अमेरिकाले भन्यो- भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्नू

१४ माघ, काठमाडौं । अमेरिकाले ट्राभल एडभाइजरी जारी गर्दै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ । बाइडन प्रशासनले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको हो । अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा पनि नजान भनेको छ । आतंकवादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय रहेको अमेरिकाको […]

सम्बन्धित सामग्री

नेपालमा साँच्चीकै खुशियाली बढेको हो ?

यतिखेर रूसले र युक्रेनमाथि गरेको आक्रमणका कारण पेट्रोलको मूल्य वृद्धि भइरहेको छ । पछिल्लो समय नेपालीहरूलाई चिन्तित पर्ने अनि दुःखित तुल्याउने अनेकौं कुरा छन्, निराश बनाउने कारण अनेकौं छन् । जागीरको खोजीमा विदेशिनको संख्या घटेको छैन । सरकारी काममा हुने ढिलासुस्ती उस्तै छ । बेरोजगारी पनि बढ्दो छ । आर्थिक सामाजिक सूचकहरू सन्तोष मान्ने खालको छैन । अहिले हाम्रै गाउँठाउँका केही व्यक्तिलाई जम्मा पारेर उनीहरू खुशी वा बेखुशी के छन् भनेर सोध्ने हो भने खुशी भएको खासै अनुभूति हुँदैन । तर, नेपालीहरू दक्षिण एशियामा सबैभन्दा खुशी रहेको हालै संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले गरेको एउटा सर्वेक्षणले देखाएको छ । विश्वव्यापी सूचिमा नेपाल ८४ औं स्थानमा छ । पछिल्ला ५ वर्षदेखि फिनल्यान्ड लगातार विश्वको सबैभन्दा खुशी देशका रूपमा रहँदै आएको छ । नेपाल यति माथि आएको यो नै पहिलोपटक हो । विगत ५ वर्षयता नेपालको स्थानमा क्रमिक रूपमा सुध्रिरहेको छ । प्रतिव्यक्ति आयमा नेपालभन्दा निकै अगाडि भएका भारतलगायत देशलाई उछिनेर नेपाल कसरी सूचकमा अगाडि आयो ? सर्वसाधारणले मात्रै होइन विज्ञहरूले पनि प्रतिवेदनप्रति प्रश्न उठाइरहेका छन् । नेपाल दक्षिण एशियाली देशमध्ये सबैभन्दा खुशी हुनुको कारण प्रतिवेदन तयार पार्न प्रयोग गरिएको सूचक पनि हो । प्रतिवेदन ग्यालपको विश्वव्यापी सर्वेक्षणका साथै खुशी मापन गर्ने अन्य ६ ओटा सूचक प्रतिव्यक्ति जीडीपी, सामाजिक टेवा, स्वस्थ, औसत आयु, जीवनका महत्त्वपूर्ण विकल्पहरू रोज्न सक्ने स्वतन्त्रता, नरकावस्था (डिस्टोपिया), भ्रष्टाचारप्रतिको धारणा र उदारतामा आधारित भएर निकालिन्छ । ग्यालपको सर्वेक्षण एउटा काल्पनिक भर्‍याङ (क्यान्ट्रिलको भर्‍याङ ) सर्वेक्षणमा आधारित छ । ग्यालपको सर्वेक्षणले व्यवसाय र अर्थतन्त्र, नागरिक सहभागिता, सञ्चार र प्रविधि, विविधता, शिक्षा र परिवार, भावना, वातावरण र ऊर्जा, खाद्यान्न र बसोवास, सरकार र राजनीति, कानून र व्यवस्था (सुरक्षा), स्वास्थ्य, धर्म र नैतिकता, यातायात र काम गरी १४ ओटा पक्षलाई छोएको हुन्छ । यसमा सहभागीहरूलाई उनीहरूको वर्तमान जीवन अवस्थालाई शून्यदेखि १० अंकसम्म मूल्यांकन गर्न भनिन्छ । भर्‍याङको पुछारमा शून्य हुन्छ भने टुप्पोमा १० । यसमा उत्तरदाताहरूले जति थोरै अंक दिए त्यति नै उनीहरूको अवस्था खराब छ भन्ने बुझिन्छ अनि जति अंक धेरै भयो त्यति नै अवस्था राम्रो छ भन्ने हुन्छ । प्रतिवेदनमा यसबाट आएको नतिजालाई जीवनका अन्य तत्वसम्बन्धी नतिजाहरूसँग सहसम्बन्ध खोजिन्छ । यसमा बेरोजगारी र असमानता जस्ता कारकहरूको प्रयोग गरिँदैन । पहिलो दुई सूचक प्रतिव्यक्ति जीडीपी, सामाजिक टेवा हरेक नागरिकहरूको भागमा पर्ने औसत सम्पत्ति र सरकारले उपलब्ध गराउने सामाजिक लाभहरूमा अधारित छ । यी दुवैमा नेपालको अवस्था दक्षिण एशियामा सन्तोषजनक छैन । प्रतिव्यक्ति आयमा नेपाल दक्षिण एशियाली देशहरूमध्ये सबैभन्दा तल छ । नेपाल खुशी मुलुकमा सूचिकृत १४७ मध्ये ११७ औं स्थानमा छ । अहिले आर्थिक संकटले गाँजिरहेको श्रीलंका प्रतिव्यक्ति आयको सूचिमा समाविष्ट दक्षिण एशियाली देशमा सबैभन्दा अगाडि अर्थात् ७७ औं स्थानमा छ । आगामी प्रतिवेदनले श्रीलंकाको अहिलेको अवस्था प्रतिबिम्बित गर्ला । भ्रष्टाचारप्रतिको धारणामा नेपालको अवस्था दक्षिण एशियाका अन्य देशको भन्दा सन्तोषजनक खालकै छ । सरकारले उपलब्ध गराउने सामाजिक टेवामा पनि नेपाल बंगलादेश, पाकिस्तान, श्रीलंका, भारत र अफगानिस्तानमध्ये दोस्रो स्थानमा छ । स्वस्थ औसत आयुमा नेपाल सूचिकृत देशहरूमध्ये ९३ औं स्थानमा छ । यो दक्षिण एशियाली देशहरूमध्ये तेस्रो स्थानमा छ । जीवनका महत्त्वपूर्ण विकल्पहरूको चयनमा दक्षिण एशियाली देशहरूमाझ नेपाल चौथो स्थानमा छ । उदारता सूचकमा नेपाल दक्षिण एशियामा सबैभन्दा अगाडि छ । विश्वव्यापी सूचिमा भने नेपाल ३९ औं स्थानमा छ । नेपाल दक्षिण एशियामा सबैभन्दा खुशी हुनुको अर्को कारण यो पनि हो । उदारताको सूचिमा दक्षिण एशियामा दोस्रो स्थानमा रहेको भारत विश्वव्यापी उदारता सूचिमा ४४ औं स्थानमा छ । सूचिको पुछारमा रहेको अफगानिस्तानलाई विश्वको सबैभन्दा दुःखी देशभन्दा पनि हुन्छ । अफगानिस्तान प्रायः हरेक सूचिमा पुछारमा छ । सन् २०१२ मा यो प्रतिवेदन सार्वजनिक गर्न थालिएको हो । त्यसयता नेपालले सूचकांकमा ठूलै फड्को मारेको छ । १० वर्षको अवधिमा नेपाल १३५ औं स्थानबाट ८४ औं स्थानमा उक्लिएको छ । अर्थात् ५१ स्थान माथि आएको छ । सूचकांकको अधारमा भन्ने हो भने यस अवधिमा नेपालको खुशी सूचक १ दशमलव शून्य ४२ अंकले बढेको छ । नेपाल सूचकमा सबैभन्दा धेरै फड्को मार्ने १२ औं देशमा पर्छ । दक्षिण एशियाका अन्य देशहरूको वरीयता र सूचक अंक दुवै खस्किएको वा खासै धेरै नबढेको अवस्थामा नेपालले यी दुवैमा गरेको प्रगतिका कारण पनि नेपाल अगाडि देखिएको हो । विगत १२ वर्षको अवधिमा वरीयतामा बंगलादेशको प्रगति ठीकै खालको छ भने श्रीलंका र पाकिस्तान क्रमशः १० र ४० स्थान तल झरेका छन् । भारतको खुशीे सूचक अंक १ दशमलव शून्य १२ अंकले घटेको छ । भारत पनि १११ औं स्थानबाट झरेर १३६ औं स्थानमा आएको छ । प्रतिवेदन सार्वजनिक हुन थालेयता सन् २०२० सम्मको हरेक वर्षमा भारत सूचीमा ओरालो लागेको छ । सन् २०२० मा यो १४४ औं स्थानासम्म आएको थियो पछिल्ला २ वर्षमा भने यो १३९ र १३६ औं स्थानमा उक्लिएको छ । माल्दिभ्स र भुटान प्रतिवेदनमा समाविष्ट छैनन् । आर्थिक सूचकांकहरूमा हुने प्रगतिले सर्वसाधारणरूको खुशी र उनीहरूको हितावस्थाको मापन गर्न सक्दैनन् । मानिसहरू कतिको खुशी छन् उनीहरूको हितावस्था कस्तो छ भनेर मापन गर्न विश्व खुशी प्रतिवेदन जारी गर्न शुरू गरिएको हो । तर, प्रतिवेदनले सीमित सूचकहरूलाई मात्रै हर्ने भएकाले यसले नेपालीहरूको वास्तविक अवस्था चित्रण गरेको छैन ।

रुसको आक्रमणपछि १० लाख शरणार्थीले युक्रेन छोडे

युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (UNHCR) ले बिहीबार जनाएको छ। आफ्नो ट्विटर ह्यान्डलमा UNHCR उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् “केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन भएको देख्यौं।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ। उनले युक्रेनका टुक्रिएका क्षेत्रहरू - डोनेट्स्क र लुहान्स्कको स्वतन्त्रतालाई मान्यता दिएपछि तनाब युद्धमा परिणत भएको छ । यसैबीच, संयुक्त राष्ट्र संघको महासभामा बुधबार भएको मतदानमा १४१ राष्ट्रले युक्रेनमा रुसको आक्रमणको निन्दा गरेका छन् भने पाँच राष्ट्रले समर्थन गरेका छन् ।१४१ देशले रुस विरुद्दको निन्दा प्रस्तावमा मत दिएका हुन् भने ५ देशले निन्दा प्रस्तावको विपक्षमा मत दिएका हुन् ।  यस प्रस्तावमा रुस युक्रेनबाट आफ्नो सैनिकहरुलाई बीना सर्त फिर्ता बोलाउनुपर्ने उल्लेख छ। महासभामा कुल १९३ देशहरुमा नेपाल सहित १४१ देशहरुले रुसको विरुद्द भोटिङ गरेका हुन् भने ५ देशहरुले रुसको पक्षमा भोट गरेका छन्। महासभामा आफु विरुद्द प्रस्ताव पास भएकाले रुसका विदेश मन्त्रीले आफुलाई कयौं मित्र राष्ट्रहरुबाट साथ र सहयोग मिलेको तर पश्चिम राष्ट्र आफुहरुलाई टुक्राउन लागि परेको प्रतिकृया दिए। रुसको युक्रेन विरुद्दको आक्रमणको पक्षमा रुस सहित ५ देशहरुले भोट गरे। तर ३५ देशहरुले भने भोटिङमा भाग लिएर तटस्थ अर्थात् कुनै पनि पक्षमा खुलेनन्। भारत, पाकिस्तान, चीन, बंगलादेश र श्रीलंका पनि तटस्थ रही कुनै पनि पक्षमा खुलेनन्  । रुसले जबर्जस्ती बल प्रयोग गरेर युक्रेनबाट खोसेको कुनै पनि हिस्सालाई मान्यता नदिने महासभामा पास भएको प्रस्तावमा भनिएको छ। यसको साथै युक्रेनबाट तत्कालै पूर्ण रुपमा बीना सर्त रुसले आफ्ना सेनाहरु फिर्ता बोलाउनुपर्ने उल्लेख छ।