काठजन्य वस्तु आयातमा वर्षमै बाहिरियो १८ अर्ब

वनलाई नेपालको धनका रुपमा व्याख्या गरिँदै आए पनि यसको व्यवस्थापन चुस्त नहुँदा एक वर्षमा नै करिब १८ अर्ब रुपैयाँको काठजन्य वस्तु आयात भएको छ । नेपालको कुल भूभागमध्ये ४५ प्रतिशत क्षेत्रफल वनले ढाकेको छ । यो तथ्यांकअनुसार नेपालले काठजन्य वस्तु निर्यातबाटै अर्बौं रुपैयाँ आर्जन गर्न सक्नेमा उल्टै आयातमा खर्च भइरहेको छ । भन्सार विभागको तथ्यांकअनुसार […]

सम्बन्धित सामग्री

काठजन्य वस्तु आयात गर्नु अर्थतन्त्रको लागि सुखद् छैनः उद्योगमन्त्री

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकभित्रै प्रशस्त स्रोत र सम्भावना हुँदा पनि काठजन्य सामग्रीहरु विदेशबाट आयात हुनु राष्ट्रिय अर्थतन्त्रको लागि सुखद् नभएको बताएका छन् । बुधबार फर्निचर फर्निसिङका उत्पादनको वृहत् प्रदर्शनी, २०२३ उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रिजालले नेपालमा नै काठजन्य वस्तुहरुको उत्पादनमा प्रशस्त सम्भावना रहेपनि विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताए । उनले […]

वनैवनको देशमा आठ अर्बको काठ आयात

मुलुकमा एक वर्षमा आठ अर्ब रुपियाँ बराबरको काठ र काठजन्य सामान आयात भएको छ । नेपाललाई हरियो वन नेपालको धन भने पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठूलो परिमाणमा काठजन्य वस्तु आयात गर्नुपरेको हो । भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७८/७९ मा आठ अर्ब २२ करोड ३८ लाख ६५ हजार ५२६ रुपियाँको काठ र काठजन्य सामान आयात भएको छ । आव २०७७/७८ मा आठ अर्ब ५२ करोड ८६ लाख तीन हजार ५९१ रुपियाँको तथा आव २०७६/७७ मा पाँच अर्ब ८० करोड ३४ लाख ६७ हजार ५२९ रुपियाँको काठ र काठजन्य सामान आयात भएको विभागको तथ्याङ्क छ ।