सरकार दिन अशक्त बनेका कारण संसद विघटन गरेको थिएँ : प्रम ओली

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अशक्त अवस्थामा पुगेका कारण आफूले संसद विघटन गरेको बताएका छन्। आफूले प्रधानमन्त्रीका हैसियतमा नयाँ सरकार दिनसक्ने र सरकार चलाउन सक्ने अवस्था नभएको र सरकार ढाल्ने र बनाउने असफल प्रयासमा केन्द्रित हुने देखेका कारण आफूले संसद विघटन गर्नुपरेको बताएका हुन्। उनले भने, ‘संसद विघटन सदर भएको भए ताजा जनादेशका आधारमा यतिबेला नयाँ सरकार बन्ने अवस्था हुन्थ्यो।’

सम्बन्धित सामग्री

अदालतले बेठीक भने पनि मैले गरेको काम निद्रामा पनि ठीक लाग्छ : प्रम ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते आफूले गरेको संसद विघटन निद्रामा पनि ठीक लागेको बताएका छन्। उनले सर्वोच्चको तत्कालीन इजलासले संसद विघटनलाई सदर गरिदिएपनि देशले उचित दिशा लिन नसकेका कारण आफूले गरेको विघटन ठीकै थियो भन्ने लागेको उनको भनाई थियो। उनले जुन ठीक भएपनि अदालतको फैसलालाई आफूले सम्मान गरेको बताए।