करको पासो नेताको हाँसो

नेपालमा अब सिंहदरबारको घेराभित्र बाँधिएका अधिकारका कुण्ठा निमुखा भनिएका जनताको घरदैलोमा आउँछ, तीन तहको सरकार बनेपछि जनताको दु:खका दिनले डाँडा काट्छन्, सुख, समृद्धिले आकाश चुम्छ, भनिएको थियो । विकास निर्माणले गति लिन्छ, व्यापार व्यवसाय गर्नेहरूका लागि सुनौलो ढोका खुल्छ, रोजगारका लागि विदेशिनु पर्दैन, स्वदेशमा छानीछानी रोजगारीका अवसर पाइन्छ आदि नाराले सोझासाझा जनताको मत अर्थात् अधिकार पाउनका लागि दलका नेताले टोलटोलमा बिगुल फुकेका थिए । मागेर धनी हुन सकिँदैन, मागेर को धनी भएको छ भनेर भाषण छाँट्ने नेताको कुरालाई हो मा हो भन्ने दलका कार्यकर्ता र जनताले बल्ल करको पासोमा झुन्डिएको अनुभव गर्न थालेका छन् । झूटा, आधारहीन, तथ्यहीन आश्वासनको सपनामा सोजासाझा जनता बादलभित्र रूमलिएका काग भएका थिए । ज्याला बनिबुतोबाट आएको आम्दानीमा पनि बालबच्चाको गाँस कटाएर राज्यलाई तिरेको करले देश समृद्ध होला भनेकोमा तीन तहका प्रतिनिधिहरूको भरणपोषणमा खर्चिने गरेकोमा जनतालाई गलपासो नेताको हाँसो छ । तीन तहको सरकारमध्ये तल्लो तह वा स्थानीय तहको सरकारले स्थानीय स्तरमा कर उठाएर आफ्नै क्षेत्रको विकास निर्माण कार्यमा लगाउने उद्देश्य राखेको भनिन्छ । स्थानीय तहका सरकारको आम्दानीका स्रोतमध्ये मालपोत, बहाल कर, सम्पत्ति कर, व्यवसाय कर, विज्ञापन कर, पार्किङ कर (शहरी क्षेत्रमा), सेवाशुल्क, दस्तुर, जरीवाना आदि हुन् । स्थानीय कर स्थानीय विकासका लागि हो भनेर नागरिक वडापत्रका रूपमा राखिएका हुन्छन् । विकास निर्माणको काम त भएन तर पनि दैनिक जीवनमा अति आवश्यक पानी धारोमा आउँदैन, फोहोर मैलाले वातावरण डुङडुङ गनाएको छ । तर पनि जनताले तोकिएको समयमा नै ती निकायलाई न्यूनतम शुल्क बुझाउनु नै पर्छ । अन्यथा जरीवानाले मेरूदण्डको ढाड भाँचिदिन्छ । धूलो र धूँवाले कर तिरेर बसेको नगरको सक्षम नागरिक हो भनेर भन्नुपर्ने बाध्यता छ । हामीले तिरेको कर दुरुपयोग भयो सदुपयोग भएन भनेर कसलाई भन्ने ? कसले निराकरण गरिदिने ? नियमित आम्दानी नभए पनि कर तिर्न जनतालाई कर पासो भएको छ भने नेतालाई हाँसो भएको छ । सबै दलका घोषणापत्रका शब्दजाल परिवर्तन भए तर लेखिएको कुरा व्यवहारमा आएन । व्यवस्था बदलिँदा हाम्रा आँखामा हर्षका आँसु बग्नुपथ्र्यो । हरेक वर्ष भित्ताको पात्रो फेरिएपछि करका दरको स्तर वृद्धि हुन्छ । चर्का नारा, गहकिला आशा अनि आश्वासन तथा अर्थहीन साझेदारी सरकार परिवर्तनले वा रूपान्तरणको प्रक्रियाले जनतामा सुखशान्तिको अनुभूति हुन सकेको छैन । नेपालीको घरघरमा महँगी थपिएकाले नेताहरूबाहेक सर्वसाधारण आर्थिक बोझले किचिएका छन् । राजनीतिको धारमा बगेको कमजोर वित्तीय नियन्त्रण नीतिका कारण राज्य कोषको अर्थ व्यवस्था संकटग्रस्त बन्दै गएको छ । जनप्रतिनिधिको मासिक तलबभत्ताका लागि गरीब जनतामाथि करको पासो थापिएको छ । स्थानीय तहको सरकारलाई लाग्ने सबै कर स्थानीय बासिन्दाले तिरिसकेपछि कर चुक्ता प्रमाणपत्र नि:शुल्क दिनुपर्नेमा त्यसको पनि