मझगाउँ विमानस्थल सञ्चालनमा ल्याइने

दुई दशकदेखि बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा ल्याइने भएको छ । कञ्चनपुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहित प्राविधिक टोलीले विमानस्थल सञ्चालन गर्न सकिने बताएका हो । विमान स्थल सञ्चालन गर्नका लागि दुई बिघा जग्गा आवश्वक रहेकोले अधिकरण गर्नुपर्ने प्राविधिक टोलीको निस्कर्ष छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईसहित प्राविधिक टोलीले शनिबार मझगाउँ विमान स्थलको अवलोकन गरेका छन् ।

सम्बन्धित सामग्री

जग्गाको स्वामित्व नपाउँदा मझगाउँ विमानस्थल निर्माणमा अल्झन

कञ्चनपुर । जिल्लाको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल (Airport) लाई जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा निर्माणको काम प्रभावित भएको छ । विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहतको जमिन (Land) विमानस्थललाई उपलब्ध नहुँदा निर्माणको काम प्रभावित बनेको हो ।  विमानस्थलको आफ्नो नाममा भएको जग्गामा निर्माण कार्य सम्पन्न भएको र थप काम गर्ने जग्गाको स्वामित्व प्राप्त नहुँदा काम रोकिने विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले बताए । ