संक्रमण घटेपछि खोप ल्याइएन

कोरोना भाइरसको संक्रमण घट्दै गएपछि भाइरसविरुद्ध खोप आएको छैन । सङ्क्रमण घट्दै गएको र ठूलो सङ्ख्यामा खोप मौज्दात रहेकाले तीन महिनादेखि कोरोना भाइरसविरुद्ध खोप नल्याइएको हो । कोरोना भाइरसको सङ्क्रमण घट्दै र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण कम हुँदै […]

सम्बन्धित सामग्री

कोरियाली श्रम बजारमा नेपाली कामदार माग, महामारीले भाषा परीक्षा सरेको सर्‍यै

काठमाडौँ- नेपाली कामदारका लागि वैदेशिक रोजगारीको सबैभन्दा आकर्षक मानिएको मुलुक दक्षिण कोरिया बनेको छ । तर, कोभिड-१९ महामारी फैलिएपछि नियमित रुपमा गइरहेका कामदार केही समयका लागि जान पाएनन्। पहिलो लहरको संक्रमण फैलिएपछि भाषा पास गरेर रोष्‍ट्ररमा नाम रहेका कामदारसमेत रोकिए। कोभिड संक्रमण घटेपछि र खोप अभियान सुरु…

लकडाउन हटेसँगै छायांकनमा जुटे अक्षय कुमार : RajdhaniDaily.com

RajdhaniDaily.com | मुम्बई । कोरोनाको संक्रमण घटेपछि भारतको मुम्बईमा लकडाउन हटाइएको छ । धेरैभन्दा धेरैलाई खोप लगाएर मुम्बईको बजार विस्तारै खुल्न थालेका छन् । यसै क्रममा अब - अक्षय कुमार

कोरोना महामारीपछि जापानी अर्थतन्त्रमा अपेक्षाकृत उच्च संकुचन

जेठ ४, टोकियो । जापानको अर्थतन्त्र अपेक्षा गरिएभन्दा धेरैले खुम्चिएको छ ।  सुस्त गतिमा अगाडि बढेको  कोभिड–१९ विरोधी खोप अभियान र महामारीका कारण खपत घटेपछि आर्थिक संकुचन अनुमान गरिएभन्दा धेरै भएको हो । यसले जापानलाई मन्दीको चपेटाबाट उकास्न प्रयासरत नीति निर्माताहरुमाथि चुनौती थपिदिएको छ ।  पहिलो त्रैमासमा जापानको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले खुम्चिएको मंगलवार सरकारले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यो अर्थशास्त्रीहरुले अनुमान गरेकोभन्दा धेरै हो । सो अवधिमा अर्थतन्त्र ४ दशमलव ६ प्रतिशतले खुम्चने अनुमान अर्थशास्त्रीहरुले गरेका थिए । अघिल्लो त्रैमासमा पनि अर्थतन्त्र ११ दशमलव ६ प्रतिशतले खुम्चिएको थियो ।  महामारीले गर्दा स्वास्थ्य क्षेत्रमाथि चााप बढेको छ । तर खोप अभियान निकै सुस्त गतिमा अगाडि बढिरहेको छ । यसका कारण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) महामारी पूर्वको स्तरमा फर्किन वर्षको अन्तयसम्म लाग्ने क्यापिटल इकोनोमिक्समा वरिष्ट जापानी अर्थशास्त्री मार्सेल थिएलिएन्टको भनाइ छ ।  राजधानी टोकियो समेत केही प्रिफेक्चरहरुमा संक्रमण नियन्त्रण गर्न लगाइएको आपतकाल अर्को तीन हप्ता थप गरेर अप्रिलको अन्त्यमा पुर्‍याइएको छ भने आपतकाल लगोका प्रिफेक्चरको संख्या १० पुर्‍याइएको छ । यसले गर्दा चालू त्रैमासमा पनि आर्थिक पुनःबहाली सुस्ताउने अपेक्षा गरिएको छ । एजेन्सी साँझ ४ : ४० बजे पुन: सम्पादन गरिएको