वडा अध्यक्ष बस्ने कुर्सी सडकमा

हेटौंडा । हेटौंडा उपमहानगर–८ का वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै स्थानीय प्रतिनिधिले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । ताला बन्दीसँगै उनीहरुले वडा अध्यक्ष श्रेष्ठ बस्ने कुर्सी सडकमा ल्याएर प्रर्दशन गरेका छन् । सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने, दिनभर काम नगरेर अन्यत्र जाने, काम गरिदिए बापत एमालेको सदस्यता लिनुपर्ने जस्ता गतिविधि गरेपछि बाध्य […]

सम्बन्धित सामग्री

युनाइटेड सिमेन्ट्सद्वारा कम्प्युटर तथा सिलाई मेसिन हस्तान्तरण

युनाइटेड सिमेन्ट्स प्रा. लि. ले धुनिबेसी–९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सी हस्तान्तरण गरेको छ । बुधबारका सम्पन्न कार्यक्रममा धुनिबेसी नगरपालिका उप - प्रमुख सुरज उप्रेती, वडा न. ९ का अध्यक्ष माधव प्रसाद सिलवाल , भूतपूर्व वडा अध्यक्ष साहिला राई लगायतको उपस्थिति थियो ।कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले विगतका दिनहरूमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत तथा अपरिहार्य क्

९ वर्षमा पनि नगरकोटको सडक नबनेपछि वडा अध्यक्षले सडकमै कुर्सी राखेर अफिस चलाउँदै

काठमाडौं। भक्तपुर-नगरकोट सडक ९ वर्षमा पनि नबनेपछि वडा अध्यक्ष सडकमै कुर्सी राखेर कार्यालय चलाउन थालेका छन्। सो सडक विस्तारको काम सुरु

हेटौंडा–८ का वडा अध्यक्षको कार्यकक्षमा ताला

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ का वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै स्थानीय राजनैतिक दलले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडा अध्यक्ष श्रेष्ठले सेवाग्राहीलाई पूर्णरुपमा वेवास्ता गरेको आरोप लगाउँदै शुक्रबार दिउँसो उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् भने वडा अध्यक्ष श्रेष्ठको कुर्सी सडकमा ल्याएर विरोध प्रदर्शन गरेका छन् ।सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने र जनप्रतिनिधि भएर पार्टीको काममा बढी समय बिताउने गरेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

