काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थ मन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा तत्काल संसदीय छानबिन समिति गठन गरेर तथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नुभएको छ ।
आज सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले यस्तो गम्भीर विषयमा पनि प्रधानमन्त्री देउवा अर्थ मन्त्री शर्मालाई केही गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो ? भनी प्रश्नसमेत गर्नु भयो । प्रधानमन्त्री देउवा देशलाई बरबाद पारेर गठबन्धन मात्रै जोगाउन लागिपर...