तहसँग सम्झौता

भूकम्प प्रभावित आठ जिल्लामा दुई वर्षका लागि निःशुल्क इन्टरनेट पुर्याउने उद्देश्यअनुरुप नेपाल दूरसञ्चार प्राधिकरण र दुई सय ५७ वटा गाउँपालिका/नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एमबीबीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न कार्यक्रम अघि बढाइएकामा कूल ६ सय ५६ मध्ये दुई सय ५७ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भएको  प्राधिक

सिंहदरबार, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क इन्टरनेट

सरकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। सो क्षेत्रमा आगामी दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने गरी सरकारले योजना अगाडि बढाएको छ। सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढिसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।