मलेसिया भर्सेस नेदरल्यान्ड्स : वर्षाका कारण खेल १३ ओभरमा घटाइयो

काठमाडौं। वर्षाका कारण अवरुद्ध मलेसिया र नेदरल्यान्ड्सबीचको खेल निर्धारित २० ओभरबाट १३ ओभरमा छोट्याएर पुनः सुरु भएको छ। यसअघि टस हारेर पहिले ब्याटिङमा आएको नेदरल्यान्ड्सले १०.२ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा वर्षा भएपछि खेल केहीबेर रोकिएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालसहित मलेसिया र नेदरल्यान्ड्स प्रतिस्पर्धा गरिरहेका छन्।

सम्बन्धित सामग्री

त्रिकोणात्मक टी-२० सिरिज : उपाधिको लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधिको लागि आज(मंगलबार) नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् । किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११:३० बजे सुरु हुनेछ । वर्षाका कारण त्रिकोणात्मक टी-२० सिरिजको लिगचरणको नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल नतिजा विहीन भएसँगै प्रतियोगिताको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्ने भएका हुन् । लिग …

त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत् नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् ।

वर्षाले खेल रद्द भएपछि नेदरल्यान्ड्स फाइनलमा, नामिबिया निराश

नेदरल्यान्ड्स टी–२० आई त्रिदेशीय शृंखलाको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा लिगचरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेदरल्यान्ड्स लिगको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो ।  नेदरल्यान्ड्स र नामिबियाबीचको...

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

वर्षाका कारण प्रभावित बनेको खेलमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल काठमाडौंमा जारी त्रिकोर्णात्मक शृंखलाको फाइनलमा प्रवेश गरेको छ ।बराबरी खेलेको नेदरल्यान्ड्सले पनि फाइनलमा स्थान बनाएको छ । अब उपाधिका लागि नेदरल्यान्ड्स र आयोजक नेपाल प्रतिस्र्धा गर्नेछन् । नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा वर्षाका कारण […]

त्रिदेशीय शृङ्खला : नेपाल फाइनलमा प्रवेश

काठमाडौं । वर्षाका कारण प्रभावित बनेको खेलमा नेदरल्यान्ड्स र मलेशियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल काठमाडौंमा जारी त्रिकोणात्मक शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बराबरी खेलेको नेदरल्यान्ड्सले पनि फाइनलमा स्थान बनाएको छ । अब उपाधिका लागि नेदरल्यान्ड्स र आयोजक नेपाल प्रतिस्र्धा गर्नेछन् । नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा वर्षाका कारण दुई पटक गरी १० ओभरमा घटाइए पनि ९२ रनको नयाँ लक्ष्य पाएको मलेशियाले ४ विकेट गुमाएर ९१ रन बनाउँदा खेल बराब

मलेसिया र नेदरल्यान्ड्सको खेल बराबरीमै टुङ्गियो

काठमाडौं। वर्षाका कारण प्रभावित खेलमा नेदरल्यान्ड्स र मलेसियाले बराबरी खेल्दै अंक बाँडेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा वर्षाका कारण दुईपटक लक्ष्य परिर्वतन गरी मलेसियाले १० ओभरमा ९२ रनको लक्ष्य पाएको थियो। मलेसिया निर्धारित १० ओभरमा ९१ रन मात्रै बनाएपछि खेललाई बराबरीमै टुङ्ग्याइएको हो। मलेसियाको पारीमा सायिद अजिजले सर्वाधिक ३० रन बनाए।

मलेसियाविरुद्ध नेदरल्यान्ड्स वर्षाका कारण दोस्रोपटक बदलियो लक्ष्य

काठमाडौं। वर्षाका कारण दोस्रोपटक अवरुद्ध भएको मलेसिया र नेदरल्यान्ड्सविरुद्धको खेल अझ छोट्याइएको छ। वर्षाका कारण फेरि रोकिएको खेल १० ओभरमा घटाई ९२ रनको नयाँ लक्ष्यसहित पुनः सुरु गरिएको छ। यसअघि १०८ रनको लक्ष्य पछ्याइरहेको मलेसियाले ६ ओभरमा विकेट नगुमाई ५६ रन बनाउँदा पानी परेपछि खेल केहीबेर रोकिएको थियो।

मलेसियाविरुद्ध नेदरल्यान्ड्स : वर्षाका कारण अवरुद्ध खेल पुनः सुरु

काठमाडौं। वर्षाका कारण अवरुद्ध मलेसिया र नेदरल्यान्ड्सविरुद्धको खेल पुनः सुरु भएको छ। १०८ रनको लक्ष्य पछ्याइरहेको मलेसियाले ६ ओभरमा विकेट नगुमाई ५६ रन बनाउँदा पानी परेपछि खेल केहीबेर रोकिएको थियो। यसअघि पहिलो इनिङ्‍मा पनि वर्षा भएपछि खेल केहीबेर रोकिएको थिए।

मलेसियाविरुद्ध नेदरल्यान्ड्स : वर्षाका कारण फेरि खेल अवरुद्ध

काठमाडौं। कीर्तिपुरमा जारी मलेसिया र नेदरल्यान्ड्सविरुद्धको खेल फेरि वर्षाका कारण अवरुद्ध भएको छ। दोस्रो इनिङ्सको छैटौं ओभर चलिरहँदा वर्षा भएपछि खेल अवरुद्ध भएको हो। वर्षाअघि १०८ रनको लक्ष्य पछ्याइरहेको मलेसियाले ६ ओभरमा विकेट नगुमाई ५६ रन बनाएको थियो। यसअघि पहिलो इनिङ्समा पनि वर्षा भएपछि खेल केहीबेर रोकिएको थिए। वर्षाकै कारण खेललाई निर्धारित २० ओभरबाट १३ ओभरमा छोट्याइएको छ।