पाख्रिबास नगरपालिकामा बजेटको विषयमा जुहारी, बहिष्कारदेखि तोडफोडसम्म

असार १३, धनकुटा । देशका अधिकांश स्थानीय तहले असार १० गते बजेट तथा अगाडि नीति तथा कार्यक्रम ल्याएका छन् । सोही क्रममा धनकुटाका स्थानीय तहले पनि नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । धनकुटाका अधिकांश स्थानीय तहमा बहुमत र अल्पमतको खेल भएको छ ।  बहुमतवालाले पेलेर जाने रणनीति बनाए भने अल्पमतमा रहेकाले बहिस्कार गरेका छन् । यसै क्रममा धनकुटाको पाख्रिवास नगरपालिकामा भने तोडफोडसम्म हुन पुगेको छ । तोडफोड भएपछि त्यसको जिम्मा एकले अर्को पक्षले लिनुपर्ने बताउँदै आएका छन् ।  धनकुटाका ७ ओटै स्थानीय तहमा एमालेको ओली पक्षको एक्लै बहुमत रहेको छ भने अझ पाख्रिबास नगरपालिकामा एमालेको ओली पक्षको ५१ जनप्रतिनिधी र माधव नेपाल पक्षका १ जना जनप्रतिनिधी रहेका छन् । अरु दलका कुनै जनप्रतिनिधी छैनन् ।  एमालेले ‘क्लीन स्वीप’ गरेको पाख्रिबास नगरपालिकामा भएको विवादले भने उग्र रुप लिएको छ । नगरपालिकालको हलभित्र आठौं नगरसभा चलिरहँदा वडा नं. ४ का वडावासीहरुले आफ्नो वडाको बजेट कटौती गरी नगरप्रमुख वृषबहादुर राईले एकलौटी गर्न खोजेको भन्दै विरोध प्रदर्शनमा उत्रिएपछि भएको विवादले अहिले राजनीतिक दलहरुबीच निक्कै खटपट भएको छ । दलहरुका ध्रुविकरण बढ्दै, प्रतिकार गर्ने एमाले ओली पक्षको चेतावनी पाख्रिबासमा भएको तोडफोडपछि राजनीतिक दलहरुबीच ध्रुविकरण बढेको छ । नेकपा एमालेले सो घटनापछि राजनीतिक र कानूनी रुपमै प्रतिकार गर्ने चेतावनी दिएको छ भने नेपाली कांग्रेस सहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतले एमालेले सरकारी निकाय र एमालेले प्रतिकारमा उत्रिएपछि नहट्ने चेतावनी दिएका छन् । यसले गर्दा धनकुटामा बजेटकै विषयलाई लिएर राजनीतिक दलहरुमा हुन थालेको टकरावले जिल्लामा विकास निर्माणको मात्रै होइन, सुरक्षाको चुनौती पनि थपिदिएको छ । नगरपालिकामा भएको तोडफोडको विरोधमा शुक्रवार नेकपा एमालेले धनकुटामा पत्रकार सम्मेलन आयोजना गरी पाख्रीवास नगरपालिकाको नगरसभामा भएको हुलदंगा र तोडफोडको घटनालाई कानूनी र राजनीतिक हिसावले प्रतिवाद गर्ने चेतावनी दियो ।  पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईले गुण्डागर्दी शैली देखाउनेहरुलाई पक्राउ गरी कानूनी कारबाही गर्न पनि प्रशासनलाई आग्रह गरे भने भने नेपाली कांग्रेस लगायत दलले गुण्डागर्दी शैलीमा नगरसभा विथोल्ने, सभाहल तोडफोड गर्ने, कुर्सी टेवल भाँच्ने, शिशा फुटाउने, जनप्रतिनिधि माथि हातपात गर्ने जस्तो जघन्य अपराध गरेकाले प्रतिवाद गर्ने चेतावनी दिए । सरकारी तवरबाट प्रतिकार भए प्रतिवाद गर्ने, घटनाको कारक स्थानीय तह : विपक्षी दल एमालेले प्रतिकार गर्ने चेतावनी दिएलगत्तै शुक्रवार नै पाख्रिबासमा भएको विपक्षी दलको पत्रकार सम्मेलनमा सरकारी तवरबाट प्रतिकार भए प्रतिवाद गर्ने बताएका थिए । नेपाली कांग्रेस धनकुटा लगायत विपक्षी गठनबन्धनले पाख्रिवासका केही जनप्रतिनिधिहरुले गरेको स्थानीयलाई गरेको दुर्व्यवहार र हात हाल्ने समेत गरी उत्तेजित बनाउन कार्यको सशक्त प्रतिरोध गर्ने बताएका थिए । पाख्रिवासमा भएको सर्वदलीय भेलामा सत्ता पक्ष र प्रशासनले अन्याय र जवरस्ती गरे सशक्त प्रतिरोध गर्ने बताएका हुन् । उनीहरुले नगरप्रमुख वृषबहादुर राईसहितले ओली प्रवृत्ति देखाएका कारण सम्पूर्ण शक्ति लगाएर विरोधमा उत्रने समेत बताएका छन् ।  नेपाली कांग्रेसका पाख्रिबास नगर सभापति प्रेम भण्डारी, नेकपा माओवादी केन्द्र पाख्रिबास नगर अध्यक्ष मुक्ति बजगाई, नेकपा एमाले (नेपाल–खनाल) समुहका अध्यक्ष तथा वडा नं. ४ वडाध्यक्ष सोभित निरौला, जनता समाजवादी पार्टीका जितेन्द्र माङफुङ लगायतका नेताहरुले नगर प्रमुख वृषबहादुर राईले संघीयताको मर्म विपरित अलोकतान्त्रिक ढंगले वडाका बजेट व्यापक कटौती र चरम भ्रष्टचार गरेको भण्डारफोर गर्दै जनता समक्ष जाने बताएका थिए । पाख्रिवास नगरपालिकाका जनप्रतिनिधिहरुले नै गैरजिम्मेवार ढंगले हात हालेपछि स्वभाविक रुपमा प्रतिकार भएको र अब फेरि त्यसलाई प्रतिशोध साँध्नेगरी सरकारी पक्षबाट कुनै कदम चालिए यसको कडा विरोध गर्दै शसक्त प्रतिरोध गर्ने उनीहरुले पत्रकार सम्मेलनमा बताएका थिए ।  