इटालीको वार्षिक मुद्रास्फीति दर २०२१ पछिकै सबैभन्दा कम

इटालीमा वार्षिक मुद्रास्फीति दर नोभेम्बर २०२३ मा ०.८ प्रतिशतमा झरेको छ ।

सम्बन्धित सामग्री

इटालीको वार्षिक मुद्रास्फीति दर २०२१ पछिकै सबैभन्दा कम

इटालीमा वार्षिक मुद्रास्फीति दर नोभेम्बर २०२३ मा ०.८ प्रतिशतमा झरेको छ ।

श्रीलंकामा आर्थिक संकटपछिकै सबैभन्दा कम मुद्रास्फीति

कोलम्बो– संकटग्रस्त श्रीलंकाको मुद्रास्फीति अगस्टमा ४.० प्रतिशतमा झरेको छ ।  यो गत वर्षको अकल्पनीय आर्थिक संकटपछिको सबैभन्दा कम भएको सरकारी तथ्यांकले शुक्रबार देखाएको छ । गत सेप्टेम्बरमा ६९.८ प्रतिशत रहेको मुद्रास्फीति दर जुलाईमा ६.३ प्रतिशत भएको र अगस्टमा आइपुग्दा ४.० प्रतिशतमा झरेको हो ।  श्रीलंकाको केन्द्रीय बैंकले यो आँकडाले आफ्नो देशको मुद्रास्फीतिको घट्दो प्रवृत्तिलाई निरन्तरता […]

सन् २०२२ मा नेपालको मुद्रास्फीती दर ६.३ प्रतिशत

काठमाडौं,१४ जेठ । आर्थिक सर्वेक्षण २०७९-८० अनुसार सन् २०२२ मा नेपालको मुद्रास्फीति दर ६.३ प्रतिशत रहेको देखिएको छ । संघीय संसद्मा अर्थमन्त्री डा.प्रकाशसरण महतले सार्वजनिक गरेको सर्वेक्षण अनुसार २०२२ मा दक्षिण एसियाली राष्ट्रहरुमा सबैभन्दा धेरै मुद्रास्फीति श्रीलंकाको देखिएको छ, भने सबैभन्दा कम चीनको देखिएको छ । जसमा श्रीलंकाको मुद्रास्फीति ४६.४ प्रतिशत रहँदा चीनको मात्रै १.९ […]

बेलायतको वार्षिक मुद्रास्फीति आठ महिनायताकै न्यून

लण्डन – बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा आठ महिनाको सबैभन्दा कम ८.७ प्रतिशतमा झरेको छ र ऊर्जाको मूल्य एक वर्ष पहिलेको तुलनामा निकै कमजोर भएको सरकारी तथ्याङ्कले बुधबार सार्वजनिक गरेको छ । मूल्य वृद्धिको दर मार्चमा १०.१ प्रतिशतबाट घटेर गत वर्षको अगष्टपछि पहिलो पटक मुद्रास्फीति १० प्रतिशतभन्दा तल झरेको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस)ले जनाएको छ […]

