सहमहामन्त्रीमा शेखर प्यानलका पाण्डेको सुरुवाती अग्रता

नेपाली काँग्रेसको सहमहामन्त्री पदमा (पिछडिएका क्षेत्रका)  बद्री पाण्डे र जीवन शाहीबीच कडा टक्कर हुने देखिएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्रीको ११३ मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेले अग्रता लिएका हुन् ।  पाण्डेले ६४ मत ल्याउँदा  शेरबहादुर देउवा समूहका शाहीले ४६ मत पाएका छन् । पाण्डेले  १८ मतको अग्रता लिएका छन् । यस्तै विमलेन्द्र निधि समूहका चेतराज बजालले  २ मत पाएका छन् ।

सम्बन्धित सामग्री

शेखर र गगनलाई मिलेर जान दबाब, सहमति भएन

नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार छान्न बसेको नेता शेखर कोइराला समूहको बैठक बिनानिष्कर्ष टुंगिएको छ । नेताहरूले नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई मिलेर जान दबाब दिएका छन् ।

काँग्रेसको शेखर समूहको पार्टी कार्यालयमा धर्ना

काठमाडौँ । नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा आज धर्ना दिंदैछ । गत सोमबार बसेको शेखर समूहको बैठकले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका लागि भन्दै पार्टी कार्यालयमा धर्ना बस्ने निर्णय गरेको थियो । शेखर समूहले बनाएको खबरदारी अभियानको आयोजना गरेको धर्ना कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ । एक घण्टासम्म पार्टी […]

शेखर पक्षको बैठक जारी

काठमाडौँ । नेपाली काँग्रेस शेखर पक्षले खबरदारीका भाबी कार्यक्रम गर्न बैठक बसिरहेको छ । पार्टी भित्र समान न्याय र अवसरको माग गर्दै संस्थापन पक्षको विरोधमा उत्रिएको शेखर पक्षका दोस्रो तहका नेताहरुको बैठक ठमेलस्थित एक होटलमा बसिरहेको छ । बैठकमा केन्दीय सदस्यहरु प्रतीमा गौतम, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही उपस्थित छन् । बैठकमा खबरदारीको अगुवाई […]

शेखर समूहको ‘खबरदारी सभा’ सुरु

८ असोज, काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहले आयोजना गरेको खबरदारी सभा सुरु भएको छ । सभापतिमा पराजित डा. शेखर कोइराला समूहले काठमाडौंमा ‘खबरदारी सभा’ आयोजना गरेको हो । पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा खबरदारी कार्यक्रम गरेको हो । कार्यक्रममा शेखर कोइरालासहित उनी पक्षका पदाधिकारी आएका छैनन् । केन्द्रीय […]

देउवामाथि दबाब बढाउन शेखर पक्ष छलफलमा

काठमाडौँ । चुनावमा आफ्नो पक्षका नेतालाई सकेसम्म धेरै टिकट दिलाउन नेपाली काँग्रेसको शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई दबाब बढाउन स्वयम्भूमा बसेको शेखर पक्षको बैठकले भोलि (शनिबार) हुने भेलाको बारेमा तयारी गर्ने छ । बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी, भातृ […]

शेखर पक्षको ‘रचनात्मक विद्रोह’ के हो ?

भागवण्डाको खेलमा नलाग्ने अभिव्यक्ति दिँदै आएका शेखर अब हिस्सेदारी खोज्ने अवस्थामा पुगेका छन् । ४० प्रतिशत कटाएका शेखर पक्षले त्यसै मतको आधारमा हिस्सेदारी खोज्ने भएको छ ।

गगन थापा ढिलोगरि पुगे शेखर गुटको भेलामा

काठमाडौं, १६ असार । नेपाली काँग्रेसका महामन्त्री गगन थापा शेखर कोइराला समूहको भेलामा ढिलोगरि सहभागी भएका छन् । आज काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको शेखर गुटको भेलामा नदेखिएपछि गगनबारे चर्चा चलेको थियो । कतिपयले गगनले शेखर गुट छाडेकोसम्म भन्न भ्याए । तर, उनी अवेर गरी उक्त भेलामा सहभागी भएका छन् । थापा शेखर कोइरालाको समूहबाट […]

गगन थापाले शेखर गुट छाडे

काठमाडौं, १६ असार । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले डा. शेखर कोइरालाको गुट छाडेका छन् । उनी पछिल्लो समय शेखर गुटको भेलामा जान छाडेका छन् । आज वत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको शेखर गुटको भेलामा पनि गगन देखिएनन् । थापा शेखर कोइरालाको समूहबाट महामन्त्री निर्वाचित भएका थिए । तर, पछिल्लो समय उनी बुढानिलकण्ठसँग पनि नजिकिएका छन् […]

शेखर समूहको बैठक बस्दै

नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको बैठक बस्दैछ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयन गरेको भन्दै शेखर समूहले आन्तरिक छलफल गर्न लागेको हो।...

मतदानस्थलमा शेखर र निधिबीच जम्काभेट

कांग्रेस सभापतिका उम्मेदवारद्वय डा. शेखर कोइराला र विमलेन्द्र निधिबीच मतदान स्थलमा जम्काभेट भएको छ । पार्टीको १४ औं राष्ट्रिय महाधिवेशनमा मतदानका लागि पुगेका शेखर र निधिबीच सोमवार मतदानस्थलबाहिर जम्काभेट भएको हो । सो क्रममा पत्रकारहरूले केही प्रतिक्रिया दिन आग्रह गर्दा निधिले आफूहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने बताए । त्यसअघि लोकान्तरलाई प्रतिक्रिया दिँदै निधिले सभापतिको निर्वाचन दोस्रो चरणमा गए आफूले के गर्ने भन्नेबारे भोलि भन्ने बताएका थिए । आइतवार भृकुटीमण्डपमै पत्रकारहरूसँग कुरा गर्दै निधिले ...