पाख्रिवास नगरपालिकामा भएको तोडफोडको जिम्मा स्वय नगरपालिकाले लिनुपर्ने विपक्षी दलले बताएका छन् । नगरसभामा जनताका शान्तिपूर्ण मागलाई दबाउन खोज्दा सो परिस्थति आएको उनीहरुको भनाइ छ । स्थानीय तहहरुले ल्याएका बजेटहरुमा पक्षपात पूर्ण योजनाहरु, विवादास्पद परियोजनाहरु, एकलौटी ढंगबाट गरिएका कार्यहरु तत्काल सच्याउनुपर्ने उनीहरुको भनाइ छ । जनताको भावना विपरित उठेका मागहरुलाई बुद्धीमता पूर्ण हिसाबले सम्बोधन गर्नुको सट्टा उल्टै गुण्डागर्दी धाकधम्की र छलछामको माध्यम अपनाउँदा उत्पन्न हुने परिस्थितीको जिम्मेवारी पनि स्थानीय सरकारले लिनुपर्ने नेपाली कांग्रेश धनकुटाका सभापति अग्नी पौडेलले बताए । नगर सभामा तोडफोड गर्नेलाई कारवाही र क्षतिपूर्ति माग : नगरपालिका पाख्रिबास नगरपालिकाको आठौ नगर सभामा आक्रमण गरी भौतिक सामग्री तोडफोड गर्नेहरु माथि कारवाहीको माग गरिएको छ । शनिवार पाख्रिबास नगरपालिका र नेकपा एमाले पाख्रिबास नगर कमिटीले छुट्टछुट्टै पत्रकार सम्मेलन मार्फत् विज्ञप्ति जारी गरेर कारवाहीको माग गरेका छन् । नगरपालिकाले प्रमुख बृषबहादुर राईले पत्रकार सम्मेलन गरेर नगर सभा सदस्यहरुलाई हातपात गर्नेरुलाई कारवाही र ५ लाख बराबर बढीको भौतिक क्षतिको परिपूर्ति गराउन सम्बन्धित प्रशासन र प्रहरीलाई अपिल गरेका छन् ।  प्रमुख राईले बजेट विनियोजनमा नगरको वडा न.४ को असहमति भएकोले उनीहरुको असहमति नगर सभामा राखेर टुंग्याउने भनिए पनि आफूहरु माथि आक्रमण भएको बताए । तोकीएको समयमा वडाको बजेट तथा कार्यक्रम नआएपछि स्थानिय सरकार सञ्चालन ऐन अनुसार वडाका बहुमत सदस्यहरुले सिफारिस गरेको योजना समावेश गरिएको राईले जानकारी दिए ।  अध्यक्ष निरौलालाई साधारण सदस्य समेत नरहने गरी कारवाही : एमाले (ओली पक्ष) घटनालाई लिएर उता नेकपा एमाले पाख्रिबास नगर कमिटीले वडा नं. ४ का वडा अध्यक्ष निरौलालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । नेकपा एमाले पाख्रिबास नगर कमिटीले नगर कमिटीले आयोजना पत्रकार सम्मेलनमा गरेको नगर अध्यक्ष शान्तिराम गौतमले पार्टीले निरौलालाई कारबाही गरेको जानकारी दिए । विपक्षीहरु सँग साँठगाँठ गरी पाटी विरुद्धमा लागेर सार्वजनिक सम्पति तोडफोड गर्ने योजनाकार निरौलाको अध्यक्ष पदको खारेजीका लागि समेत निर्वाचन कार्यालय जाने गौतमले बताए । यता वडाध्यक्ष निरौलाले भने कारबाहीको अर्थ नरहने बताएका छन् । उनले जनताको योजना माग गर्दा कोठामा बसेर कारबाही गर्ने एमाले पार्टी नै नभएको बताएका छन् । उनले एमालेको विधान, विधी, सिद्धान्त अनुसार पार्टीको काम गरेको र स्थानीय तह सञ्चालन ऐन अनुसार वडाध्यक्षको काम गरिएको बताएका छन् । कारबाही कसले र किन गयो भन्ने जानकारी नभएको निरौलाको भनाइ छ ।  स्थानीय तहको विरोध धनकुटाका सात ओटै स्थानीय तहहरुले पाख्रिबास नरपालिकामा नगरसभा सञ्चालन भइरहेको समयमा सभाहलभित्र भएको तोडफोडको विरोध जनाएका छन् । असार १० गते पाख्रिबास नगरपालिकाको हलमा नगरसभा चलिरहेका बेला नगरपालिका तोडफोडमा संलग्नलाई कारवाहीको दायरा ल्याउन पनि सात ओटै स्थानीय तहले माग गरेका छन् । सात ओटै स्थानीय तहले विज्ञप्ती जारी गर्दै यस्ता कार्यको घोर निन्दा एवम् भत्र्सना गर्दै संलग्न जो सुकै भए पनि अबिलम्ब कानूनी दायरामा ल्याउन माग गरेका छन् ।

सुर्खेतस्थित गुर्भाकोट नगरपालिका–४ को वडा कार्यालयमा आगलागी

सुर्खेतको गुर्भाकोट नगरपालिका–४ को वडा कार्यालयमा आगजनी भएको छ। आगलागीबाट वडा अध्यक्षको कार्यकक्ष र त्यहाँ रहेका सामग्रीहरू जलेर नष्ट भएका छन्। अज्ञात समूहले बिहिबार राति १२ बजेपछि आगलागी भएको हुनसक्ने वडा अध्यक्ष प्रशन्नकुमार शााहले जानकारी दिए। आगलागीबाट वडा अध्यक्षको कार्यकक्षमा रहेका सोफासेट, कुर्सी, टेबुल, कम्प्युटर, इन्भटरलगायतका सामग्रीहरु पूर्ण रूपमा जलेर नष्ट छन्। आगजनीबाट वडाका महत्वपूर्ण…