श्रीलंकामा एकैपटक लिटरमा ४० रुपैयाँले घट्यो पेट्रोलको मूल्य

विश्व बैंकले यस वर्ष अर्थतन्त्र ९.२ प्रतिशतले खुम्चिने चेतावनी दिएपछि सङ्कटग्रस्त श्रीलङ्काले सोमबार इन्धनको मूल्य घटाएको छ । ऊर्जा मन्त्रालयले पेट्रोलको मूल्य सोमबार रातिदेखि प्रतिलिटर ४० रुपैयाँले घटाएर ३ सय ७० रुपैयाँ ( करिब १.०२ अमेरिकी डलर) कायम गरिएको जनाएको छ ।तर नियमित पेट्रोलको मूल्य गत वर्ष सङ्कट सुरु हुनुअघिको तुलनामा अझै दोब्बर छ भने डिजेलको मूल्य सन् २०२१ को डिसेम्बरको तुलनामा साढे तीन गुणा बढी छ । श्रीलङ्कामा वैदेशिक मुद्राको अभावसँगै इन्धन खरिदका लागि यस वर्षको सुरुमा सवारी चालकहरूले इन्धन प्राप्त गर्न हप्तौं बिताउनु परेको थियो । इन्धन अभावसँगै देखिएको आर्थिक सङ्कट र खाद्यान्न लगायतका सामानमा अत्यधिक मूल्यवृद्धिले हप्तौंसम्म चलेको प्रदर्शनमा योगदान पु¥याएको थियो । आन्दोलनले उचाई लिँदा तत्कालिन राष्ट्रपति गोटबाया राजापाक्षलाई जुलाईमा पद त्याग गरी देश छोड्न बाध्य बनाएको थियो ।हालैका हप्ताहरूमा पम्पहरूमा इन्धनको लागि पर्खनेहरूको लाइन केही कम भएको छ, तर आवश्यक आयातको लागि भुक्तानी गर्न आवश्यक डलरको स्थायी अभावको कारण ईन्धन अझै पनि कडाईका साथ वितरण गरिएको छ । डिजेलको अभावका कारण सार्वजनिक यातायात पनि ठप्प भएको थियो तर अहिले सेवाहरू लगभग सामान्य अवस्थामा फर्केका छन्, यद्यपि यातायात भाडा, अन्य सेवा र सामानहरूको बढ्दो मूल्यजस्तै दोब्बर भएको छ। आधिकारिक वार्षिक मुद्रास्फीति दर ७० प्रतिशतको हाराहारीमा चलिरहेको छ ।विश्व बैंकले श्रीलङ्काको केन्द्रीय बैंकले प्रक्षेपण गरेको ८.७ प्रतिशतको प्रक्षेपणभन्दा आर्थिक सङ्कुचन भयावह हुने चेतावनी दिएपछि पेट्रोल र डिजेलमा पछिल्लो पटक कमी आएको हो । विश्व बैंकले गत साता सार्वजनिक गरेको पछिल्लो विवरणमा आगामी वर्ष पनि अर्थतन्त्र खुम्चिँदै जाने उल्लेख छ । आगामी वर्ष ४.२ प्रतिशतले सङ्कुचन आउने अनुमान गरिएको छ ।कोभिड–१९ महामारी र युक्रेन युद्धका अतिरिक्त श्रीलङ्काको स्वतन्त्रतापछिको सबैभन्दा खराब सङ्कटको आंशिक कारण राजापाक्षले नोभेम्बर २०१९ मा सत्तामा आएपछि घोषणा गरेको कर कटौती पनि हो । यो सङ्कटले सरकारलाई अप्रिलमा ५१ अर्ब अमेरिकी डलर को विदेशी ऋण तिर्न बाधा परेको थियो ।राजापाक्षका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले केही कर कटौतीलाई उल्ट्याएका छन् र बढी राजस्व सङ्कलनका लागि नयाँ योजनाहरू सार्वजनिक गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चार वर्षका लागि दुई अर्ब ९० करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता स्वीकृत गरेको छ । तर मुद्रास्फीति नियन्त्रण गर्न र भ्रष्टाचार नियन्त्रण गर्न एउटा सहयोग स्वीकृत भएपनि यो प्याकेज श्रीलङ्काको प्रमुख ऋणदाता चीनलगायतका अन्य ऋणदाताहरूसँग सम्झौताको अधीनमा छ ।

श्रीलंकामा ८४ प्रतिशतले खाद्यान्नको मूल्य वृद्धि

कोलम्बो – श्रीलंकाको वार्षिक मुद्रास्फीति दर अगस्टमा ७० प्रतिशतभन्दा बढी पुगेको छ। देश ७० वर्षपछिकै सबैभन्दा खराब आर्थिक संकटसँग संघर्ष गरिरहेको छ। आधिकारिक तथ्यांकले पनि खाद्यान्नको मूल्य एक वर्ष अघिको तुलनामा ८४.६ प्रतिशतले बढेको देखाएको छ। २२ मिलियन जनसंख्या भएको दक्षिण एसियाली राष्ट्र यस वर्ष विदेशी मुद्राको अभावमा आर्थिक र राजनीतिक अराजकतामा फसेको थियो। गत […]

