हिमालय उर्जा विकास कम्पनीलाई शत प्रतिशत हकप्रद शेयर निष्कासनका लागि मात्र आयोगको अनुमति

काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडलाई शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न विद्युत् नियमन आयोगले स्वीकृति प्रदान गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर २ को  अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निणर्य गरी आयोगमा स्वीकृतिका लागि पेश गरेको थियो । तर, विद्युत् नियमन आयोगले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि मात्र चैत २६ गते अनुमति प्रदान गरेको हो । जलविद्युत् कम्पनीहरूले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्नुपूर्व विद्युत् नियमन आयोगको स्वीकृति लिनुपर्ने व्यवस्था छ । आयोगको स्वीकृति प्राप्त भएसँगै अब कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बोर्डसमक्ष निवेदन पेश गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ९९ करोड रहेको छ । बोर्डले शत प्रतिशत हकप्रद शेयर निष्कासनका लागि कम्पनीलाई अनुमति दिएमा चुक्तापूँजी रू. १ अर्ब ९८ करोड पुग्नेछ । जलविद्युत् कम्पनीहरूलाई कर्जा भुक्तानी प्रयोजनका लागि हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेको छ । सोही व्यवस्थाबमोजिम यस कम्पनीले पनि हकप्रद शेयर निष्कासन गर्न लागेको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनी रू. ५ करोड ३५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । कम्पनीले निर्माण गरेको १२ मेगावाट क्षमताको अपर खिम्ती जलविद्युत आयोजना र ७ मेगावाट क्षमताको अपर खिम्ती दुई जलविद्युत आयोजनाबाट २०७९ साल असोज ३० गतेदेखि व्यापारिक उत्पादन शुरू भएको छ । नयाँ जलविद्युत् आयोजनाहरू निर्माणका लागि समेत कम्पनी पूर्वतयारीमा जुटेको छ ।

सम्बन्धित सामग्री

यस्तो छ चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्तिको कार्यविधि

सरकारले चिकित्सा शिक्षा आयोगको निर्देशक छनौेटका लागि कार्यविधि तयार पारेको छ।  कार्यविधि अनुसार आयोगको निर्देशक नियुक्तिका लागि तीनवटा योग्यता तोकिएको छ।

राष्ट्रपतिसमक्ष तीन आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न तीन संवैधानिक आयोगको प्रतिवेदन पेस भएको छ।

त्रिवि सेवा आयोगको अध्यक्षका लागि सिफारिस

१ असार, काठमाडौं। सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अधयक्षका लागि सिफारिस गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोकत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिले आयोगको अध्यक्षको लागि सिफारिस गरेको मन्त्रालय स्रोतले जनाएको छ । स्रोतले भन्यो ‘सिफारिस समितिले अध्यक्षको लागि सिफारिस गरिसकेको छ। चाँडै कुलपति ज्यूले निर्णय गर्नुहोला।’ ११ महिनादेखि त्रिवि सेवा आयोगको अध्यक्ष […]

राष्ट्रिय योजना आयोगको वेबसाइट ह्याक

राष्ट्रिय योजना आयोगको वेबसाइट ह्याक भएको छ । ह्याक भएपछि अहिले राष्ट्रिय योजना आयोगको वेबसाइटको डीएनएस रेकर्ड डाउन गरिएको छ ।  राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रेमश पोखरेलका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रले डीएनएस रेकर्ड राखेको र त्यसलाई अहिले बन्द गरिएको छ ।  राष्ट्रिय योजना आयोगले आफ्नो वेबसाइटको सर्भर आफै व्यवस्थापन गर्दै आएको छ ।...

'डाउन' भयाे निर्वाचन आयोगको वेबसाइट

निर्वाचन आयोगको वेबसाइट 'डाउन' भएको छ । आयोगको https://election.gov.np/np वेबसाइट आज बिहानैदेखि खुल्न छाडेकाे हाे । े

मुगुमा लोकसेवा आयोगको कार्यालय स्थापना गर्न जोड

प्रदेश लोकसेवा आयोग सुर्खेतअन्तर्गत रहने गरी हिमाली जिल्ला मुगुमा पनि कार्यालय स्थापना गर्न सर्वसाधारणले माग गरेका छन् । प्रदेश लोकसेवा आयोगको भूमिकामाथि अन्तरक्रिया गर्न मंगलबार आयोजित कार्यक्रमका सहभागीहरूले कर्णालीका जुम्ला, हुम्ला, डोल्पामा आयोगको कार्यालय स्थापना भए पनि मुगुमा नभएकोमा दुखेसो गरे ।  मुगुमा आयोगको कार्यालय नहुँदा यहाँका नागरिक हजारौं खर्चेर बाहिरी जिल्ला जानु पर्ने अवस्था रहेको उनीहरूको भनाइ छ । यही कारण मुगुमै आयोगको कार्यालय स्थापना भए नागरिकलाई राहत हुने प्रमुख ज

एमाले अनुशासन आयोगको अध्यक्षमा वडाल

१३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा अनुशासन र लेखा आयोगको पदाधिकारी प्रस्ताव गरेका छन् । उनले अनुशासन आयोगको अध्यक्षमा केशव वडाल र उपाध्यक्षमा नेत्र पन्थीलाई प्रस्ताव गरे । यस्तै लेखा आयोगको अध्यक्षमा पुष्पराज कँडेलको नाम प्रस्ताव गरेका छन् । लगतै उनले प्रस्ताव पास गर्न आग्रह गर्दा बन्दसत्रमा सहभागी अधिकांशले ताली […]

थारु आयोगको वेबसाइट ह्याक

१९ कात्तिक, काठमाडौं । थारू आयोगको वेबसाइट ह्‍याक भएको छ । ह्याकरले आयोगको वेबसाइटको ब्‍यानरमा राखिएको स्मारिका प्रकाशनसम्बन्धी सूचनामा क्लिक गर्दा अश्लील वेबसाइट खुल्ने गरी लिंक राखेको छ । थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले वेबसाइट ह्याक भएको र राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआईडीसी) सँग रिकभर गर्न भनिसकेको बताए । उनले भने, ‘ थारु आयोगको वेबसाइटमा […]

योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल

सरकारले योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले उनलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।  ...

आयोगको अनुगमन कुर्दै कर्णाली प्रतिष्ठान

एमबीबीएस सुरु गर्नजुम्ला-कर्णालीमै एमबीबीएस पढाइ सुरु गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा शिक्षा आयोगको अनुगमन कुरिरहेको छ । पूर्वाधार तथा जनशक्तिसहित एमबीबीएस सञ्चालनको अन्तिम तयारीमा रहेको कर्णाली प्रतिष्ठानले आयोगको अनुगमन कुरेको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले एमबीबीएस सञ्चालनका लागि आयोगको अनुगमनको प्र्रतीक्षामा रहेको बताए । उनले भने, “प्रतिष्ठानले एमबीबीएस पढाइ […]