दस्तुर तिर्नुपर्ने बाध्यकारी व्यवस्था छ । अन्य नियमन निकाय, वैदेशिक रोजगार वा उच्चशिक्षा प्राप्त गर्न सबै प्रकारका कर चुक्ता भएको निस्सा देखाउनैपर्छ । हरेक निस्सा लिँदा सेवा शुल्क तिर्नुपर्छ भने स्थानीय सरकारले जनताको सेवा गरेको हो कि ठगी गरेको हो ? आन्तरिक राजस्व कार्यालयले अहिलेसम्म करचुक्ता प्रमाणपत्र नि:शुल्क नै दिएको छ । अर्थतन्त्र किन भासियो त ? सरकारको नेतृत्व गरेका नेताले उद्योगी, व्यवसायी र किसानको उत्पादन बढाउन सकेनन्, दलका कार्यकर्ताको मात्र उत्पादनमा राजनीतिक दल तल्लीन भए । दीर्घकालीन आय आर्जनको विकास हुन सकेन । प्रधानमन्त्री रोजगारका नाममा झार र पत्कर पन्छाउने काममा आसेपासेलाई राज्यकोष लुटाइयो । गरीब जनताले तिरेको कर दलका कार्यकर्ताको पोल्टामा राखियो । उद्योग स्थापना भएको भए पो आर्थिक वृद्धिदरमा सहयोग पुग्थ्यो । उद्योग भन्नाले एकपटक लगानी गरेपछि अविच्छिन रूपमा प्रतिफल दिइरहन्छ भन्ने बुझिन्छ । यसबाट स्थायी प्रकृतिको वा लामो समयसम्म निरन्तर आय आर्जन गर्न सकिन्छ । उद्योग कलकारखानाको विकास निमार्ण गर्नु सट्टामा भ्यू टावर बनाउने काममा तँछाडमछाड भयो । हामी आफैले मत दिएर पठाएका जनप्रतिनिधिहरूले अनुत्पादक क्षेत्रमा लगानी बढाएर विदेशी मुद्राको सञ्चिति घटाउन योगदान पुर्‍याएकोमा जिम्मेवारी कसले लिने ? किसानले उत्पादन गरेको गुन्द्रुकमा कर लगाएर जनप्रतिनिधिलाई पाल्नुपर्ने व्यवस्थाबाट देश कहिले समृद्ध होला त ? यतिबेला विदेशी मुद्राको सञ्चिति घट्यो भनेर सरकार, केन्द्रीय बैंक र अर्थविद्हरूको रोइलो छ । नेपालको अर्थतन्त्रमा विदेशी मुद्राको सञ्चिति घट्नुमा उच्च घराना र धनीवर्गका नागरिकको ठूलो हात रहेको छ । गरीब देशका धनी जनताले सुन, चाँदी, हीरा जवाहारत तथा अन्य गरगहना किनेर आफ्नो घरको दराजमा वा बैंकको लकरमा थुपारेर राखेका छन् । यसरी वैध रूपमा नै थुपारिएको चल सम्पत्तिमा कर लाग्ने गरेको देखिँदैन । तर, एउटा गरीब जनाताको ३४२.२५ वर्ग फुट वा सोभन्दा कम जग्गाको करबापत मालपोत होस् वा बैंकको किस्ताबन्दी कर्जामा किनेको मोटरसाइकल सवारीसाधनको कर सरकारलाई तिर्नुपर्ने बाध्यकारी नियम बनेको छ । घरको दराजमा वा बैंकको लकरमा थुपारेर राखेको यस्ता चल सम्पति अनुत्पादक क्षेत्रमा भएको लगानी हो । नेपालीहरू वा हिन्दूधर्मालम्बीहरू धनसम्पत्तिलाई लक्ष्मीका रूपमा स्वीकार गर्छन् । यस्ती लक्ष्मीमातालाई चलायमान हुनबाट वञ्चित गराएर कालकोठरीबाट निकालेर चलायमान बनाउनुपर्छ । आयात बढाएर कर राजस्वको लक्ष्यभन्दा बढी उपलब्धि प्राप्त गर्न सफल भएको आँकडा देखाउँदैमा राज्यको आम्दानी बढेको भन्नु गलत हो । सरकारको नेतृत्वमा रहेका दलका नेताले अनुत्पादक कार्यकर्ता उत्पादन बढाउनुभन्दा दिगो रूपमा आयातलाई प्रतिस्थापन गर्ने र निर्यातलाई प्रोत्साहन गर्ने उद्योगको विकास नभएसम्म आयमा लगाएको कर जनतालाई पासो र नेताको हाँसोमा एकले अर्कोलाई दोषारोपण गर्ने अनुत्पादनको वृद्धिले हामीलाई अन्योलमा राख्छ । लेखक पूर्वबैंकर हुन् ।

