रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुनवाङमा उत्पादित लसुनले बजार पाएको छ । सो वडामा उत्पादित ४५३ क्विन्टल लसुनले सजिलै बजार पाएको छ । विगतका वर्षमा बजार नपाउँदा कुहिएर खेरा जाने गरेको बताइएको छ । सुरुवाती चरणमा प्रतिकिलो ९० रूपैयाँमा लसुन बिक्री हुँदै आए पनि पछिल्लो समय प्रतिकिलो ११५ रूपैयाँमा बिक्री हुने गरेको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिए […]