काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ।सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान ९ बजेका लागि पदाधिकारी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सभापति देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको लगायत विषयमा छलफल हुनेछ ।राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ ९५० बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरित र अलोकतान्त्रिक भएको कांग्रेसको ठहर