आन्तरिक पर्यटकले भरिभराउ भए बन्दिपुरका होटल

तनहुँको पर्यटकीय नगरी बन्दिपुरका होटल आन्तरिक पर्यटकले भरिएको छ । दसैँ बिदामा आन्तरिक पर्यटक बन्दिपुर उक्लिएपछि यहाँ सञ्चालित होटल भरिभराउ भएको हो । कोरोना कहरका कारण प्रभावित भएका यहाँका होटल व्यवसायी आन्तरिक पर्यटकको चहलपहल बढेपछि आशावादी देखिएका छन् । कोरोना कहरका कारण दुई वर्षदेखि बन्दिपुरको पर्यटन प्रभावित भएको थियो । दसैँको फूलपातीदेखि बन्दिपुरमा आन्तरिक पर्यटनमा …

सम्बन्धित सामग्री

दसैँ बिदामा सौराहाका होटल भरिभराउ

भरतपुर : दसैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन्। दसैँअघि सुनसान रहेका होटल दसैँपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन्।सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन्। दसैँ सुरु भएपछि अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीले बताएका छन्।क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष नरेश गिरीले पर्याप्तमात्रामा आन्तरिक तथा बाह्य पर्यटक नआउँदा निराश पर्यटन व्यवसाय चाडबाड सुरु भएसँगै पुनःतङ्ग्रिन थालेको बताए।“दसैँअघि सौराहा सुनसान जस्तै थियो&rd

आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ

गलकोट – दसैँंको मौका पारेर यस पटक धेरै आन्तरिक पर्यटक ढोरपाटन घुम्न निस्केका छन्। बागलुङको पर्यटकीयस्थल ढोरपाटनमा एकै दिन ५० भन्दा बढी पर्यटक चढेका चारपाङ्ग्रे सवारीसाधन पुग्न थालेका छन्। मोटरसाइकलमासमेत पुग्ने पर्यटकको सङ्ख्या पनि उत्तिकै छ। दसैँं तिहारको समयलाई अहिले आन्तरिक पर्यटकको हिसाबले महत्वपूर्ण मानिँदै आएको छ। दसैँं तिहारको समयमा आन्तरिक पर्यटकले पर्यटकीयस्थल चलायमान हुने […]

कोरोना महामारीपछि पहिलो पटक पोखराका होटल भरिभराउ

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा पोखरामा करिब शत प्रतिशत होटल भरिएको तथ्यांक सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको फेवा महोत्सव र नयाँ वर्ष मनाउन पोखरा पुग्ने आन्तरिक पर्यटकका कारण होटल तथा लजहरु करिब शत प्रतिशत भरिएको पोखरा होटल तथा रेष्टुराँ ब्यावसायी संघले जनाएको छ । कोरोना महामारीपछि पहिलो पटक […]

चितवनमा पर्यटकको चाप : होटल भरिभराउ

इस्वी सम्वत् २०२३ को पूर्व सन्ध्यामा यहाँस्थित पर्यटकीय क्षेत्रका होटल भरिन सुरु गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौलीलगायतका क्षेत्रका ठूला होटल भरिएका छन् । साना होटल पनि साँझसम्म भरिने व्यवसायी बताउँछन् ।अङ्ग्रेजी नयाँ वर्षका अघिल्ला दुई दिन सार्वजनिक बिदा परेकाले घुम्न रुचाउनेका लागि उपयुक्त समय बनेको छ । नारायणगढ मुग्लिन सडकखण्ड दिउँसोमा बन्द हुने हुँदा केही प्रभावित भए पनि बिहान बेलुकाको समयमा आन्तरिक पर्यटक धेरै आएको व्यवसायी बताउँछन् ।   सौराहाका नि

तीनजुरे मिल्के जलजले पर्यटकले भरिभराउ

तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका होटल भरिभराउ आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । सो क्षेत्रलाई पर्यटन मन्त्रालयले पर्यटकीय नयाँ गन्तव्यको सूचीमा समावेश गरेको छ । आसन्न निर्वाचनमा तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङबाट उठेका उम्मेदवारले समेत टिएमजे क्षेत्रको विकासको एजेन्डा समेत बनाएका छन्  चाडपर्व सकिएसँगैै यस क्षेत्रमा पर्यटक बढ्न थालेका हुन् ।वसन्तपुरदेखि सुरु हुँदै आरआर गार्डेन, तिनजुरे, चौकी बजार, मङ्गलबारे, गुफा पोखरी हुँदै तिनजुरे–मिल्के–जलजले क्षेत्रमा यो

आन्तरिक पर्यटकले म्याग्दीका होटल भरिभराउ

केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन् ।होटल तथा रेष्टुराँ व्यवसायी संघ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले दसैंलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिए । “देशका विभिन्न ठाउँमा भ्रमणका आएका पाहुनाले होटल भरिएका हुन्”, उनले भने, “दुई […]

पर्यटकीय स्थल सौराहाका होटल भरिभराउ

चितवन – दशैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । कोभिडका कारण लामो समय घुमफिरमा निस्कन नसकेका आन्तरिक पर्यटक आएसँगै होटल भरिभराउ भएका हुन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो देशका पर्यटक पनि आएका छन् । दशैँको फूलपातीको दिनयता अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीहरूले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार नवमी, दशमी र एकादशीका दिन सौराहाका होटल सतप्रतिशत भरिएका थिए । ती दिनमा कतिपय पर्यटकले राम्रा होटल नपाएपछि फर्किनु परेको थियो । फूलपाती...

