झापामा वाम गठबन्धन र राप्रपाबीच चुनावी तालमेल

सत्तारुढ दुई दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको निर्वाचनमा ७ ठाउँमा चुनावी तालमेल गर्ने सहमति झापामा भने धरापमा परको छ। झापा – ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन दुबैले एकअर्कालाई छोड्न नमानेपछि कांग्रेस–राप्रपा गठबन्धन झापामा अप्ठेरोमा परेको हो। दुबै पार्टीले गठन गरेको कार्यदल तहमा झापा– ३ लगायत…

सम्बन्धित सामग्री

पेचिलो बन्दैछ बागलुङमा चुनावी तालमेल

सिट बाँडफाँटमा बागलुङ–१ नछाड्ने राष्ट्रिय जनमोर्चाको अडानले जिल्ला तहमा गठबन्धन कसरी अघि बढ्ला भन्ने चासो थपिदिएको छ ।  गठबन्धनको सबैभन्दा सानो दल जनमोर्चाले त्यहाँको उम्मेदवारमा अध्यक्ष चित्रबहादुर केसीलाई अघि सारेको छ । बागलुङ केसीको गृहजिल्ला हो । सङ्घतर्फ बागलुङ–१ सँगै प्युठानमा जनमोर्चाको दाबी छ । प्रदेशमा पनि बागलुङको एउटा सिट आफूले पाउनुपर्ने उसको प्रस्ताव छ । विसं २०७४ को चुनावमा वाम गठबन्धन गरेर चुनाव लडेको जनमोर्चाले बागलुङबाट प्रदेशका दुई सिट जितेको थियो । तत्काल

वाम गठबन्धन भाग–२ को संकेत

अमेरिकी सहयोग परियोजना एमसीसीले सत्ता गठबन्धन धर्मराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने कित्तामा प्रष्टसँग उभिएका मात्रै छैनन्, उक्त कित्ताको नेतृत्व गरिरहेका छन् । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बाहिर एउटा र भित्र अर्कै कुरा छ ।एमालेबाट टुक्रिएर बनेको नेकपा एकिकृत समाजवादी एमसीसीको विरोधमा छ । यद्यपी, उ सरकारबाट बाहिरिने आँट गरिरहेको छैन । यस्तो अवस्थामा नेताहरुको दौडधूप बाक्लो हुँदै गएको छ । बिहिबार साँझ मात्रै प्रधानमन्त्री देउवा श्रीमती आरजुलाई लिएर एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगे । धर्मराउँदै सत्ता गठबन्धनकेपी शर्मा ओली वर्तमान सत्ता गठबन्धन भत्काउन चाहन्छन् । त्यसकारण उनले विभिन्न समयमा विभिन्न अस्त्रको प्रयोग गरेकै हुन् । तर, हालसम्म उनी सफल भएका छैनन् ।तर, एमसीसी संसद टेबलपछि अनुमोदन गर्नुपर्छ भन्ने प्रधानमन्त्री देउवाको अडान र जनमत बिग्रने डरले सत्तामा हुँदाहुँदै पनि सडकमा आन्दोदन गर्ने प्रचण्ड–माधबको दोहोरो चरित्रले अहिले गठबन्धन धर्मराएको छ । काँग्रेसकै नेताहरु गठबन्धनको पक्षमा छैनन् । एमसीसी विवादले गठबन्धन तोडेर एक्लै चुनावमा जान काँग्रेसलाई सजिलो भएको छ । गठबन्धन हुँदा भाग लगाउनुपर्ने निर्वाचन क्षेत्रमा गठबन्धन नभएको अवस्थामा काँग्रेसले आफ्नै उम्मेदवार उठाउन सक्ने छ ।‘गठबन्धन चुनावसम्मै लैजाउ भन्ने हामीलाई छैन, अहिलेकै अवस्थामा माओवादी र माधब नेपालको पार्टीले हात झिके पनि हामीलाई गाह्रो छैन, त्यस्तो अवस्थामा प्रतिनिधिसभाकै (संसदमा अल्पमतमा परेको अवस्थामा संसद विघटन गरेर) निर्वाचन गर्नुपरेछ भनेपनि हामीलाई त झन सजिलो हुन्छ’ काँग्रेसका एक नेताले भने, ‘एमसीसीलाई कारण देखाएर सरकारबाट उनीहरु बाहिरिन्छन् भने पनि हाम्रो लागि त अवसरनै भयो, कम्तीमा चुनावमा भागबण्डा त गर्नुपरेन । अहिले नै गएभने हामीले धोका दिएको भन्ने सन्देश पनि जाँदैन । गए राम्रो ।’ वाम गठबन्धन भाग–२ को संकेतएमसीसी विवादले तत्कालिन नेकपाभित्रको शक्ति संघर्ष र अदालतको आदेशपछि एमाले माओवादी ब्यूँतिएको विषय अहिले सेलाएको छ । नेकपा एकता जोगाउन नसकेको भन्दै ओली र प्रचण्डमाथि खनिने जनमत बाक्लो थियो । तर, अब त्यसरी खनिनेहरु एमसीसीको मुद्दामा केन्द्रित भएका छन् ।करिब दुई तिहाई जनमत पाएर पनि ५ वर्ष एकल सरकार चलाएर जनअपेक्षा अनुसार विकास निर्माणका काम गर्न नसकेको भन्दै ओली र प्रचण्डलाई गाली गर्दा ओलीका समर्थकले प्रचण्ड–माधबलाई दोषी देखाउँथे भने प्रचण्ड–माधबका समर्थकले ओलीलाई दोषी देख्थे । तर, अहिले अवस्था फेरिएको छ । एमसीसीका कारण गाली खाने ठाउँमा काँग्रेस आईपुगेको छ ।तत्कालिन नेकपाको विभाजन ओझेलमा परेको अवस्था छ । केही दिन अघिको एक अन्तरवार्तामा माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग गठबन्धन हुन सक्ने जनाउ दिईसकेका छन् । अहिलेको सत्ता गठबन्धन टुटाउन सकेको अवस्थामा ओली पनि माओवादीसँग साझेदार गर्न अनिच्छुक देखिएका छैनन् । ‘माओवादी कुनैपनि हालतमा एक्लै चुनाव लड्ने मनस्थितीमा छैन । किनभने, माओवादीको अवस्था निकै कमजोर छ’ एकजना विश्लेषक भन्छन्, ‘काँग्रेसले हात छोड्ने वित्तिक्कै माओवादी पुग्ने भनेकै एमालेसँग हो, माधब नेपाल त कमजोरी स्वीकारेर एमालेमै फर्किन्छन् भन्ने लाग्छ । त्यसैले अहिलेको सत्ता गठबन्धन फुट्नासाथ अर्को वाम गठबन्धन भन्ने पक्का छ ।’ चुनावी तालमेल हुँदै एकतासम्म जानका लागि नेताहरुको दौडधुप पनि बाक्लिएको बुझाई उनको छ ।

