युरोपेली प्लेअफमा वेल्स र युक्रेन भिड्दै

काठमाडौँ- विश्व कप छनोटअन्तर्गत युएफा प्लेअफमा आइतबार वेल्स र युक्रेनबीच खेल हुँदैछ । वेल्सको कार्डिफमा आज हुने खेलमा वेल्स र युक्रेन नेपाली समयअनुसार राति पौने १० बजे आमने सामने हुनेछन् । वेल्स ६५ वर्षको विश्व कपको अनुपस्थितिमा पूर्णविराम लगाउने योजनामा रहेको छ । यसअघि वेल्सले सन् १९५८ को विश्वकपमा सहभागिता जनाएको थियो । गत बुधबार भएको […]

सम्बन्धित सामग्री

वेल्स फिफा विश्वकप फुटबलकाे छनौटमा

काठमाडौं । युक्रेनलाई हराउदै वेल्स फिफा विश्वकप फुटबल प्रतियोगितामा छानिएको छ। आइतबार राति भएको अन्तिम प्ले अफ् खेलमा युक्रेन १–० ले पराजित भएकाे हाे। खेलको ३४ औं मिनेटमा युक्रेनका यार्मोलेन्कोले गरेको आत्मघाती गोल वेल्सलाई विश्वकपमा पुर्याउन प्रयाप्त बन्यो। यो जितसँगै वेल्स कतार विश्वकपको लागि छनौट हुने ३० औं टोली बनेको हाे। अब महादेशीय प्ले अफ् […]

वेल्स विश्वकपमा छानियो, युद्धपीडित युक्रेन बाहिरियो

वेल्स यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट हुन सफल भएको छ । यूईएफए छनोट अन्तर्गत आइतबार राति भएको प्ले अफ फाइनलमा युद्धपीडित युक्रेनलाई १–० ले हराउँदै वेल्सले कतारको टिकट काटेको हो ।

६४ वर्षपछि विश्वकपमा छनौट भयो वेल्स, युक्रेन स्तब्ध

वेल्स कतारमा हुने विश्वकपको लागि छनौट भएको छ । विश्वकप छनौट अन्तर्गत आज भएको प्लेअफमा युक्रेनलाई १-० गोल अन्तरले पराजित गर्दै वेल्सले विश्वकपमा स्थान पक्का गरेको हो ।खेलमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले ३४ औ मिनेट गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । वेल्सका कप्तान ग्यारेथ बेलले फ्रि किकमा प्रहार गरेको गोल क्लियर गर्ने क्रममा एन्ड्री यार्मोलेन्कोबाट आत्माघाती गोल गर्न पुगेका थिए। यस संगै अब वेल्स विश्वकपको समुहमा इंग्ल्याण्ड, इरान र संयुक्त राज्य अमेरिकासँगै समूह बी मा सामेल हुनेछ। यस अघि वेल्सले सन् १९५८ मा विश्वकप खेलेको थियो । आजको जित संगै वेल्सले ६४ वर्षपछि विश्वकपमा फर्केर दुई विश्वकप खेलेको सबैभन्दा लामो अन्तरको कीर्तिमान तोडेको छ । यस अघि इजिप्ट र नर्वेको नाममा यो रेकर्ड थियो , जो ५६ वर्षपछि विश्वकपमा छनौट भएका थिए।वेल्सले गत मार्चमा विश्वकप छनोटमा अस्ट्रियालाई हराएको थियो र युक्रेनमा रूसको आक्रमणको बीचमा आफ्नो प्रतिद्वन्द्वी खोज्न दुई महिना भन्दा बढी कुर्नुपरेको थियो। युक्रेनले भने स्कटल्याण्ड लाई ३-१ गोल अन्तरले पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको थियो । युक्रेनको लागि आजको खेल भावनात्मक रुपले पनि महत्वपूर्ण थियो । युद्दग्रस्त रहेको अवस्थामा आज जित निकाल्दै युक्रेनको टोली आफ्नो देशलाई फुटबल मार्फत खुसि दिने लक्ष्यमा थियो । साथै २००६ पछि पहिलो पटक विश्वकपमा छनौट हुने लक्ष्यमा थियो । तर आत्मघाती गोलले युक्रेन स्तब्ध बन्यो। विश्वकपको मुख्य प्रतियोगिता २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो ।

