वेल्स र युक्रेन विश्वकप प्लेअफ फाइनलमा भिड्दै

आज आइतबार राति ९ः४५ मा वेल्स र युक्रेन विश्वकप प्लेअफ फाइनल खेल कार्डिफ सिटी स्टेडियममा खेल्नेछन् । यो खेलको विजेता कतारमा हुने विश्वकपमा इंग्ल्याण्ड, अमेरिका र इरानको समूहमा सामेल हुनेछ । यो खेल दुवै देशका लागि महत्वपूर्ण रहनेछ ।