लुम्बिनी प्रदेश सरकारद्वारा चार पत्रकार सम्मानित

लुम्बिनी प्रदेश सरकारले चार पत्रकारलाई सम्मान गरेको छ । अग्रज पत्रकार सम्मान–२०७७ बाट दाङका  सुशील गौतम सम्मानित भएका छन् । त्यसैगरी, श्रृजनशील पत्रकारिता सम्मानबाट रुपन्देहीका हिक्मत चौधरीले (मरणोपरान्त) सम्मानित भएका छन् । त्यस्तै बाँकेकी अक्षरी पोखरेल र गुल्मीका जनार्दन घिमिरेलाई पनि प्रदेश सरकारले सम्मान गरेको छ ।बुटवल आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले प्रशंसापत्र र नगद राशिसहित दोसल्ला ओढाएर उनीहरुलाई सम्मानित गरेका हुन् । म

सम्बन्धित सामग्री

लुम्बिनीका ४ पत्रकार सम्मानित

लुम्बिनी प्रदेश सरकारले ४ जना पत्रकारलाई बिहीवार सम्मान गरेको छ ।सम्मानित हुनेमा दाङका सुशील गौतम, रूपन्देहीका हिम्मत चौधरी, बाँकेकी अक्षरी पोखरेल र गुल्मीका जनार्दन घिमिरे छन् । रुपन्देहीका स्वर्गीय पत्रकार चौधरीलाई सिर्जनशील पत्रकारिता पुरस्कार, गौतमलाई अग्रज पत्रकारिता पुरस्कार तथा पोखरेल र घिमिरेलाई सिर्जनशील पत्रकारिता...

पत्रकार पौडेल र गौतम सम्मानित

२० पुस, बुटवल । रुपन्देहीका दुईजना अग्रज महिला पत्रकार सम्मानित भएका छन् । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) रुपन्देहीले संघर्षशील पत्रकार महिला सम्मानबाट पत्रकार माया गौतम र दुर्गा पौडेललाई सम्मान गरेको हो । लुम्बिनी प्रदेश प्रदेशसभाका उपसभामुख …