सरकारको राजस्व सङ्कलनको अवस्था राम्रो छैन : अर्थ मन्त्री महत

काठमाण्डाै – अर्थ मन्त्री डा. प्रकाशशरण महतले सरकारको राजस्व सङ्कलनकाे अवस्था राम्रो नभएको बताउनुभएको छ । शुक्रवार आर्थिक पत्रकार सङ्घ (नाफिज) को छलफल कार्यक्रममा बोल्दै अर्थ मन्त्री महतले आयात प्रतिबन्ध, कोरोना महामारी, भूकम्प र अन्तर्राष्ट्रिय परिवेसको असरले देशको राजस्व सङ्कलन लक्ष्यअनुसार राम्रो नभएको बताउनुभएको हो । अर्थ मन्त्री महतले आन्तरिक रूपमा लगानी वातावरणको समस्या, बैंकको ब्याजदर उच्च भएका कारण अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्नुभयो । उहाँले मौद्रिक नीतिका उपकरणहरू प्रयोग गरी बैंक तथा वित्तीय ...

सम्बन्धित सामग्री

‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’: विशेष सत्रमा अर्थ मन्त्री

उक्त सत्रमा अर्थमन्त्रीलाई आजको बीमा क्षेत्रका यथार्थ र मिथकहरू, बीमा शिक्षा, विदेशी बीमा कम्पनीहरूमा निर्भरता कहालिलाग्दो अवस्था जस्ता विषयहरूमा गहन विमर्स हुने भएको छ ।...

‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’: विशेष सत्रमा अर्थ मन्त्री

उक्त सत्रमा अर्थमन्त्रीलाई आजको बीमा क्षेत्रका यथार्थ र मिथकहरू, बीमा शिक्षा, विदेशी बीमा कम्पनीहरूमा निर्भरता कहालिलाग्दो अवस्था जस्ता विषयहरूमा गहन विमर्स हुने भएको छ ।...

‘रुसी सेनाको आक्रमणका कारण बख्मुत सहरको अवस्था कष्टकर बन्याे’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका कारण बख्मुत सहरको अवस्था कष्टकर बन्दै गइरहेको बताउनुभएको छ । उहाँले बख्मुत सहरमा अहिले धेरैजसो संरचना ध्वस्त भइसकेका र अवस्था कष्टकर रहेको बताउनुभएको बीबीसीले जनाएको छ । रुसले छ महिनाभन्दा लामो समयदेखि बख्मुत सहर कब्जा गर्ने प्रयास गरिरहेको छ । बख्मुत सहरको केही भूभाग रुस र उसका पृथकतावादी सहयोगीहरूको नियन्त्रणमा छ । यसैबीच अमेरिकी अर्थ मन्त्री जेनेट यलनले रुसलाई हतियार उपलब्ध नगराउन चीनलाई चेतावनी दिनुभएको छ । आकस्मिक भ्रमणका क्रममा किभ पुगेकी जेनेट यलनले ची...

नेपाललाई श्रीलङ्कासँग जाेड्न हुँदैन : पूर्वगभर्नर क्षेत्री

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको अर्थतन्त्रमा तत्काल श्रीलङ्काको जस्तो परिस्थिति नरहेको बताउनुभएकाे छ ।  आज शुक्रवार काठमाण्डाैमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले यस्ताे बताउनुभयाे । श्रीलङ्काको जस्तो राजनीतिक अधिकार सीमित व्यक्तिलाई दियो भने कुनै समय हुन सक्ने सम्भावना भने कायम रहेको उहाँले बताउनुभयाे । श्रीलङ्कामा एउटै परिवारबाट राष्ट्रपति, प्रधानमन्त्री र अर्थ मन्त्री बनेर जथाभाबी करका दरहरू चलाएकाले अहिलेको स्थिति...

