पर्यटकीय स्थल सौराहाका होटल भरिभराउ

चितवन – दशैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । कोभिडका कारण लामो समय घुमफिरमा निस्कन नसकेका आन्तरिक पर्यटक आएसँगै होटल भरिभराउ भएका हुन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो देशका पर्यटक पनि आएका छन् । दशैँको फूलपातीको दिनयता अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीहरूले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार नवमी, दशमी र एकादशीका दिन सौराहाका होटल सतप्रतिशत भरिएका थिए । ती दिनमा कतिपय पर्यटकले राम्रा होटल नपाएपछि फर्किनु परेको थियो । फूलपाती...