भोटिङमा सामेल भएर पनि कतै भोट नदिएको तथा युक्रेन विरुद्द रुसको आक्रमणको विपक्षमा नउभिएको भन्दै भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना भएको छ। भारतको यो निर्णयलाई त्यहाँका विश्लेषकहरुले भारतलाई पश्चिमी राष्ट्र र रुसबीचको सन्तुलन बनाउन धेरै अप्ठ्यारो भईरहेको विश्लेषण गरेका छन्।    भारत र पाकिस्तान एकसाथमहासभामा रुस विरुद्दको भोटिङमा भारत सहित पाकिस्तान पनि तटस्थ बसेको छ। भारत र पाकिस्तान महासभामा रुस विरुद्दको भोटिङमा तटस्थ रहेका छन्। यसको साथसाथै बंगलादेश र श्रीलंकाले पनि यस्तै गरेका छन्। बंगलादेशको सम्बन्ध सुरुबाटै रुससंग राम्रो रहेको छ।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले रुसको प्राकृतिक ग्याँसको आयातमा सम्झौता गरेका छन्। जब विश्वभरका देशहरु रुसलाई युक्रेन विरुद्द आक्रमण गर्ने बिषयमा फरक फरक मत दिइरहेका थिए त्यो बेला पाकिस्तानका प्रधानमन्त्री खान रुसको साथ व्यापारिक सम्झौता गरिरहेका थिए। चीनसंगको निकटतासंगै पछिल्लो समय पाकिस्तानले रुससंगको सम्बन्ध विस्तार गरिरहेको छ।    नेपाल विपक्षमा छिमेकी राष्ट्र चीन, भारत रुस विरुद्दको भोटिङमा तटस्थ बस्दा नेपालले भने रुसको विपक्षमा भोट गरेको छ। सार्क राष्ट्रमा रुस विरुद्द भोटिङ गर्ने राष्ट्रमा नेपाल, अफगानिस्तान, माल्दिभ्स मात्रै रहेका छन्। भारत, पाकिस्तान, श्रीलंका, भुटान, बंगलादेश तटस्थ बसेका छन् ।

रुसको विपक्षमा उभियो नेपाल, भारत र पाकिस्तान पहिलो पटक एकै कित्तामा

संयुक्त राष्ट्र संघको महासभामा युक्रेनमाथिको संकटबारे भएको मतदानमा बहुमतले रुस विरुद्दको निन्दा प्रस्ताव पारित भएको छ । १४१ देशले रुस विरुद्दको निन्दा प्रस्तावमा मत दिएका हुन् भने ५ देशले निन्दा प्रस्तावको विपक्षमा मत दिएका हुन् । यस प्रस्तावमा रुस युक्रेनबाट आफ्नो सैनिकहरुलाई बीना सर्त फिर्ता बोलाउनुपर्ने उल्लेख छ। महासभामा कुल १९३ देशहरुमा नेपाल सहित १४१ देशहरुले रुसको विरुद्द भोटिङ गरेका हुन् भने ५ देशहरुले रुसको पक्षमा भोट गरेका छन्। महासभामा आफु विरुद्द प्रस्ताव पास भएकाले रुसका विदेश मन्त्रीले आफुलाई कयौं मित्र राष्ट्रहरुबाट साथ र सहयोग मिलेको तर पश्चिम राष्ट्र आफुहरुलाई टुक्राउन लागि परेको प्रतिकृया दिए। रुसको युक्रेन विरुद्दको आक्रमणको पक्षमा रुस सहित ५ देशहरुले भोट गरे। तर ३५ देशहरुले भने भोटिङमा भाग लिएर तटस्थ अर्थात् कुनै पनि पक्षमा खुलेनन्। भारत, पाकिस्तान, चीन, बंगलादेश र श्रीलंका पनि तटस्थ रही कुनै पनि पक्षमा खुलेनन् । रुसले जबर्जस्ती बल प्रयोग गरेर युक्रेनबाट खोसेको कुनै पनि हिस्सालाई मान्यता नदिने महासभामा पास भएको प्रस्तावमा भनिएको छ। यसको साथै युक्रेनबाट तत्कालै पूर्ण रुपमा बीना सर्त रुसले आफ्ना सेनाहरु फिर्ता बोलाउनुपर्ने उल्लेख छ।