काठमाण्डाै – एसीसी इमर्जिङ टिम्स एसिया कपमा श्रीलङ्का 'ए' ले ओमान 'ए' लाई २ सय १७ रनकाे फराकिलाे अन्तरले हराएकाे छ ।
श्रीलङ्काले दिएकाे २ सय ६० रनकाे लक्ष्य पछ्याएकाे ओमान १७ ओभर १ बलमा ४२ रनमै अलआउट भयाे । ओमानका कश्यप प्रजापतिले १८ र सुरज कुमारले १० रन बनाए पनि अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन जाेड्न सकेनन् । बलिङतर्फ चमिका करुनारत्नेले ३ तथा दुनिथ वेलालेगे, प्रमाेद मदुशन र लाहिरु समाराकूनले २/२ विकेट लिए ।
यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेकाे श्रीलङ्काले निर्धारित ५० ओभरम...