ऋण लिन बैंकको मात्र भर पर्ने अवस्था टुंगिँदै

काठमाडौं। उद्योग व्यवसायलाई आवश्यक ऋणका लागि बैंक, वित्तीय संस्थाको मात्र भर पर्नुपर्ने अवस्था अब अन्त्य हुने भएको छ । नेपाल राष्ट्र बैंकले ‘पियर टु पियर (पीटूपी) लेन्डिङ’ र ‘क्राउडफन्डिङ’ अवधारणा सार्वजनिक गर्दै नेपालमा पनि ऋणका लागि वैकल्पिक व्यवस्था खुला गर्न लागेको संकेत गरेको हो ।  विश्वमा प्रचलनमा आएको डेढ दशकपछि राष्ट्र बैंकले आर्थिक वर्ष (आव) २०७९/८० को मौद्रिक नीतिमा स्टार्ट–अप व्यवसायमा कर्जा पहुँच बढाउन पीटूपी लेन्डिङ र क्राउडफन्डिङसम्बन्धी अध्ययन गर्ने घोषणा गरेको थियो । घोषणा भएको २ वर्षपछि आइतवार केन्द्रीय बैंकले पीटूपी लेन्डिङ र क्राउडफन्डिङबारे अवधारणापत्र सार्वजनिक गर्दै कर्जाको पहुँच बढाउन र साना तथा मझौला उद्योगको लगानीका लागि स्रोत जुटाउन उपयुक्त हुने बताएको छ । व्यक्ति वा संस्थालाई व्यवसाय गर्न आवश्यक पर्ने स्रोत व्यक्तिबाट जुटाउन पीटूपी लेन्डिङ र क्राउडफन्डिङ उपयुक्त हुने राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ बताउँछन् । ‘पीटूपी लेन्डिङ प्रविधिको माध्यमबाट व्यक्ति–व्यक्तिबीच हुने ऋणको कारोबार हो,’ उनले भने, ‘विश्वमा धेरैअघि प्रचलनमा आइसकेको यो प्रावधानमा हामी भर्खरै प्रारम्भिक अध्ययनको चरणमा मात्र छौं ।’ अवधारणापत्रले पीटूपी लेन्डिङ र क्राउडफन्डिङबारे बहस शुरू हुने र आगामी दिनमा आवश्यक पूर्वाधार नियामकीय व्यवस्था गरी प्रचलनमा ल्याउन सकिने उनले बताए ।  नेपालमा हाल स्टार्ट–अप तथा साना तथा मझौला उद्योगमा आवश्यक लगानी जुटाउन बैंकिङ भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फन्डप्रति आकर्षण बढिरहेको छ । यही बेला राष्ट्र बैंकले सार्वजनिक गरेको पीटूपी लेन्डिङ र क्राउडफन्डिङको अवधारणाले नयाँ क्षेत्र खुला गर्ने वैकल्पिक लगानीको क्षेत्रमा काम गरिरहेका बिजनेश अक्सिजन प्रालिका अध्यक्ष सिद्धान्तराज पाण्डे बताउँछन् ।  नेपाल राष्ट्र बैंकले ऋणका ‘पियर टु पियर (पीटूपी) लेन्डिङ’ र ‘क्राउडफन्डिङ’ अवधारणा सार्वजनिक गर्दै ऋणका लागि वैकल्पिक व्यवस्था खुला गर्न लागेको संकेत गरेको हो ।  ‘हामीकहाँ अहिलेसम्म ऋण दिने भनेको बैंक, वित्तीय संस्थाले मात्र हो भन्ने बुझाइ छ,’ उनले भने, ‘पीटूपी लेन्डिङ साना तथा मझौला उद्योगका लागि स्रोत जुटाउन एकदमै महत्त्वपूर्ण हुन्छ ।’ नेपालमा मीटरब्याजको समस्या एकदमै चर्चामा रहेकाले पीटूपी लेन्डिङको नियमनको विषय महत्त्वपूर्ण हुने उनको भनाइ छ ।  नेपालमा पीटूपी लेन्डिङ र क्राउडफन्डिङको विषयमा बल्ल चर्चा शुरू भए पनि विश्वमा भने डेढ दशकअघि नै यो प्रचलनमा आइसकेको छ । विश्वमा आर्थिक मन्दीको समयमा बैंक, वित्तीय संस्थालाई व्यवसाय गर्न आवश्यक ऋण दिन नसकेपछि व्यक्ति–व्यक्ति मिलेर लगानी जुटाउन पीटूपी लेन्डिङ र क्राउडफन्डिङको अवधारणा प्रचलनमा आएको थियो ।  यस अवधारणाअन्तर्गत व्यक्ति–व्यक्ति अनलाइन प्लेटफर्ममार्फत जोडिने र उनीहरूले त्यसमार्फत ऋण दिने र लिने काम गर्छन् । यस्तो कारोबारको जोखिम कम गर्न अनलाइन प्लेटफर्म दर्ता, ऋणको सीमा, ब्याजदरको विषयमा नियमन आवश्यक पर्ने अवधारणापत्रले औंल्याएको छ । यसैगरी यसको प्रयोग र जोखिमबारे जनमानसमा जानकारी हुनुपर्ने पनि उल्लेख गरिएको छ ।  अवधारणापत्रमा नेपालमा पीटूपी लेन्डिङ र क्राउडफन्डिङ नयाँ अवधारणा भएकाले यसबारे पर्याप्त छलफल र बलियो नियमन आवश्यक रहेको औंल्याइएको छ । पहिलो चरणमा राष्ट्र बैंकले केही कम्पनीलाई यस्तो कारोबारका लागि लाइसेन्स दिएर परीक्षण गर्न र त्यसको सफलताको आधारमा मात्र यसलाई अघि बढाउन सुझाइएको छ ।  राष्ट्र बैंकको अध्ययनअनुसार नेपालमा स्टार्ट–अप बिजनेशको सबैभन्दा बढी ३३ प्रतिशतले पैतृक सम्पत्तिबाट पूँजी जुटाउने गरेको सार्वजनिक गरेको थियो । नेपाल राष्ट्र बैंकको एसएमई फाइनान्सिङ रिपोर्ट २०१९ अनुसार स्टार्ट–अप व्यवसायका लागि बैंक, वित्तीय संस्थाबाट ऋण लिनेको अंश १६ प्रतिशत मात्र छ । 