बिदामा सौराहाका होटल भरिभराउ

चितवन । दसैँ बिदाका समयमा जिल्लाको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । कोभिडका कारण लामो समय घुमफिरमा निस्कन नसकेका आन्तरिक पर्यटक आएसँगै होटल भरिभराउ भएका हुन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन् । दसैँको फूलपातीको दिनयता अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीहरूले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका […] The post बिदामा सौराहाका होटल भरिभराउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बिदामा सौराहाका होटल भरिभराउ

चितवन, १ कात्तिक । दसैँ बिदाका समयमा जिल्लाको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । कोभिडका कारण लामो समय घुमफिरमा निस्कन नसकेका आन्तरिक पर्यटक आएसँगै होटल भरिभराउ भएका हुन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन् । दसैँको फूलपातीको दिनयता अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीहरूले बताएका छन् । क्षेत्रीय होटल […]

आन्तरिक पर्यटकले म्याग्दीका होटल भरिभराउ

कात्तिक १, म्याग्दी । केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन् । होटल तथा रेष्टुराँ व्यवसायी संघ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले दशैंलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिए । ‘देशका विभिन्न ठाउँमा भ्रमणका आएका पाहुनाले होटल भरिएका हुन्’, उनले भने, ‘दुई वर्षपछि यति धेरै संख्यामा पाहुना आएका हुन् ।’ बेनी, गलेश्वर, पोखरेबगर, भुरुङ–तातोपानी, दाना, घोरेपानी, सिङ्गा तातोपानीका होटल आन्तरिक पर्यटकले भरिभराउ बनेका हुन् । होटल तथा रेष्टुराँ व्यवसायी संघका अनुसार बेनीमा रहेका ५० होटलमा एक हजार जना बास बस्न सक्ने क्षमता छ । बेनीका होटलमा पाहुना राख्न नसकेपछि बागलुङ र कुश्मामा पठाएको व्यवसायीले बताएका छन् ।  बडादशैंको टीकाको भोलिपल्टदेखि काठमाडौं, पोखरा, चितवन, विराटनगर, रुपन्देहीलगायत देशका सबैजसो जिल्लाबाट म्याग्दी हुँदै मुस्ताङ जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले निजी गाडी र मोटरसाइकलमा मुस्ताङ जाने आउने आन्तरिक पर्यटकहरुको संख्या ह्वात्तै बढेको बताए ।  पछिल्लो दुई दिनयता दैनिक ५०० बढी सवारी साधन बेनी–जोमसोम सडकमा आवतजावत गरिरहेका उनले बताए । यसअघि दैनिक १०० देखि १५० सवारी साधन आवतजावत गर्दथे । पर्यटकीय याम, अनुकूल मौसम, चाडपर्वको बिदा भएकाले विद्यार्थी, व्यापारी, कर्मचारीलगायत विभिन्न पेसा व्यवसाय गर्ने मुस्ताङ घुम्न आएका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीका होटल व्यवसायी अमृतमान शेरचनले बताए ।  करीब दुई वर्षपछि पाहुनाको आगमन हुन थालेपछि थला परेका होटल तथा रेष्टुराँ व्यवसायीले राहतको महसुस गरेका छन् । पर्यटकीय क्षेत्र खुलाउनुअघि सम्बन्धित पालिकाले स्थानीयवासीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था मिलाएका थिए ।  भैरहवाबाट मुस्ताङ घुम्नका लागि परिवारसहित आएका अनिल रुङगाटाले लामो समयपछि भएको भ्रमणले ‘रिफ्रेस’ बनाएको प्रतिक्रिया दिए । गत भदौ २३ गतेदेखि मुस्ताङ र गत असोज १ गतेदेखि जिल्लाका पर्यटकीयस्थल भ्रमणका लागि खुलाइएको थियो ।  मुस्ताङ जाने आउने सवारी साधनको चाप बढेसँगै बेनी–जोमसोम सडकमा जाम हुन थालेको छ । अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा सडक भासिदाँ साँघुरिएको सडकमा एकतर्फी सडकमा गाडी फस्दा आवतजावत प्रभावित हुने गरेको छ ।  बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीले फसेका सवारी साधन निकाल्ने र नियमित आवतजावतका लागि सडक मर्मतलाई निरन्तरता दिएको जानकारी दिएको छ । रासस