एनएमबी र कृषि विकास बैंकले वज्र मादी आयोजनामा ३ अर्ब ७४ करोड लगानी गर्ने

२४.८ मेगावाट क्षमताको वज्र मादी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । एनएमबी बैंक र कृषि विकास बैंकले सो आयोजनामा ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएका छन् ।