कोरियाली श्रम बजारमा नेपाली कामदार माग, महामारीले भाषा परीक्षा सरेको सर्‍यै

काठमाडौँ- नेपाली कामदारका लागि वैदेशिक रोजगारीको सबैभन्दा आकर्षक मानिएको मुलुक दक्षिण कोरिया बनेको छ । तर, कोभिड-१९ महामारी फैलिएपछि नियमित रुपमा गइरहेका कामदार केही समयका लागि जान पाएनन्। पहिलो लहरको संक्रमण फैलिएपछि भाषा पास गरेर रोष्‍ट्ररमा नाम रहेका कामदारसमेत रोकिए। कोभिड संक्रमण घटेपछि र खोप अभियान सुरु…

सम्बन्धित सामग्री

कोरिया रोजगारी : खुल्यो भाषा परीक्षा, रोकिएकालाई ६ महिनाभित्र पठाइसक्ने

काठमाडौं :  सरकारले कोरोनाका कारण करिब २ वर्षदेखि रोकिएको दक्षिण कोरिया (इपिएस) रोजगारीका लागि भाषा परीक्षा लिने भएको छ। वैदेशिक रोजगार विभागले सोमबार सूचना निकालेर सन् २०२२ का लागि ९ हजार ६ सय ५४ जना छनोट गर्न भाषा परीक्षा सञ्चालन गर्न लागेको जानकारी दिएको छ।  कोरियाले नेपाली कामदार माग गरेसँगै पुनः भाषा परीक्षा लिने तयारी गरेको जानकारी वैदेशिक रोजगार विभाग इपिएस शाखा प्रमुख पुष्पराज कटुवालले दिए। शाखाका अनुसार परीक्षा २६ वैशाखदेखि २१ असोजसम्म चरणबद्ध रुपमा हुनेछ।कोरिया र नेपालबी

कोरियन भाषा परीक्षा वैशाखदेखि

पाँच वर्षयताकै बढी नेपाली कामदार कोरिया जान पाउनेदक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत विगत ५ वर्षयताकै बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षा गर्ने भएको छ । सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि ९ हजार ६५४ जनालाई छनोट गर्ने योजनासहित आगामी वैशाखबाट सञ्चालन गर्न लागिएको […]

कोरियन भाषा परीक्षा सञ्चालन हुँदै

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको रोजगारीमा जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा हुने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार कोरियामा काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः पठाउन कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभागसँग सहमति भएसँगै भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो । विभाग अन्तर्गतको ईपीएस शाखा ग्वार्काेका अनुसार आगामी पुस १ गतेदेखि भाषा परीक्षा हुनेछ । परीक्षा कम्प्युटरमा आधारित (पेपरलेस) हुनेछ । उक्त परीक्षा पुस ७ गतेसम्म चल्नेछ । गतवर्ष भने कोभिडका कारण भाषा परीक्षा हुन सकेको थिएन । सन् २०१९ को भाषा परीक्षामा ८४ हजार २१५ जना युवा सहभागी भएका थिए । उनीहरूमध्ये १२ हजार ९ जनाले परीक्षा उत्तीर्ण गरेका थिए । उत्तीर्ण गरेका मध्येबाट १० हजार ५० ले दक्षिण कोरिया प्रवेश पाउने बताइएको थियो । तर कोरोनाका कारण उनीहरूले प्रवेश पाउन सकेका छैनन् । लामो समयपछि प्रतिबद्ध कामदार भने लैजान शुरू गरेको छ । दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ । सन् २००८ मा ८१ महिलासहित दुई हजार ७३३ पुरुष रोजगारीका लागि कोरिया गएका थिए । उक्त वर्ष ३१ हजार ५२५ जना भाषा परीक्षामा सहभागी भएका थिए । ३०८ महिलासहित ६ हजार ४०६ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । सन् २००९ मा भने भाषा परीक्षा सञ्चालन हुन सकेन । सो वर्ष अघिल्लो वर्ष भाषा परीक्षा उत्तीर्ण गरेका ९११ युवाले कोरियाको श्रम बजारमा प्रवेश गरेको ईपीएस शाखाको तथ्यांकले देखाउँछ । सन् २०१० मा दुई हजार ३३९, २०११ मा तीन हजार ९८३, २०१२ मा ६ हजार ३३२, २०१३ मा पाँच हजार ४६, २०१४ मा ६ हजार २८, २०१५ मा पाँच हजार ८६६, २०१६ मा आठ हजार ७९, २०१७ मा सात हजार ८०० र सन् २०१८ मा आठ हजार ५११ ले दक्षिण कोरियामा रोजगारीको अवसर प्राप्त गरेका थिए । नेपालीहरू मेहनती र इमानदार भएको भन्दै कोरियाली रोजगारदाताको  रोजाइमा पर्दै आएका छन् ।