सम्बन्धित सामग्री

कांग्रेसलाई उचालेर मध्यावधिको पासो थाप्ने तयारीमा एमाले

काठमाडौं, फागुन २३ । संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) पहिलो दल नेपाली कांग्रेसलाई उचालेर मध्यावधि निर्वाचनको पासो थाप्ने तयारीमा छ । एमाले–माओवादीसहितको सात दलीय सत्ता गठबन्धन तोडेर कांग्रेससहित आठ दलको नयाँ गठबन्धन बनेसँगै एमाले कांग्रेसलाई प्रधानमन्त्रीको प्रलोभन देखाउँदै मध्यावधिको पासो थाप्ने दाउमा लागेको हो । एमालेका महासचिव शंकर पोखरेलले मध्यावधिकै संकेत गर्दै […]

फिल्म ‘पासो’ आजबाट देशभर प्रदर्शनमा

काठमाडौं । आज शुक्रबारबाट फिल्म ‘पासो’ प्रदर्शनमा आएको छ । मंसिर विवाहको महिना भएको कारण अन्य फिल्म प्रदर्शनमा नआउँदा ‘पासो’ ले एकल प्रदर्शन अवसर पाएको हो । देशभर एकसाथ प्रदर्शनमा आएको यो फिल्मले दर्शक पाउने अपेक्षा निर्माण पक्षको रहेको छ । फिल्ममा रिस्ता बस्नेत र सुनिशा बजगाँइ, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका […]

हलमा लाग्यो रिस्ता बस्नेतको ‘पासो’

काठमाडौं । आज (शुक्रबार)देखि नेपाली फिल्म ‘पासो’ देशव्यापी प्रदर्शनमा आएको छ । चुनाव र विश्वकप फुटबलको माहोलबीच अन्य फिल्म रिलिज नभएको बेला यो थ्रिलर फिल्म हलमा लागेको हो । रिस्ता बस्नेत, सुनिशा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल र प्रणव आकाश अभिनित फिल्मलाई आरबी पुनले निर्देशन गरेका हुन् । फिल्मको लम्बाइ १ घण्टा ३२ मिनेट छ […]

विश्वकपको मौसममा चलचित्र ‘पासो’

