एमाले फुट्दा यसकारण ओली र माधव नेपाललाई फाइदा

काठमाडौं, २६ भाद्र । नेकपा एमालेमा बामदेव गौतम नअटाउनुको एउटा कारण हो विधानमा उमेरहद । नेकपा एमालेको विधानले ७० वर्ष पुगेपछि कुनैपनि कार्यकारी पदमा रहन नमिल्ने गरी स्पष्ट व्यवस्था गरेको छ । बामदेव गौतम ७० कटिसकेका छन् । विधानले उनी कुनैपनि कार्यकारी पदमा रहन मिल्दैन । उनी अटाउने भनेको सल्लाहकार पदमा मात्र हो । केपी […]

सम्बन्धित सामग्री

ओली र माधव नेपाल मिलाउन वामदेव के के गर्दैछन्

काठमाडौं, १३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच पानी बाराबारको स्थिति छ । एमाले फुटेपछि दुई नेताबीच भेटवार्ता भएको छैन । तर, दुवै नेतालाई मिलाउने पहलले गति लिएको छ । भेट्रान कम्युनिस्ट नेता वामदेव गौतमले ओली र माधव नेपालबीच भेटवार्ता गराउने पहल गरिरहेका छ् । […]

संसदीय समिति सदस्य हेरफेर, माधव नेपाल र केपी ओली आमने–सामने हुने

नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रतिनिधि सभा अन्र्तगतको एउटै संसदीय समिति सदस्य भएका छन् ।  सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको संसदीय समिति र कार्यव्यवस्था समितिका सदस्यहरूको चयन तथा स्थान हेरफेर गर्दा यी दुई अध्यक्ष एउटै समिति सदस्य भएका हुन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले जानकारी गराएको समिति सदस्य हेरफेर अन्र्तगत एमाले अध्यक्ष ओली प्रतिनिधि सभा अन्र्तगत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य भएका छन् । सो

प्रचण्ड र माधव नेपाल बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढ्यो : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’  र माधव नेपाल बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढेको बताएका छन् ।  शनिबार पार्टीको वडास्तरीय अधिवेशनको उद्घाटन गर्दै उनले अब पार्टीभित्रको अनुशासनहीनता अन्त्य हुने बताए ।उनले भने,  ‘पार्टी छोड्ने, आफ्नो समूह लिएर जाने काम भयो । अब पार्टी एक भएको छ । अब पार्टीलाई कमजोर बनाउने तत्व बाहिरिएपछि राम्रो भएको छ । प्रचण्डले पार्टी बहिर्गमन गरेपछि र माधव नेपाल फरक ढंगले गएपछि हामीले पार्टीलाई सही ढंगले अगाडि ब

बालकोट बैठकमा ओलीले भने- माधव नेपाल फर्कन्छन् भने कारवाही फिर्ता हुन्छ

पार्टी विभाजनमा तटस्थ बसेका एमालेका स्थायी कमिटीका नेताहरूसँगको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नयाँ पार्टी खोल्ने प्रक्रियाबाट फिर्ता हुने भए कारवाही फिर्ता लिन सकिने बताएका छन् ।  पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिएका दोस्रो पुस्ताका नेताहरूले आज ओली निवास बालकोटमा ‘निर्णायक’ वार्ता गरेका थिए । उक्त छलफलमा यसअघि माधव नेपाल निकट भनिएका नेताहरूले १४ जनामाथि गरिएको कारवाही फिर्ताको विषय उठाएका थिए ।  अध्यक्ष ओलीले स्थायी कमिटीका नेताहरूलाई माधव नेपाल नयाँ पार्टी दर्ता...

बालकोटको ‘निर्णायक’ बैठकको निष्कर्ष- अब माधव नेपाल एमालेमा फर्कँदैनन्

पार्टी विभाजनमा तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज गरेको निर्णायक छलफलले पार्टी विभाजन गरेर गएका माधव नेपाल अब कुनै पनि हालतमा एमालेका नफर्कने निष्कर्ष निकालेको छ । पार्टी विवाद समाधानका लागि अध्यक्ष ओलीसँग ‘निर्णायक’ छलफल गर्ने भन्दै यस अघि माधव नेपाल पक्ष भनिएका एमाले स्थायी कमिटी सदस्यहरू ओली निवास बालकोट पुगेका थिए । उनीहरूले आजको छलफललाई पार्टी विवाद समाधानको निर्णायक छलफल भनेका थिए ।  ‘बैठकमा सहभागी नेताहरूले माधव नेपालले अलग्गै बाटो हिँड्न स...

अखिल फोर्सले गर्‍यो शक्ति प्रदर्शन, माधव नेपाल सहभागी

काठमाडौँ। नेकपा एमालेको माधव नेपाल पक्षको अखिल फोर्सले शक्ति प्रदर्शन गरेको छ। शनिबार काठमाडौँको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो। मोटरसाइकल र्‍यालीसहित गरिएको प्रदर्शनमा एमाले वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरूको उपस्थिति थियो। र्‍यालीपछि अहिले बबरमहलस्थित कार्की ब्याङ्केटमा अखिल फोर्सको राष्ट्रिय भेला भइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्युताएसँगै माधव पक्षले पनि अखिल फोर्स घोषणा गरेको

योगेश भट्टराई फेरि माधव नेपाल समूहतिरै लागे

एमाले नेता योगेश भट्टराई केपी ओली समूहतिर फर्किएको चर्चाका बीच फेरि माधव नेपाल समूहतिरै देखिएका छन् । माधव नेपाल समूहले बुधबार जारी गरेको विज्ञप्तिमा योगेशको नाम पनि रहेको छ ।  नेपाल पक्षमा १५ स्थायी समिति सदस्यले केपी ओलीको कार्यशैलीको विरोध गर्दै निकालेको विज्ञप्तिमा भट्टराईको पनि नाम समावेश भएको हो । यसअघि ओलीको विकल्पमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि भट्टराईले हस्ताक्षर नगरेपछि उनी ओली समूहतिर लागेको टिकाटिप्पणी हुन थालेको थियो । उसो त देउवालाई प्रधानमन्त्री बनाउन हस्त...

एमाले-एमाले भिडन्त, माधव नेपाल निर्णायक

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपा एमालेकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेका केन्द्रीय सदस्य रामबहादुर थापा, एमालेकै डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् । थापा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका र देवकोटा एमालेकै माधव नेपाल पक्षका हुन् । गृहमन्त्रीसमेत रहेका थापा शुक्रबार मनोनयन दर्ता गर्न हेलिकोप्टरबाट प्रदेश राजधानी हेटौंडा आएका थिए । थापाको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासम...

बालुवाटार बैठकमा भएन माधव नेपाल पक्षको प्रतिनिधित्व

सत्ता साझेदारीका विषयमा एमाले र जनता समाजवादी पार्टीबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको बैठकमा माधव नेपाल पक्षको सहभागिता रहेन । बैठकमा माधव नेपाल पक्षलाई खबर नै नगरिएको बालुवाटार स्रोतले जनाएको छ । सो बैठकमा एमालेका ओली पक्षीय नेताको मात्रै सहभागिता रहेको थियो । तत्कालीन नेकपामा रहँदा प्रचण्डसँग मिलेर प्रधानमन्त्री केपी ओलीविरुद्ध मोर्चाबन्दी गरेका नेपाल र उनीसहितको समूह सर्वोच्चले नेकपा विघटन गरिदिएपछि मात्रै एमालेमा फर्किएको हो । यद्यपी सो समूह र ओलीबीच हालसम्म पनि कुनै छलफल र सम्पर्क रहेको छैन । यह...