सिन्धुली जिल्लामा जुनारको पकेट क्षेत्रमा यो वर्ष ४५ वटा सिँचाइ पोखरी निर्माण गरिएको छ । सुख्खा मौसम जुनारका बिरुवालाई सिँचाइ गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यक्रमको ५० प्रतिशत अनुदानमा ती पोखरी निर्माण गरिएको हो ।