मेडिकल कलेजमा इन्ट्रिग्रेटेड ओपिडी सिस्टम

भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले इन्ट्रिग्रेटेड ओपिडी सिस्टम लागु गरेको छ।...

सम्बन्धित सामग्री

सिभिल बैंक र विराट मेडिकल कलेजबीच सम्झौता

सिभिल बैंक र विराटनगरको विराट मेडिकल कलेज टिचिङ हस्पिटलबीच छुट दिनेबारे सम्झौता भएको छ । सो सम्झौतासँगै अस्पतालको सेनवामा बैंकका ग्राहकले १० प्रतिशतसम्म छुट पाउने भएका छन् । एक कार्यक्रममा बैंकका प्रदेश–१ प्रमुख राजेश ढकाल तथा हस्पिटलका तर्फबाट अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार ग्राहकहरुले ओपिडी, बेड चार्ज तथा अपरेसनमा […]

पुरानो मेडिकल कलेजमा ‘इन्ट्रीग्रेटेड ओपिडी सिस्टम’ लागू

असोज ८ , भरतपुर । भरतपुरमा रहेको कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले इन्ट्रीग्रेटेड ओपिडी सिस्टम लागू गरेको छ । यो सिस्टम लागू भएसँगै ओपिडीमा जाने बिरामीले सबै सेवा एकै ठाउँबाट पाउने भएका हुन् । यससँगै अस्पताल पुगेपछि टिकट काट्न, जचाउने, विभिन्न परीक्षणको शुल्क तिर्ने, औषधि खरीद गर्ने लगायतका कामका लागि बिरामी भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको छ । सेवाग्राही आफूले उपचार गर्न चाहेको बहिरंग विभागमा पुगेपछि सबै सेवा त्यहीबाट पाउने कलेजका आवासीय निर्देशक डा. मनोहर प्रधानले बताए । उनले भने ‘सेवाग्राहीले बीमा वा सशुल्क टिकट काट्ने, विभिन्न परीक्षणको शुल्क तिर्ने, रगतको नमूना दिने, औषधि खरीद गर्ने लगायतका सबै सेवा एकै ठाउँबाट पाउँछन् ।’ एसी (वातावरणअनुकुल) कक्षमा पुगेपछि सेवाग्राही अन्यत्र डुलिरहने झन्झटबाट मुक्त भएको प्रधानको भनाइ छ । अस्पतालको सबै विभागमा बीचमा खुल्ला ठूलो कक्ष तयार गरिएको छ । त्यहाँ बिरामी पालोको लागि बस्ने गर्दछन् । दायाँबायाँ चिकित्सकका कक्ष रहेका छन् । पालो आएपछि परीक्षणका लागि जाने गरी व्यवस्थापन मिलाइएको छ । सबै ठाउँमा शुद्ध पिउने पानीको समेत व्यवस्था गरिएको प्रधानले जानकारी दिए । त्यही कक्षबाट भिडियो एक्सरे, एमआरआई, सिटी, एक्सरे जस्ता सेवा लिनु पर्दा शुल्क त्यही तिरेर पालो आएपछि मात्रै पठाउने व्यवस्था गरिएको उनले जानकारी दिए । उनले भने ‘अब परीक्षण गर्ने ठाउँ खोज्दै जाने र लामो समय पालो कुर्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।’ अन्य परीक्षण गर्दा समेत त्यही रहेका कर्मचारीले सहजीकरण गरिदिने हुँदा बिरामीलाई सहज हुने उनले बताए । बिरामी कुर्ने ठाउँलाई व्यवस्थित बनाइएको छ । प्रधानले भने ‘नेपालमा पहिलो पटक हामीले यो व्यवस्थापन लागू गरेका हौं ।’ उनका अनुसार भारतका ठूला अस्पतालहरुमा मात्रै यो सुविधा रहेको छ । हालसम्म नेपालका अन्य अस्पतालहरु दिन नसकेको सेवा आफूहरुले गरेको उनको दाबी छ । अस्पतालमा ११ विभागका १९ ओटा कक्ष एकीकृत सेवाका लागि तयार गरिएको छ । अस्पतालमा मेडिकल अन्तर्गत मुटु, पेट तथा कलेजो रोग, सर्जरीतर्फ जनरल सर्जरी, पेट तथा कलेजो सर्जरी, युरोलोजी, न्यूरो सर्जरी, कार्डियोथोरासिक तथा भास्कुलर लगायत सेवा रहेका छन् । यसैगरी स्त्री तथा प्रसुती, बाल रोग, नाक–कान–घाटी, आँखा, छाला तथा यौनरोग, स्नायु तथा मानसिक रोग, दन्त रोग र रेडियोलोजी विभाग रहेका छन् । हाल अस्पतालको बहिरंग सेवामा दैनिक ६५० भन्दा बढी सेवाग्राहीले सेवा लिइरहेका छन् । अस्पतालले वार्षिक ३ लाखभन्दा बढीलाई सेवा दिंदै आएको छ ।

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको ओपीडी सेवा निशुल्क

काठमाडौं : सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी)ले ओपिडी सेवा निशुल्क गरेको छ। नवनियुक्त अध्यक्ष डाक्टर सुनिल शर्माका अनुसार अस्पतालले बिहीबारबाट लागू हुनेगरी ओपीडी निःशुल्क गरेको हो। यसअघि अस्पतालले प्रति बिरामी १ सय रुपैयाँ ओपीडी शुल्क लिँदै आएको थियो।  डाक्टर शर्मा गत सोमबारदेखि काठ...

एक वर्षमा सवा तीन लाख बिरामीले लिए बहिरङ्ग सेवा

भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालबाट एक वर्षमा सवा तीन लाख बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् ।

बिरामी छट्पटाउँदै शय्यामा, डाक्टर धर्नामा

बिरामी छोरालाई बोकेर आएका बर्दिया, मैनापोखर निवासी राजाराम थारु नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसरबाट सोमबार उपचार नगराएरै घर फर्किए । निमोनिया भएको आशंकामा राजारामले आफ्नो आठ वर्षीय छोरालाई नेपालगन्ज ल्याएका थिए । जब उनी अस्पतालको ओपिडी कक्ष बाहिर प्रवेश गरे, त्यहाँ वातावरण सुनसान देखियो ।

बिरामी छट्पटाउँदै शय्यामा, डाक्टर धर्नामा!

बिरामी छोरालाई बोकेर आएका बर्दिका, मैनापोखर निवासी राजाराम थारु नेपालगन्ज मेडिकल कलेज शिक्षण अअस्पताल परिसरबाट सोमबार उपचार नगराएरै घर फर्किए। निमोनिया भएको आशंकामा राजारामले आफ्नो आठ वर्षिय छोरालाई नेपालगन्ज ल्याएका थिए । यो खबर अर्जुन ओलीले आजको नागरिकमा लेखेका छन्। जब उनी अस्पतालको ओपिडी कक्ष बाहिर प्रवेश गरे, त्यहाँ सुनसान देखियो। अरूबेला बिरामीको भिडभाड देखिने अस्पताल…