सम्बन्धित सामग्री

बैंकको ऋण तिर्दैतिर्दिन भन्न कसैले पनि पाउँदैन : अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले बैंकको ऋण तिर्दैतिर्दिन भन्न कसैले पनि नपाउने र कुत्सित स्वार्थले गरिएका प्रचारको प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ । अर्थमन्त्रीले भन्नुभयोे, असल नियतका साथ काम गर्नेलाई सरकारले सहयोग गर्दै आएको छ । “बैंकको ऋण तिर्दैतिर्दिन भन्न कसैले पनि पाउँदैन, कुत्सित स्वार्थले गरिएका प्रचारको प्रतिवाद गर्नुपर्छ” । चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले …

बैंकको ऋण लिनेले तिर्दिन भन्न मिल्दैन : अर्थमन्त्री

६ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न नमिल्ने बताएका छन् । शंखधर दिवसको अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रका विषयलाई समेत लिएर जथाभावी बोल्दै हिँड्नेले बैंकको ऋण बढी लिएर तिर्दिन भन्न नमिल्ने बताएका हुन् । ऋण लिएर खाने र १० ठाउँमा लगाएर बैंकको ऋण तिर्दिन […]

बैंकहरूले अझै पनि गरिबलाई ऋण दिएका छैनन्ः ओली

‘बैंकहरूले कि त अहिलेजस्तै ठूलाठूला पुँजीपति खोजेर लगानी गर्ने, तल साँच्चै जसलाई ऋण चाहिएको छ, उसकहाँ बैंकको ऋण पुग्दैपुग्दैन,' ओलीले भने, 'जो अर्बपति छ, उसँग मात्रै ऋण पुग्छ ।'

माथिल्लो बलेफी आयोजनाले बैंकको ऋण चुक्ता गर्ने लक्ष्यसहित हकप्रद ल्याउने

काठमाडौँ । माथिल्लो बलेफी–ए जलविद्युत आयोजनाले बैंकको ऋण चुक्ता गर्न हकप्रद जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णयअनुसार जारी हुने हकप्रद सेयरले बैंकको कर्जा चुक्ता गर्ने छ । कम्पनीले नेपाल स्टक

‘विश्व बैंकको जलवायु ऋण चाहिँदैन, जलवायु ऋण लाद्न पाइँदैन’

‘यो सम्झौता जलवायु न्यायको विरुद्ध छ,’ प्रदर्शनमा सहभागी युवा अभियन्ता तथा वातावरणीय कानुनकाज्ञाता दिलराज खनालले भने, ‘विश्व बैंक जस्तो संस्थाले जलवायु ऋण लाद्न पाउँदैन।’ उनले थप, ‘राज्यका कुन चाहिँ दस्तावेजमा जलवायुमा ऋण लिन्छौं भनेको छ। नीतिहरुमा जलवायु...