वेल्स र युक्रेन विश्वकप प्लेअफ फाइनलमा भिड्दै

आज आइतबार राति ९ः४५ मा वेल्स र युक्रेन विश्वकप प्लेअफ फाइनल खेल कार्डिफ सिटी स्टेडियममा खेल्नेछन् । यो खेलको विजेता कतारमा हुने विश्वकपमा इंग्ल्याण्ड, अमेरिका र इरानको समूहमा सामेल हुनेछ । यो खेल दुवै देशका लागि महत्वपूर्ण रहनेछ ।

विश्वकपमा छनोट हुन वेल्स र युक्रेन भिड्दै

एजेन्सी – यसै वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटको प्ले अफको फाइनलमा वेल्स र युक्रेनबीच प्रतिस्पर्धा हुँदैछ । खेल वेल्सको कार्डिफ सिटीमा नेपालीसमयअनुसार ९ः४५ बजे हुनेछ । विश्वकप छनोट प्लेअफ फाइनलमा वेल्सले युक्रेनको आतिथ्य गर्दा वेल्स दोस्रोपटक विश्वकप खेल्ने लक्ष्यमा हुनेछ । वेल्सले यसअघि सन् १९५८ मा पहिलोपल्ट […]

विश्वकप प्लेअफ फाइनलः इतिहास रच्ने लक्ष्यमा वेल्स र युक्रेन

२२ जेठ, काठमाडौं । आइतबार राती कार्डिफमा विश्वकप छनोट प्लेअफ फाइनलमा युक्रेनको आतिथ्य गर्दा वेल्सको जनर इतिहासतर्फ हुनेछ । यो टिम सन् १९५८ यता पहिलोपल्ट विश्वकप खेल्ने लक्ष्यमा छ । युद्धग्रस्त अवस्थाबाट अघिल्लो साता प्लेअफ सेमिफाइनलमा स्कटल्याण्डलाई पराजित गरेको युक्रेन अर्को भावनात्मक रुपले प्रेरित खेलमार्फत देशमा अधिक खुसी ल्यउन प्रयासरत हुनेछ । तर, विश्वकपमा प्रवेशका […]

अभागी वेल्स कि युद्धग्रस्त युक्रेन, को पुग्ला विश्वकपमा ?

आइतबार राति कार्डिफमा विश्वकप छनोटको प्लेअफमा युक्रेनको आतिथ्य गर्दा वेल्स सन् १९५८ पछि पहिलोपटक विश्वकपमा छनोट हुने आशासहित मैदानमा उत्रनेछ । उता युक्रेन पनि विश्वकपमा छनोट भएर युद्धको पीडा भुलाउन चाहनेछ । दुई टोलीबीच नेपाली समयअनुसार राति ९ः ४५ बजे खेल हुँदैछ ।दुई टोलीबीचको विजेता कतारमा हुने विश्वकपमा इंग्ल्याण्ड, अमेरिका र इरानको समूहमा पर्नेछ । ‘यो निकै महत्त्वपूर्ण खेल हो । यसमा लुकाउने कुरा नै छैन,’ वेल्सका कप्तान गेराथ बेल भन्छन्, ‘हामीले अहिलेसम्म एउटा मात्र विश्वकपमा

स्कटल्याण्डलाई हराउँदै युक्रेन विश्वकप छनोटको फाइनलमा

काठमाडौं : युरोप विश्वकप छनोट अन्तर्गत युक्रेनले स्कटल्याण्डलाई पराजित गरेको छ। बुधबार राति सम्पन्न खेलमा युक्रेनले स्कटल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्लेअफको फाइनलमा पुगेको छ। युक्रेनको जितमा एन्ड्री यार्मोलेन्को, रोमन यारेमचुक र अर्टेम डोभबीकले एक एक गोल गरेका थिए।स्कटल्याण्डका लागि कलुम म्याकग्रेगोरले एक गोल गरे। युरोपको विश्वकप छनोटमा बाँकी एक स्थानका लागि हुने छनोटमा अब वेल्स र युक्रेन खेल्ने छन्। दुबैबीचको खेल जुन ५ मा हुने छ।युरोपबाट यसअघि १२ देश जर्मनी, डेन

युक्रेन र स्कटल्याण्डबीचको खेल स्थगित

२४ फागुन, काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युक्रेन र स्कटल्याण्ड बीचको प्ले अफ सेमिफाइनल खेल स्थगित भएको छ । युक्रेन र स्कटल्याण्ड बीचको खेल मार्च २४ मा ह्याम्पडेनमा हुने तय थियो । तर, रुसले युक्रेनमा आक्रमण जारी राखेपछि युक्रेनले फिफासँग स्कटल्याण्ड विरुद्धको खेल स्थगित गर्न आग्रह गरेको थियो । यस खेल स्थगित भएपछि वेल्स […]