टर्कीमा महँगीको २४ वर्षको रेकर्ड तोडियो

टर्कीमा महँगीको २४ वर्षको रेकर्ड तोडिएको छ । टर्की सरकारको एजेन्सी टर्किस स्ट्याटिस्टिकल इन्स्टिच्युटको तथ्याङ्क अनुसार टर्कीको मुद्रास्फीति जुनमा ७८.६२ प्रतिशत पुगेको छ जुन पछिल्लो २४ वर्षयताकै उच्च मुद्रास्फीति दर हो ।एजेन्सीका अनुसार मासिक मुद्रास्फीतिमा सबैभन्दा कम ०.८ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा बढी घरायसी वस्तुमा १६.५१ प्रतिशतले वृद्धि भएको छ ।रोयटर्सको सर्वेक्षणअनुसार जुनमा मुद्रास्फीति ७८ प्रतिशतभन्दा बढी हुने अपेक्षा गरिएको थियो । यो वर्षको अन्त्यसम्ममा मुद्रास्फीति ७० प्रतिशतभ

तेल अभिभ विश्वकै सबैभन्दा महँगो सहर, दमास्कस सस्तो सहर

मंसिर १६, इजरायल । इजारायलको तेल अभिभ सहर विश्वकै सबभन्दा महँगो सहर बन्न पुगेको छ। इजरायलको तेल अभिभ वित्तीय केन्द्र र प्रविधि केन्द्र पनि हो । तेल अभिभमा करीब १० प्रतिशत वस्तुको स्थानीय मूल्य अत्याधिक रूपमा बढेको पाइएको छ। तीमध्ये सबैभन्दा बढी मूल्य वृद्धि खुद्रा सामानमा भएको छ । इकोनोमिस्ट इन्टेलिजन्स यूनिट (ईआईयू) ले गरेको सर्वेक्षण अनुसार मदिरा र यातायातका लागि तेल अभिभ दोस्रो सबैभन्दा महँगो सहर, व्यक्तिगत प्रयोग र सौन्दर्य प्रसाधनका सामानका लागि पाँचौं र मनोरञ्जनका लागि छैटौं महँगो सहर भएको छ। उक्त सर्वेक्षणमा तेल अभिभ पहिलो स्थानमा पुगेको यो पहिलो पटक हो। गत वर्ष उक्त सहर पाँचौं स्थानमा रहेको थियो । आन्तरिक युद्धले क्षतविक्षत सिरियाको राजधानी दमास्कस सबैभन्दा सस्तो सहरका रूपमा सूचीकृत भएको छ। तेल अभिभ र दमास्कस सहर एकापसमा मात्र २०० किलोमिटर दूरीमा रहेका छन्। ईआईयूले प्रकाशित गरेको वार्षिक सर्वेक्षणमा पेरिस र सिंगापुर सबैभन्दा महँगो सहरको सूचीमा संयुक्त रूपमा दोस्रो स्थानमा छन्। त्यसपछि जुरिख र हङ्‌कङ रहेका छन् । विश्वभारका १७० ओटा सहरमा उपलब्ध वस्तु तथा सेवाका मूल्य अमेरिकी डलरमा तुलना गरेर वर्ल्डवाइड कस्ट अफ लिभिङ इन्डेक्स सूचीकृत गरिन्छ। ईआईयूका अनुसार अगस्ट र सेप्टेम्बर महीनामा संकलन गरिएको तथ्यांक अनुसार स्थानीय मुद्रामा औसत मूल्य ३ दशमलव ५ प्रतिशतले वृद्धि देखिएको छ। पछिल्लो पाँच वर्षमा यो सबैभन्दा तीव्र गतिमा बढेको मुद्रास्फीति दर हो।अध्ययन गरिएका सहरमा एक लिटर पेट्रोलको मूल्य औसतमा २१ प्रतिशतसम्म बढेकाले सबैभन्दा बढी मूल्य वृद्धि यातायात खर्चमा देखिएको छ। गत वर्ष सर्वेक्षणको प्रथम स्थानमा पेरिस, जुरिख र हङ्‌कङ  महँगो सहर बन्न पुगेका थिए। बढ्दो मुद्रास्फीति दर तथा आपूर्ति प्रणालीमा आएका समस्याका कारण संसारभरि सहरी क्षेत्रमा बसाइको खर्च झन्‌झन् बढ्दै गएको छ। बीबीसी

बेलायतको वार्षिक मुद्रास्फीति आठ महिनायताकै न्यून

बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा आठ महिनाको सबैभन्दा कम ८.७ प्रतिशतमा झरेको छ र ऊर्जाको मूल्य एक वर्ष पहिलेको तुलनामा निकै कमजोर भएको सरकारी तथ्याङ्कले बुधबार सार्वजनिक गरेको छ ।