वाम गठबन्धन टुटाउने प्रयास हुँदैछ : वाम गठबन्धन

वाम गठबन्धनमा आबद्ध दलका अध्यक्षहरुले आफूहरुको एकता र सहकार्यलाई टुटाउने कोसिस भए पनि त्यस्ता प्रयास सफल नहुने बताएका छन् । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तकको विमोचन कार्यक्रममा उनीहरुले स्थायित्य र समृद्धिका लागि आफूहरुको चुनावी तालमेल भएको र जनताले बहुमत दिएकाले त्यसको अवमूल्यन नगरिनेमा जोड दिए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ता लम्ब्याउने तथा सानासाना नियुक्ति र रकम वितरणको काममा अल्झिएकामा आपत्ति जनाउँदै यस्तो खेलमा नलाग्न आग्रह गरे ।

‘धेरै दलभन्दा थोरै दल वा गठबन्धन नै ठीक'

एमाले-माओवादीले तत्काल चुनावी तालमेल र त्यसपछि पार्टी एकता नै गर्ने गरी ‘वाम गठबन्धन' निर्माण गरेपछि कांग्रेसलगायत

बिपी कांग्रेस र लोहनीको पार्टीबीच चुनावी तालमेल, चुनावपछि पार्टी एकता

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन निर्माण गरेपछि दलहरुबीच गठबन्धन निर्माण गर्ने होडबाजी नै चलेको छ । साना तथा ठूला...

कांग्रेसको गठबन्धन प्रयास असफल - Naya Patrika

आफ्नो दलका प्रभावशाली नेताको क्षेत्र मधेसकेन्द्रित दलले मागेपछि कांग्रेस र मधेसकेन्द्रित दुई दलबीचको चुनावी तालमेल संकटमा परेको छ । वाम गठबन्धन भएपछि काउन्टर दिन कांग्रेसले पनि राजपा र संघीय समाजवादी...पूरा पढ्नुहोस् »

नेमकिपाले चुनावी तालमेल नगर्ने

१० कात्तिक, भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताएका छन् । उनले तालमेलविनै नेमकिपा पहिलाे पार्टी बन्ने दावीसमेत गरे । तालमेलमा आउन वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले नेमकिपालाई आग्रह गरिरहेका बेला बिजुक्छेले कुनै पनि दलसँग तालमेल …

नेमकिपाले कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने :: Pahilopost.com

भक्तपुर :  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीले कुनैपनि पार्टीसँग ताममेल नगर्ने बताएका छन्।  नेमकिपालाई तालमेलमा आउन वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आग्रह गरिरहेको समयमा बिजुक्छेले बिहीबार पत्रकारहरुसँग कुरा गर्दै आफ्नो पार्टी कुनै पनि दलसँग तालमेल नगरी एक्लै चुनावी मैदानमा उत्रने बताएका

‘वाम–गठबन्धन’ राजनीतिक अपराध हो ?

तीनवटा ‘वाम पार्टी’ ले असोज १७ गते अर्थात दसैंको मौका पारेर चुनावी तालमेल घोषणा गर्दै पार्टी एकताको लक्ष्य सुनाए । त्यसपछि चुनावउन्मुख नेपाली राजनीति माहोल रनक्कै तातेको छ ।

वाम गठबन्धन सहमतिको प्रयास जारी

राजेश चाम्लिङ राई काठमाडौँ, असोज २५ गते । चुनावी तालमेल र त्यसपछि पार्टी एकतासमेत गर्ने भन्दै गठन भएको तीन पार्टीको वाम गठबन्धनले मङ्गलबार...