मंसिरबाट कोरिया रोजगारी  खुलाउने तयारी

काठमाडौं : विगत दुई वर्षदेखि बन्द रहेको कोरिया रोजगारी मंसिरबाट खुला हुने भएको छ। कोभिड संक्रमण रोकथाम गर्ने भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले मंसिरदेखि इपिएस भाषा परीक्षा पास गरेकालाई  खुला गर्ने भएको हो।विश्वमा कोरोना संक्रमणको दर केही कम भएसँगै कोरियाले नेपाली कामदार लैजाने प्रक्रिया अगाडि बढाएको वैदेशिक रोजगार विभागले जनाएको छ। कोरियाले यसअघि नेपालबाट कोरियामा रोजगारी गरेर फर्किएका कमिटेड कामदारलाई लिएको थियो।हाल इपिएस प्रणालीअन्तर्गत भाषा परीक्षा पा

इजरायलमा नेपाली कामदार पठाउन लिइने भाषा परीक्षा आज

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मुलुक बनेको इजरायलमा नेपाली कामदार पठाउने प्रक्रियाअन्तर्गत लिइने भाषा परीक्षा आज (सोमबार) हुने भएको छ । दुई सरकारबीच भएको सम्झौताअनुसार जीटुजीमार्फत पहिलोपटक रोजगारीमा लैजाने निर्णय भएको इजरायलमा नेपाली कामदार पठाउन लिइने भाषा परीक्षा सरकारले सोमबार लिन लागेको हो । सरकारले इजरायलमा नेपाली कामदार पठाउने प्रक्रियाका लागि परीक्षामा […] The post इजरायलमा नेपाली कामदार पठाउन लिइने भाषा परीक्षा आज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

दक्षिण कोरियाली राजदूतलाई नेपाली कामदार लैजान आग्रह

अर्थमन्त्री जनार्दन शर्मा र दक्षिण कोरियाली राजदूत पार्क चोङ सकबीच दक्षिण कोरियामा नेपाली कामदार लैजाने विषयमा भेटवार्ता भएको छ ।बुधवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे ।कोभिड–१९ महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन समेत आग्रह गरेका छन्  ।&lsqu

दक्षिण कोरियाली राजदूतलाई नेपाली कामदार लैजान आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र दक्षिण कोरियाली राजदूत पार्क चोङ सकबीच दक्षिण कोरियामा नेपाली कामदार लैजाने विषयमा भेटवार्ता भएको छ । बुधवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे । कोभिड–१९ महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन समेत आग्रह गरेका छन्  । ‘ईपीएसअन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवाहरू बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु,’ मन्त्री शर्माले भने । जवाफमा राजदूत पार्कले रोकिएको ईपीएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए । नेपालीहरूको मिहेनत र इमानदारीबाट कोरियाली रोजगारदाताहरू खुशी रहेको प्रसंग उल्लेख गर्दै राजदूत पार्कले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरूलाई काममा पठाउने प्रक्रिया अघि बढाइने बताए । भेटको क्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसका लागि कोरियाली जनताको तर्पmबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे । नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति अर्थमन्त्रीले आभार व्यक्त गरे । दक्षिण कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत्लगायत क्षेत्रमा लगानीसमेत गर्दै आएको छ । कोरियाली लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण भएको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिकेक्निक कलेजको स्थापना हुँदै छ । उक्त कलेजले निर्माण क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्नेछ । भेटमा राजदूत पार्कले कोरियाली लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको काममा भइरहेको ढिलाइबारे चासो राखेका थिए । आयोजनामा ढिलाइ हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको उनले बताए ।

भाषा परीक्षा पास गरी कोरिया जाने पर्खाइमा ७४ सय, कहिले खुल्छ ठेगान छैन

काठमाडौं। इपीएस परीक्षा पास गरी ७ हजार ४ सय नेपाली कामदार दक्षिण कोरिया जाने पर्खाइमा छन्।कोरोना महामारीका कारण कोरियाले नेपाली कामदार लैजान रोकेको छ । वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाकाअनुसार भाषा परीक्षा पास गर्नेमध्ये तीन हजार जना कोरियामा काम गरेर फर्केकाहरु छन्। अझै ५ हजार ५ सय जना भाषा परीक्षा पास गरेर ‘लेवर कन्ट्राक्ट’को पर्खाइमा रहेको शाखाले जनायो।

कोरियन भाषा परीक्षा उत्तीर्णको सीप तथा क्षमता परीक्षण भदौबाट

काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरियामा प्रशिक्षार्थी नेपाली कामदार पठाउनका लागि लिइएकोे कोरियन भाषा परीक्षा उŒाीर्ण भएका परीक्षार्थीको...