काठमाडौं, असार २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाउनुभएको छ । मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको बैठकमा पूर्व पदाधिकारीहरुलाई पनि निम्त्याइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । बैठकमा महाधिवेशनको तयारी र निर्वाचन समितिले तयार पारेको निर्वाचन निर्देशिकामाथि छलफल हुने उहाँको भनाइ छ । भदौ १६–१९ […]