भोटिङमा सामेल भएर पनि कतै भोट नदिएको तथा युक्रेन विरुद्द रुसको आक्रमणको विपक्षमा नउभिएको भन्दै भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना भएको छ। भारतको यो निर्णयलाई त्यहाँका विश्लेषकहरुले भारतलाई पश्चिमी राष्ट्र र रुसबीचको सन्तुलन बनाउन धेरै अप्ठ्यारो भईरहेको विश्लेषण गरेका छन्। भारत र पाकिस्तान एकसाथमहासभामा रुस विरुद्दको भोटिङमा भारत सहित पाकिस्तान पनि तटस्थ बसेको छ। भारत र पाकिस्तान महासभामा रुस विरुद्दको भोटिङमा तटस्थ रहेका छन्। यसको साथसाथै बंगलादेश र श्रीलंकाले पनि यस्तै गरेका छन्। बंगलादेशको सम्बन्ध सुरुबाटै रुससंग राम्रो रहेको छ।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले रुसको प्राकृतिक ग्याँसको आयातमा सम्झौता गरेका छन्। जब विश्वभरका देशहरु रुसलाई युक्रेन विरुद्द आक्रमण गर्ने बिषयमा फरक फरक मत दिइरहेका थिए त्यो बेला पाकिस्तानका प्रधानमन्त्री खान रुसको साथ व्यापारिक सम्झौता गरिरहेका थिए। चीनसंगको निकटतासंगै पछिल्लो समय पाकिस्तानले रुससंगको सम्बन्ध विस्तार गरिरहेको छ। नेपाल विपक्षमा छिमेकी राष्ट्र चीन, भारत रुस विरुद्दको भोटिङमा तटस्थ बस्दा नेपालले भने रुसको विपक्षमा भोट गरेको छ। सार्क राष्ट्रमा रुस विरुद्द भोटिङ गर्ने राष्ट्रमा नेपाल, अफगानिस्तान, माल्दिभ्स मात्रै रहेका छन्। भारत, पाकिस्तान, श्रीलंका, भुटान, बंगलादेश तटस्थ बसेका छन् ।

अर्थतन्त्र पुनरुत्थानका दक्षिण एशियाली प्रयास

दक्षिण एशिया मूलतः विश्व जनसंख्याको एक चौथाइभन्दा बढी जनसंख्या रहेको क्षेत्र हो । त्यो विकासको दृष्टिकोणले पनि विश्वका अन्य क्षेत्रभन्दा दक्षिण एशियाका सूचकहरू औसतमा कमजोर छन् भने गरीबीको अनुपात पनि कुल जनसंख्यामा एक चौथाइभन्दा बढी रहेको छ । साथै पछिल्लोपटक कोभिड–१९ को महामारीबाट अतिप्रभावित यो क्षेत्रमा त्यसको प्रभाव आर्थिक र सामाजिक क्षेत्रमा समेत गुणात्मक पर्न गयो । उत्परिवर्तित नयाँ भाइरसका कारण समेत यस क्षेत्रको स्वास्थ्य प्रणालीमा समेत ठूला चुनौतीहरू देखा प¥यो । भारत, नेपाल, श्रीलंका एवं बंगलादेशमा लामो समय बन्दाबन्दीको शृंखलाहरू चल्यो भने पाकिस्तानको अर्थतन्त्रसमेत अतिप्रभावित बन्न गयो । रोजगारीको ठूलो अंश ओगटेका क्षेत्रहरू नै कोरोना महामारीबाट ज्यादा प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा आबद्धहरूको रोजगारी गुम्दा गरीबीको रेखामुनि रहेको जनसंख्या बढ्ने निश्चित छ । दक्षिण एशियाली मुलुकहरूका आर्थिक विकास तथा सामाजिक सूचकहरूमा धेरै अन्तर देखिन्छ । गरीबीको रेखामुनि रहेका जनसंख्याको अनुपात नेपाल, पकिस्तान र बंगलादेशको औसत २५ प्रतिशतको हाराहारीमा छ । तर, भुटान र माल्दिप्सको अनुपात ८ प्रतिशत रहेको छ भने श्रीलंकाको औशत ४ प्रतिशत हाराहारी रहेको छ । जनसंख्याका आधारमा भने भारत विश्वको अधिक गरीबहरू रहेको मुलुक हो । साथै अफगानिस्तानमा पनि कुल जनसंख्याको ५० प्रतिशतभन्दा बढी जनता गरीबीको रेखामुनि रहेको देखिन्छ । बहुआयामिक