धान रोप्ने बेला मलको अभाव, रित्तो हात फर्कनुपर्दा किसान चिन्तित

रासस। धान खेतका लागि रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन्। महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि दैनिकजसो किसानको भीड लागेपनि मल नपाउँदा रित्तो हात फर्किनुपरेको छ। “मलखाद चाहियो भनेर किसानले कार्यालय नै घेराउ गर्नसमेत पछि पर्दैनन्। माथिबाटै थोरै मलखाद आउँछ, सबैतिर दिँदा पुग्दैन,” कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख बलबहादुर शाहले भने।