प्रदेश लोकसेवा आयोगका सदस्यले लिए शपथ

गण्डकी प्रदेश लोकसेवा आयोगका सदस्यमा नियुक्त हुनुभएका योगेन्द्र गौचनले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश नीति तथा योजना आयोगको कार्यालयमा आयोजित एक समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोगका अध्यक्ष विष्णु नेपालले उनलाई शपथ ग्रहण गराएका हुन् ।समारोहमा सभामुख नेत्रनाथ अधिकारी, मन्त्रीहरु, प्रदेशसभा सदस्य, उच्च पदस्थ सरकारी अधिकारी लगायतको उपस्थिति थियो । गण्डकी प्रदेश सरकारले यही साउन १५ गते बागलुङ जिल्लाको तमानखोला गाउँपालिका&nda

सम्बन्धित सामग्री

धरान उपमहानगरले गरेको कर्मचारी बढुवा रद्द, तलब भत्ता बेरुजू

कोशी प्रदेश लोकसेवा आयोग विराटनगरले धरान उपमहानगरपालिकाका कर्मचारीहरूको नियमविपरीत गरिएको स्तरवृद्धि (बढुवा) नियमविपरीत भएको ठहर गर्दै रद्द गरेको छ। उपमहानगरपालिकाको २०७७ फागुन २१ गतेको नगरसभाले ३९ कर्मचारीको स्तर वृद्धि गरेको थियो।...

प्रदेश लोकसेवा आयोग गठन नभएसम्म केन्द्रबाटै परीक्षा

संघीय संसद्ले लोकसेवा आयोग विधेयक पारित गरेपछि प्रदेश लोकसेवा आयोग गठन नभएसम्म केन्द्रको लोकसेवा आयोगले काम गर्ने भएको छ।...

‘निष्पक्ष कार्यले प्रदेश लोकसेवा आयोग विश्वसनिय छ’

मोरङ– प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगले निष्पक्ष रुपमा कार्यसम्पादन गर्दा जनतामा यसले विश्वसनीयता कायम गरेको बताएका छन् । प्रदेश लोकसेवा आयोगको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमको आज उद्घाटन गर्दै उनले निष्पक्ष, दक्ष, इमान्दार, समक्ष कर्मचारी उत्पादन गरेमा सार्वजनिक प्रशासनमा सबैको विश्वास आर्जन सफल हुने बताए । उनले प्रदेश सरकारले […]

कर्णाली प्रदेश सभामा तीन अध्यादेश पेस

कर्णाली प्रदेश सभामा तीन अध्यादेश पेस भएका छन् । बैठकमा कर्णाली प्रदेश लोकसेवा आयोग दोस्रो संशोधन अध्यादेश, २०७८, प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी अध्यादेश, ०७८ तथा कर्णाली...

प्रदेश लोकसेवा आयोग गठनको १० महिना : कर्मचारी माग्ने सुरसार नै छैन

धनगढी– सुदूरपश्चिममा प्रदेश लोकसेवा आयोग गठन भएको १० महिनासम्म पनि आयोगले काम सुरू गरेको छैन । प्रदेशअन्तर्गतका सरकारी कार्यालयले आवश्यक कर्मचारी मागसम्बन्धी माग नगरेका कारण आयोग गठन कामविहीन बनेको हो । लोकसेवा आयोगका सचिव दुर्गादत्त बिष्टका अनुसार प्रदेश सरकारले अहिलेसम्म कर्मचारी आवश्यकता बारे तथ्यांक दिएको छैन । यद्यपी, आयोले सबै तयारी गरेर बसेको उनले बताए […]

कर्णाली लोकसेवा आयोग ऐन अध्यादेशमार्फत संशोधन

१० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत प्रदेश लोकसेवा आयोग ऐन संशोधन गरेको छ । प्रदेशसभा सञ्चालन नभएकाले अध्यादेशमार्फत दोस्रो पटक संशोधन गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘प्रदेश लोकसेवा आयोग ऐन–२०७५ संशोधन गर्न बनेको अध्यादेश–२०७८’ जारी गरेका हुन् । प्रदेश सरकारले कात्तिक ७ गते ऐन संशोधन […]

कोरोनाका कारण रोकिएका परीक्षाहरु संचालन गर्दै प्रदेश लोकसेवा आयोग

मकवानपुर । बागमती प्रदेश लोक सेवा आयोग हेटौंडाले कोरोना संक्रमणको जोखिमका कारण रोकिएका केही परीक्षाहरु संचालन गर्ने सुचना जारी गरेको छ । आयोगको असार २५ गतेको बैठकको निर्णय अनुसार, सूचना आयोगको पूर्व सूचना बमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका चौंथो, पाँचौ र छैटौं तहका पदहरूका परीक्षा कार्यक्रमको तालिका प्रकाशन गरेको हो ।प्रदेश लोकसेवा आयोगले यस अघि कोरोना संक्रमणको कारण रोकिएको पाँचौँ तह स्वास्थ्यको एनेस्थेसिष्ट पदको प्रथम चरणको र चौथो, पाँचौँ तथा छैटौं तहका प्रशास

गण्डकी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नेपाल

गण्डकी प्रदेश लोकसेवा आयोग अध्यक्षको जिम्मेवारी विष्णुप्रसाद नेपालले पाउने भएका छन् ।

प्रदेश लोकसेवा आयोग विधेयक सर्वसम्मति पारित

काठमाडौँ । राष्ट्रियसभाले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको आइतबारको...