बैतडी र डडेल्धुराका स्थानिय तहले बुझाएनन् रिक्त दरबन्दी विवरण

कात्तिक १९, बैतडी  ।  बैतडी र डडेल्धुराका केहि स्थानिय तहले रिक्त दरवन्दीको विवरण लोकसेवा  आयोगमा नबुझाएको खुलेको छ ।  ती दुई ओटै जिल्लाका सात ओटा स्थानीय तहले स्थायी कर्मचारी पनि हालसम्म माग गरेका छैनन् । बैतडीका १० ओटा मध्ये चार र डडेल्धुराका सात ओटामध्ये तीन ओटा स्थानीय तहले रिक्त दरबन्दीको विवरण नपठाएको बुझिएको छ । बैतडीका डिलाशैनी, दोगडाकेदार, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाले कर्मचारीको रिक्त दरबन्दीको विवरण पठाएका छैनन् । यसैगरी डडेल्धुराका अमरगढी नगरपालिका र नवदुर्गा तथा आलिताल गाउँपालिकाले विवरण नपठाएको सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले बताएको छ ।  जनप्रतिनिधि निकटका व्यक्तिलाई विभिन्न रिक्त पदहरुमा जागिर लगाएको कारण स्थानीय तहले स्थायी पदपूर्तिको माग नगरेको हुन सक्ने स्रोतले बताएको छ  । आफु निकटका कर्मचारी भर्ना गरेका कारण काममा ढिलासुस्ती हुने गरेको स्थानीयको भनाइ छ ।  प्रदेश लोक सेवा आयोगले भने सबै स्थानिय तहबाट रिक्त दरबन्दीको विवरण प्राप्त हुनासाथ विज्ञापन गर्ने तयारी रहेको बताएको छ । 

सम्बन्धित सामग्री

मेलौलीमा डाक्टर अभाव, स्थानीय प्रभावित

बैतडी : बैतडीको तल्लोसोराड क्षेत्रको एक मात्र रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा डाक्टर अभाव भएपछि खोजीको पहल थालिएको छ। मेलौली नगरपालिकाले डाक्टरको रिक्त दरबन्दी परिपूर्ती गर्न पहल थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए।उनले भने, 'डाक्टर अभाव भएपछि हामीले सूचना प्रकाशन गरेर आवेदन दिन आह्वान गरेका छौँ, चाँडै पदपूर्ति हुन्छ।' तल्लो स्वराड क्षेत्रका तीन स्थानीय तहका नागरिकहरूलाई सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्र

मेलौलीमा डाक्टर अभावपछि नगरपालिकाले थाल्यो पहल

बैतडी । बैतडीको तल्लोसोराड क्षेत्रको एकमात्र रेफरल सेन्टरका रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा डाक्टर अभाव भएपछि त्यसको व्यवस्थाको पहल थालिएको छ । मेलौली नगरपालिकाले डाक्टरको रिक्त दरबन्दी परिपूर्ति गर्न पहल थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए । उनले भने, ‘डाक्टर अभाव भएपछि सूचना प्रकाशन गरेर आवेदन दिन आह्वान गरेका छौँ, चाँडै […]