काठमाडौं : सरकारले लामो समयदेखि समस्या रहेको वैदेशिक रोजगारी क्षेत्रलाई सुधार्ने निती अगाडी सारेको बताउँदै आएको छ। तर ठगीका घटना रोकिएको छैन्। सरकारी तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जाने नेपाली व्यक्ति तथा म्यानपावर कम्पनीबाट बार्षिक ३ अर्ब ठगी हुने गरेको छ। त्यस्तैगरी सरकारले ७ वर्ष अघि लागू गरेको फ्रि भिसा फ्रि टिकट (१० हजारमा) नेपाली हालसम्म उड्न पाएका छैनन्। अर्कोतिर म्यानपावर व्यवसायीले श्रमिकसँग बढी पैसा उठाएर विभागमा १० हजारको बिल पेस गर्दै आएक