बैतडी : बैतडीको तल्लोसोराड क्षेत्रको एक मात्र रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा डाक्टर अभाव भएपछि खोजीको पहल थालिएको छ। मेलौली नगरपालिकाले डाक्टरको रिक्त दरबन्दी परिपूर्ती गर्न पहल थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए।उनले भने, 'डाक्टर अभाव भएपछि हामीले सूचना प्रकाशन गरेर आवेदन दिन आह्वान गरेका छौँ, चाँडै पदपूर्ति हुन्छ।' तल्लो स्वराड क्षेत्रका तीन स्थानीय तहका नागरिकहरूलाई सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्र