काठमाडौं । मंसिरको पहिलो साताबाट विश्वकप फुटबल हुँदैछ । यही कारण थुप्रै चलचित्रहरुको प्रदर्शनी रोकिएको छ । तर विश्वकपकै बीच चलचित्र ‘पासो’ रिलिज हुने भएको छ । त्यो बेला दर्शकलाई फिल्म नहुने भएकाले आफुले यो चलचित्र रिलिज गर्न लागेको निर्माण पक्षले जनाएको छ । बी.आर इन्टरटेन्मेन्ट प्रा.लीको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई १६ मंसिरबाट देशभर […] The post विश्वकपको मौसममा चलचित्र ‘पासो’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खोटाङ : खेल्दा पासो लागेर ९ वर्षीया बालिकाको मृत्यु

खोटाङ : खोटाङमा खेल्ने क्रममा सलको पासो लागेर ९ वर्षीया बालिकाको मृत्यु भएको छ। साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका रविन गुरुङको ९ वर्षीया छोरी रोमी गुरुङको खेल्ने क्रममा आफ्नै सलको पासो लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।गुरुङको परिवार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कस्थित भाडाको कोठामा बस्दै आएको छ। सोही कोठामा शुक्रबार साँझ बालिकाको मृत्यु भएको हो। मृतक बालिका र उनकी बहिनी घरको निदालमा सल बाँधेर खेल्ने क्रममा सोही सलमा पासो लागेर मृत्यु भएको

कूटनीतिको पासो

चीनका लागि नेपाली राजदूत बनेर माओसँग मित्रता गरेका तत्कालीन परराष्ट्रमन्त्री रणधीर सुब्बा बारम्बार भन्थे, 'घरभित्रै एकता भएन भने राष्ट्र भाँडिन्छ। कूटनीतिको पासो कसिँदै जान्छ।'...

कुकुरलाई डोरीको पासो!

पोखरा महानगरपालिका– १९ का २३ वर्षिय सुदीप परियारले प्लास्टिकको डोरीले कुकुरको घाँटीमा पासो लगाई रुखमा झुण्ड्याएर मारेर सेतीनदीको खोँचमा फालेका थिए। उनले कुकुरको ज्यान लिँदा गरेका सबै गतिविधिको भिडियो बनाई सामाजिक सञ्जालमा समेत पोष्ट गरेका थिए।...

कैलालीमा बंगुर खाएर भागेको चितुवालाई स्थानीयले पासो थापेर मारे

कैलालीमा किसानको बंगुर खाएर भागेको चितुवालाई स्थानीय बासिन्दाले पासो थापेर मारेका छन् ।

मर्नबाट जोगाउने त्यो पासो !

कुसुम गुरुङ, गाेरखा । घरपरिवारको घृणा । विदेशबाट श्रीमानको शंका । काँधमाथि ऋणको भारी ।  यो सब सहन नसकेर गोरखाकी माया (नाम परिवर्तन)ले आत्महत्या गर्ने निधो गर्नुभयो । डोरी बोकेर बारीतिर जानुभयो । एउटा रुखको हाँगामा डोरी बाँधेर त्यसमै आफूलाई पासो लगाउनुभयो । मायालाई लागेको थियो, ‘यस्तो जिन्दगी बाच्नुभन्दा त मरेकै जाती ।’ तर जब भोलिपल्ट बिहान होस् खुल्यो, मायाले आफूलाई बारीको छेउमा रुखमुनि उत्तानो परेको पाउनुभयो । उहाँ आफैलाई सपना जस्तै लाग्यो । माथि हेर्नुभयो । पासो लगाउन हा...

‘म चोर होइन’ भन्दै बिजुलीको तारमा पासो लगाई आत्महत्या

काठमाडौं, ९ पौष । कपनमा एक व्यक्तिले अर्काको घरमा उक्लिएर बिजुलीको तारमा पासो लगाई आत्महत्या गरे । आज विहान ५ बजे ती व्यक्तिले सुरुमा चोर आयो भन्दै कराएका थिए । चोर आएको भन्दै मानिसहरु निस्किएका थिए । मानिसहरु निस्किएपछि उनले आफू चोर नभएको भन्दै अर्काको घरमा उक्लिएका थिए । पछि बिजुलीको कालो तारमा पासो लगाएपछि […]