अर्थ मन्त्री शर्माले ओलीलाई दिए 'विदेशी पानी खाएर हुर्किएका नागरिक' को संज्ञा

अर्थ मन्त्री जनार्दन शर्माले नेकपा एमालेका अध्यक्ष केपीओलीलाई 'विदेशी पानी खाएर हुर्किएका नागरिक' को संज्ञा दिएका छन्। अर्थ मन्त्रालयले अर्थतन्त्रको अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मलेनमा उनले ओलीको नाम नलिई ओलीलाई इंगित  गर्दै विदेशी पानी खाएर हुर्किएका केही नागरिकले अर्थतन्त्रबारे अफवाह फैलाएको बताए ।उनले भने ' ‘विदेशी पानी खाएर हुर्किएका केही नागरिकको कुरा सुन्ने हो भने वृद्ध भत्ता पनि दिन नसक्ने भन्न सकिन्छ । तर  सबै भुक्तानी दिने सुनिश्चितता गरेका छौं , जुन दिन चाहिन्छ, त्यही दिन दिने ब्यबस्था गरेका छौ।’ओलीले सरकारले वृद्धभत्तासमेत दिन नसक्ने दिन आउने दाबी गरेका थिए । उनलाई नै जवाफ दिदै अर्थमन्त्री शर्माले  सबै भुक्तानी दिने सुनिश्चितता गरेको बताएका हुन् ।शर्माले ओलीलाई देशको अर्थतन्त्रको विषयमा राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।  उनले अर्थतन्त्रको अवस्था भयावह नभएकोले यस विषयमा राजनीतिकरण नगर्न आग्रह गरेका हुन् ।उनले अर्थतन्त्र ठूलो संकटमा गयो भनेर प्रचार गर्नुपर्ने अवस्था नरहेको दाबी गरे । यद्यपि सतर्क भने रहनु पर्ने उनले बताए । उनले  विभिन्न निर्णयहरु  मन्त्रिपरिषदमा प्रस्ताव गरेको जानकारी दिए । उनले सार्वजनिक विदाको दिन सरकारी गाडी प्रयोग नगर्ने, इन्धन खपत घटाउने , सातामा २ दिन सार्वजनिक विदा दिने, रेमिट्यान्स पठाउनेलाई आईपिओ र एफपिओमा आरक्षण दिने लगायतका प्रस्ताव  मन्त्रिपरिषदमा लागिएको जानकारी दिए । उनले  देश श्रीलंका बन्छ भन्नु अफवाह भएको पनि उल्लेख गरेका छन् । उनले श्रीलंका बनाउन किन चासो भइरहेको छ भन्नेबारे आफुलाई अचम्म लागेको बताए।  ओलीले देश श्रीलंका जस्तो हुन लागेको पनि उल्लेख गरिएका थिए ।पछिल्लो समय ओली र अर्थमन्त्री शर्माबीच सार्वजनिक रुपमा नै घोचपेच हुन थालेको छ । ओलीले केहि दिन अघि शर्मालाई इंगित गर्दै उनको नाम नलिई मुखभरी रौ भएको मुसोले अर्थतन्त्र बर्बाद पारेको तर त्यसको कारवाही भने गभर्नरलाई गरिएको बताएका थिए ।

अर्थ समितिले अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई छलफलको लागि बोलायो

संघीय संसदको अर्थ समितिले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गर्ने भएको छ । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले बिहिबार बिहान ११ बजे अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गर्न लागेको हो।समितिले अर्थतन्त्रको वर्तमान अवस्था, देखिएका चुनौती, अर्थ मन्त्रालयका काम कारबाही र भावी योजना लगायतका विषयमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गर्ने भएको हो।समितिले अर्थ मन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छलफलको लागि बोलाएको छ।छलफलमा हाल बजारमा देखिएको तरलताको समस्याबारे पनि छलफल हुने बताईएको छ ।

विकास खर्च शत प्रतिशत पुर्‍याउन सचिवहरूलाई अर्थ मन्त्री शर्माको निर्देशन

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले विकास खर्च शत प्रतिशत पुर्‍याउन सचिवहरूलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालय र अन्य विकासे मन्त्रालयका सचिवलाई बोलाएर अर्थ मन्त्री शर्माले हरेक वर्ष विकास बजेट खर्चको अवस्था दयनीय भएको र असारे विकासको क्रम नरोकिएको भन्दै असन्तुष्टिसमेत व्यक्त गर्नुभएको छ । काम गर्दै गर्दा आइपरेका जस्तासुकै समस्या समाधानका लागि पनि आफूले साथ र सहयोग गर्ने तर खर्च नहुने अवस्था अन्त्य हुनैपर्ने अर्थ मन्त्री शर्माको भनाइ छ । सचिवहरूले प्राकृतिक विपत्ति, विकास आयोजनामा दक्ष जनशक्तिको अभाव, अध्ययनविना आ...

अहिलेकाे अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न सकिँदैन : मन्त्री पाैडेल

काठमाण्डाै – अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताउनुभएको छ । बुधवार नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थ मन्त्री पौडेलले यस पटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताउनुभएको हो । कोभिड–१९ का कारण सिर्जित समस्या र बजेटको स्रोतको सीमितताका कारण बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले बजेटमा समावेश गर्नुपर्ने विषयमा अनेरास्ववियुले दिएको सुझाव अत्यन्तै महत्त्वपूर्ण भए पनि बजेटको स्रोत हेरेर निर्माण गर्नु...

तत्काल लकडाउन हुँदैन : अर्थमन्त्री

अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पार्नुभएको छ । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताए ।अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताए […]