प्रदेश १ को नाम कोशी–किरात : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामा कोशी किरात रहने बताएका छन् । मुख्यमन्त्री राईले तत्कालीन एमाले तथा नेकपा हुँदा संसदीय दलले गरेको निर्णय स्मरण गराउँदै प्रदेशको नाम कोशी किरात हुनुपर्ने बताएका हुन् । मुख्यमन्त्री राईले रातोपार्टीसँगका कुराकानीका क्रममा भने, ‘स्वतन्त्र भोटिङ गर्ने हो भने बहुमत सांसदले किराँत–सगरमाथा राख्नुपर्छ भन्नेमा मत हाल्छन् तर, दुई तिहाई चाहिं पुग्दैन,’ उनले भने, ‘त्यतिबेलाको नेकपाको संसदीय दलको बैठकमा कुरा राख्दा सगरमाथा किर