कोपा अमेरिकामा चिलीको पहिलो जीत

एजेन्सी। कोपा अमेरिका फुटबलअन्तर्गत शनिबार बिहान भएको खेलमा चिलीले बोलिभीयालाई १-० ले पराजित गर्दै पहिलो जीत हात पारेको छ। एरिना पन्तानल रंगशालामा सम्पन्न खेलमा चिलीका बेन ब्रेरेटोनले खेलको १० औ मिनेटमा निर्णायक गोल गरेका हुन्। चिलीले यसअघिको पहिलो खेलमा अर्जेन्टिनासँग १-१ को बराबरी खेलेको थियो भने बोलिभीया पराग्वेसँग ३-१ ले पराजित भएको थियो।

सम्बन्धित सामग्री

पाराग्वेबिरुद्ध अर्जेन्टिनाको संघर्षपूर्ण जीत

कोपा अमेरिकामा अर्जेन्टिनाले पारग्वेमाथि संघर्षपूर्ण जीत निकालेको छ । मंगलबार बिहान भएको खेलमा अर्जेन्टिना १–० को झिनो अन्तरले विजयी भएको हो ।खेलमा अलेजान्द्रो गोमेजले खेलको १० औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । दोस्रो हाफमा पाराग्वेले अर्जेन्टिनालाई दबाबमा राखे पनि गोल भने फर्काउन सकेन ।जीतसँगै अर्जेन्टिना समूह ए को शीर्ष स्थानमा रहेको छ । पाराग्वे तेस्रो स्थानमा रहेको छ । ३ खेलमा अर्जेन्टिनाले २ मा जीत र एक मा बराबरी खेलेको छ । उसको सात अंक रहेको छ ।

कोपा अमेरिकामा अर्जेन्टिनाको पहिलो जीत

एजेन्सी। कोपा अमेरिका फुटबलअन्तर्गत शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले पराजित गर्दै पहिलो जीत हात पारेको छ। स्ताडियो नासिओनल रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिनाका रिकार्डो रोड्रिगेजले १३ औ मिनेटमा निर्णायक गोल गरेका हुन्। रोड्रिगेजले कप्तान लिओनल मेसीको पासमा गोल गरेका हुन्। अर्जेन्टिनाले यसअघिको पहिलो खेलमा चिलीसँग १-१ को बराबरी खेलेको थियो।

पेले र सुनिलको कीर्तिमानलाई पछ्याउँदै नेयमार

ब्राजिलले भेनेजुएलाविरुद्ध ३–० को शानदार जीत हासिल गर्दै कोपा अमेरिकामा उत्कृष्ट शुरुवात गरेको छ । खेलमा नायक नेयमार रहे । पीएसजीका स्टार खेलाडीले एक गोल गर्नुका साथै दुई गोलको अवसर सिर्जना गरे ।भेनेजुएला विरुद्धको गोलसँगै नेयमारको अन्तर्राष्ट्रिय गोल संख्या ६७ पुगेको छ । सक्रिय खेलाडीहरुमध्ये सर्वाधिक गोलकर्ताको सूची...