ओलीद्वारा देउवामाथि श्रीमती र साला लगाएर भ्रष्टाचार गरेको आरोप

काठमाडौं, ३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवामाथि भ्रष्टाचारको आरोप लगाएका छन् । उनले देउवाले परिवार र आफन्तलाई अघि सारेर भ्रष्टाचार गरिरहेको आरोप लगाएका हुन् । ‘आफन्त लगाएर भ्रष्टाचार गर्ने अनि यस्तै हो पोलिटिक्स भन्ने ? पोलिटिक्स त्यस्तो हुन्छ ?’ आज राजधानीमा आयोजित युवा महिला र राजनीतिक विषयक विचार गोष्ठीमा […]

सम्बन्धित सामग्री

रघुनाथ घिमिरेमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको प्रियपात्र बनेर निश्चित व्यवसायीको स्वार्थअनुकूल हुने गरी करका दर हेरफेरमा संलग्न रहेको आरोप लागेका भन्सारका पूर्वकर्मचारी रघुनाथ घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । पूर्वनायब सुब्बा घिमिरेविरुद्ध २ करोड १४ लाख ४६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको हो । घिमिरेले सेवामा रहँदा ७ करोड ३९ लाख ६२ हजार ९८४ रुपैयाँ ६७ पैसा खर्च गरेको र उक्त अवधिमा उनको आम्दानी ५ करोड २५ लाख १६ हजार ३ सय २७ रुपैयाँ ४४ पैसा मात्र देखिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ । आम्दानीभन्दा बढी देखिएको सम्पत्तिलाई अख्तियारले गैरकानूनी किटान गरी २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ २४ पैसा बिगो, त्यति नै जरीवाना र गैरकानूनी सम्पत्तिबाट बढे/बढाइएको चल/अचल सम्पत्ति जफत गर्न मागदाबी गरेको छ । घिमिरे २०५२ कात्तिक २८ गते सरकारी सेवामा प्रवेश गरेका थिए । भन्सार विभागमा कार्यरत रहेकै बेला २०७५ फागुन १ मा उनले राजीनामा दिए । अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धानबाट खुलेबमोजिम आरोपितविरुद्ध बिगो, जरीवाना र गैरकानूनी सम्पत्ति जफत हुने गरी मुद्दा दायर गरिएको बताए । अख्तियारले सम्पत्ति रोक्का र बिगो जरीवाना असुलीका लागि उनकी श्रीमती शारदा गौतमलाई पनि प्रतिवादी बनाएको छ । अर्घाखाँची स्थायी ठेगाना भएका गौतम अहिले कलंकीमा बस्दै आएका छन् । उनकी श्रीमती शारदा भन्सार एजेन्ट रहेको खुलेको छ । घिमिरेमाथि बजेट भाषणको अघिल्लो रात (२०७९ जेठ १४ गते) अर्थ मन्त्रालय पुगेर निश्चित व्यावसायिक घरानाको स्वार्थमा हुने गरी करका दर हेरफेर गरेको आरोप लागेको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७८ भदौमा पूरक बजेट ल्याउँदा पनि निश्चित व्यवसायीको स्वार्थअनुकूल हुने गरी करका दर हेरफेर गर्न घिमिरेलाई प्रयोग गरेको आरोप लागेको थियो । शर्माले दुवै आरोप अस्वीकार गरेका छन् ।

देउवा र प्रचण्डमाथि ओलीको आक्रोश : राजनीतिमा घृणाभाव जागृत भयो

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि खनिएका छन् । ओलीले देउवाले श्रीमती र सालाहरु अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि छोरीलाई मेयर बनाउन मरिहत्ते गर्दा राजनीतिमा घृणाभाव पैदा भएको जिकिर गरे । मंगलबार काठमाडौंमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर ग

भ्रष्टाचार गरेर, देशलाई दुःख दिएर पनि राजनीति हुन्छ ? : अध्यक्ष ओली

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरू अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको जिकिरसमेत गर्नुभयो ।  आज मङ्गलवार काठमाण्डाैमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले व्यापारीका प्रतिनिधिलाई ल्याएर करक...

ओलीको आरोपः देउवाले श्रीमती र सालाहरु अगाडि सारेर भ्रष्टाचार गरिरहेका छन्

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरु अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको जिकिरसमेत गरे। उनले भने, ‘आफन्त […]

नासुको सम्पत्ति झण्डै ५ करोड, विशेष अदालतमा भ्रष्टाचार मुद्दा

काठमाडौं : जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झाको २ करोड ४४ लाख ७१ हजार १०५ रुपैंयाको सम्पत्ति स्रोत नखुलेको भन्दै बुधबार विशेष अदालत काठमाडौं आरोप पत्र दायर गरेको हो। झाले गैरकानूनी रुपमा कमाएको अकुत सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति उनकी श्रीमती मिनादेवी झा र छोराहरु दिवाकर, शिवाकरण र करुणकर झाको नाममा राखेको देखिएकाले जफतका लागि उनीहरु

भ्रष्टाचार प्रमाणित भए कारबाही भोग्न तयार छु : विद्या

तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीमाथि लगाइएको भ्रष्टाचारको आरोप प्रमाणित भए कारबाही भोग्न तयार रहेको उनकी श्रीमती तथा प्रतिनिधिसभा सदस्य विद्या अधिकारीले बताउनुभएको छ ।

भ्रष्टाचारको आरोपमा पक्राउ परेका गाउँपालिकाका लेखापालसहित ४ जना छुटे

रुकुम पश्चिम - रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा भ्रष्टाचारको आरोपमा पक्राउ परेका गाउँपालिकाका लेखापालसहित ४ जना छुटेका छन् ।  गाउँपालिकाको बजेट आफ्नो, श्रीमती र भतिजाको खातामा हालेर भ्रष्टाचार गरेको आरोप लागेका लेखापाल हेमन्त के.सी, लेखा सहयोगी उनका भतिजा सुवास के.सी., भाइ विकास के.सी र अर्का भतिजा भीमसेन क...