पाकिस्तानलाई अब ऋण प्राप्त गर्न कठिन हुन सक्ने

काठमाण्डाै – पाकिस्तानले अब विदेशी ऋण प्राप्त गर्न कठिन हुन सक्ने देखिएको विश्व बैंकको एक रिपोर्टमा भनिएको छ । पाकिस्तान सबैभन्दा धेरै बाहिरी ऋण भएको शीर्ष १० देशमा परेको र कोभिड–१९ महामारीपछि ऋण सेवा निलम्बन पहल (डीएसएसआई) का लागि योग्य भएको हुँदा अब उसलाई विदेशी ऋण प्राप्त गर्न कठिन हुन सक्ने विश्व बैंकको रिपोर्टमा भनिएको छ । १० सबैभन्दा ठूला डीएसएसआई योग्य ऋणी देशको संयुक्त विदेशी ऋण सन् २०२० को अन्त्यमा पाँच सय नौ बिलियन डलर थियो, यो सन् २०१९ को तुलनामा १२ प्रतिशत धेरै हो । सबैभन्दा धेरै ऋण लिने १०...

मेगा बैंकको ऋण अटोमेसन प्रणाली सुरू

मेगा बैंकले एसबी सल्युसन प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्ने दुवै संस्थाले जनाएका छन् ।मेगा बैंकका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष विपुल ढकालले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर […]

विदेशी ऋण भुक्तानीको सटही सुविधाका लागि राष्ट्र बैंकको स्वीकृति नचाहिने

विदेशी ऋण भुक्तानीको लागि सटही सुविधा दिन केन्द्रिय बैंकको स्वीकृति नचाहिने भएको छ । नेपाल राष्ट्र बैंक बिदेशी लगानी तथा विदेशी ऋण ब्यवस्थापन विनियमावली २०७८ जारी गर्दै मुद्राको सटही सुविधाका लागि कागजात सहितको निवेदन बैंक तथा वित्तीय संस्थालाई दिनुपर्ने जनाएको हो ।यो विनियमावली बमोजिम विदेशी मुद्रा प्राप्त गर्ने बैंक तथा वित्तीय संस्था र विदेशी लगानी वा विदेशी ऋण प्राप्त गर्ने प्राकृतिक व्यक्ति/फर्म/कम्पनी/ संस्थाको खाता रहेको बैंक तथा वित्तीय संस्था फरक परेमा विदेशी मुद्रा प्राप्त गर्ने बैंक त

विद्युत् कम्पनीले बैंकको ऋण तिर्न हकप्रद जारी गर्न पाउने

काठमाडौं, जेठ १२ । अब विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद (राइट) शेयर निष्कासन गर्न पाउने भएका छन् । यसअघि विद्युत् कम्पनीहरूले आयोजनामा लगानी गर्न पाउने प्रयोजनका लागि मात्र हकप्रद शेयर निष्कासन गर्न पाउँथे । अब भने बैंकको ऋण तिर्नका लागि पनि हकप्रद शेयर निष्कासन गर्न पाउने प्रस्ताव विद्युत् […]

बैंकको ऋण लिँदा विचार पुर्‍याउनुपर्ने कुरा

सामान्यतः भविश्यमा भुक्तान गर्ने गरी लिइएको रकमलाई कर्जा वा ऋण भनिन्छ । ऋण लिने व्यक्तिलाई ऋणी भनिन्छ । कर्जा प्रवाह गर्नु बैंकको प्रमुख कार्य हो । सरकारले नै बैंकलाई कानुनी परिधिभित्र रहेर समाजमा तरलता आपूर्ति गर्ने जिम्मा सुम्पेको हुन्छ । देश र समाजमा पर्याप्त तरलता आपूर्ति भएमा उद्योग र व्यापारको विस्तार र विकास हुन्छ । […]