गरीबीको आँकडा सूचक अनुपातमा समेत नेपाल ३४ प्रतिशत, भारत २८ प्रतिशत, बंगलादेश ४१ प्रतिशत, पाकिस्तान ३८ प्रतिशत एवं अफगानिस्तान ५५ प्रतिशतभन्दा बढी रहेको छ । मानव विकास सूचकांकमा महासागर तटीय मुलुकहरू श्रीलंका र माल्दिप्स उच्च (शून्य दशमलव ७० भन्दा माथि) र अन्य मुलुकहरूको स्थिति मध्यम (शून्य दशमलव ५० भन्दा माथि) रहेको छ । तर, कोभिडका कारण सबैजसो देशका अधिकांश क्षेत्रका कामदारको रोजगारी गुम्दा गरीबीको रेखामुनि पर्नेको जनसंख्या अत्यधिक थपिने निश्चित छ । मूलतः रोजगारीको ठूलो अंश ओगटेका क्षेत्रहरू नै कोरोना महामारीबाट ज्यादा प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा आबद्धहरूको रोजगारी गुम्दा गरीबीको रेखामुनि रहेको जनसंख्या बढ्ने निश्चित छ । भारतमा साना तथा मध्यमस्तरका उद्योगहरूमा आबद्ध मजदूरहरू धेरै प्रभावित भएको देखिन्छ । नेपालको सन्दर्भमा सबैभन्दा बढी व्यक्ति होलसेल तथा रिटेल व्यवसायमा रहेको देखिएकाले पनि निषेधाज्ञाका कारण उनीहरूको आम्दानीमा असर गरेको छ । त्यसैगरी नेपालमा कुल रोजगारीको करीब ३० अंश होलसेल तथा रिटेल व्यवसायमा रहेको अनुमान छ भने पर्यटन क्षेत्रमा आबद्ध रोजगारीको अंश १२ प्रतिशत रहेको छ । यो अवस्थामा होलसेल तथा रिटेल व्यवसायमा संलग्न करीब ५० प्रतिशत र पर्यटन क्षेत्रमा आबद्ध ९५ प्रतिशत मजदूरको आम्दानी पूरै गुमेको अवस्था छ । त्यसैगरी कोरोनाले अतिप्रभावित क्षेत्र यातायातमा पनि ठूलो संख्यामा मजदूरहरू आबद्ध छन् । तीनका अतिरिक्त निर्माण एवं उद्योगधन्दाबाट पनि विस्थापित हुने कामदारहरूको संख्या ठूलो छ । दक्षिण एशियाली मुलुकहरूको रोजगारको क्षेत्रका बारेमा सही तथ्यांकहरू उपलब्ध भएको देखिँदैन । दक्षिण एशियाको पारिवारिक आम्दानीको स्रोतको संरचना अन्य विश्वको भन्दा फरक रहेको छ । जसका कारण एक जनाको रोजगारी गुम्दा त्यसको असर परिवारलाई नै पुग्छ । तसर्थ यो क्षेत्रमा जतिसक्दो छिटो अर्थतन्त्रका सबै क्रियाकलापलाई पूर्ववत् रूपमा फर्काउने कोसिस गर्नु नै थप गरीबी नियन्त्रण हुन जाने देखिन्छ । कोभिडविरुद्धको खोपका कारण महामारी नियन्त्रण उन्मुख हुने ठानिए पनि जोखिमहरू भने यथावत् रहेको छ । साथै पछिल्लोपटक विकसित डेल्टाको भेरियन्टले तेस्रो लहरको महामारी भित्रन सक्ने सन्त्राससमेत दक्षिण एशियाली मुलुकहरूमा व्याप्त छ । तसर्थ विद्यमान समयमा कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई पुनः गतिशिल बनाउन पूर्ण रूपमा खोपको सुनिश्चित गर्नु एक मात्र विकल्प रहेको छ । विश्वभरको आँकडाअनुसार जुलाई पहिलो सातासम्म औसत २५ प्रतिशत जनसंख्याले पहिलो डोज खोप लगाइसकेको तथ्यांक छ । साथै विश्वभर न्यूनतम एक डोज खोप लगाउनेहरू दैनिक औसत शून्य दशमलव ५ प्रतिशतले थपिने प्रक्षेपण छ जुन संख्याका रूपमा प्रतिदिन प्रति १ हजार जनसंख्यामा ५ जना थपिने देखिन्छ । साथै एशियाली मुलुकहरूमा समेत औसत २५ प्रतिशतले न्यूनतम एक डोज खोप लगाइसकेको देखिए पनि दक्षिण एशियामा भने यो अनुपात कम छ । थोरै जनसंख्या भएका दक्षिण एशियाली मुलुकहरूमध्ये भुटानले ६५ प्रतिशत र माल्दिभ्सले ६० प्रतिशतलाई पहिलो डोजको खोप दिइसकेको छ । यी दुई मुलुकबाहेक गत सातासम्म भारतले २३ प्रतिशत, श्रीलंका १८ प्रतिशत, नेपालले १२ प्रतिशत, बंगलादेश र पाकिस्तानले औसत ४ प्रतिशत र अफगानिस्तानले २ प्रतिशतलाई न्यूनतम एक डोज खोप दिएको छ । केहि सातायता कोभिड–१९ को संक्रमण दर ओरालो लागेसँगै दक्षिण एशियामा पुनरुत्थानका संकेतहरू देखापर्न थालेका छन् । कोभिड–१९ बाट पुनः प्रभावित नभएको अवस्थामा सन् २०२१ मा दक्षिण एशियाको आर्थिक वृद्धिदर ७ दशमलव २ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ । विश्व बैंकका अनुसार दक्षिण एशियाको आर्थिक वृद्धिदर सन् २०२२ मा ऐतिहासिक हुने जनाइएको छ । यद्यपि पर्यटनलगायत केही क्षेत्रको वृद्धिदर भने तत्काल पूर्ववत् लयमा फर्कन नसक्ने जानकारी दिएको छ । दक्षिण एशियाली मुलुकहरूको अर्थतन्त्रमा रेमिट्यान्स आप्रवाहको अंश र योगदान उल्लेख्य छ । यो क्षेत्रमा रेमिट्यान्सको वार्षिक वृद्धिदर औसत ८ दशमलव ८ प्रतिशत रहेको छ, जुन आम्दानीको स्रोत परिवारका लागि मात्र नभएर मुलुकको अर्थतन्त्र लागि महत्त्वपूर्ण हुन्छ । यदि वैदेशिक रोजगारका क्षेत्रमा कुनै समस्या नरहेको खण्डमा खस्कँदो अर्थतन्त्रको पुनरुत्थानमा विप्रेषणको भरणपोषण उल्लेख्य हुनसक्छ । दक्षिण एशियाली मुलुकहरूका लागि अबका दिनमा बन्दाबन्दी थमौती गर्नेजस्ता विकल्पहरू खुला छैनन् । अत्यधिक श्रमिकहरूको बाहुल्य रहेका यी क्षेत्रका देशहरूले अर्थतन्त्रलाई सही दिशातर्फ लैजान सबै क्षेत्रलाई क्रमशः बन्दाबन्दी मुक्त गर्नु आवश्यक छ । लामो समयको बन्दाबन्दीले आर्थिक क्षेत्रमा व्यापक निराशा छाएको छ । नेपालको सन्दर्भमा पर्यटन क्षेत्रमा चरम निराशा छाएको छ । पहिलो पटकको लकडाउनपछि तग्रिँदै गएको केही घरेलु पर्यटनमा समेत दोस्रो बन्दाबन्दीले गुणात्मक असर परेको छ । कोरोनाको दोस्रो लहर शुरू हुनुअगाडि दक्षिण एशियाली अर्थतन्त्रमा धेरै प्रकारले सुधारको संकेतहरू देखिन लागेको थियो, यद्यपि त्यसले निरन्तरता पाउन सकेन । तसर्थ अबका दिनमा सबै आधारभूत क्षेत्रमा कोभिडविरुद्धको खोपको न्यूनतम मात्रा सुनिश्चित गर्नु अति आवश्यक छ । लेखक आर्थिक तथा विकास अनुसन्धान केन्द्र (नारेक) नेपालका निर्देशक हुन् ।

अमेरिकाद्वारा भारत, पाकिस्तान लगायत यी देशमा जान आफ्ना नागरिकलाई रोक

एजेन्सी । अमेरिकाले आफ्ना नागरिकहरुलाई एसियाका केही देशमा भ्रमणमा जना रोक लगाएको छ । अमेरिकाले भारत सहित अफगानिस्तान, पाकिस्तान तथा बंगलादेशको यात्रा नगर्न आग्रह गरेको हो ।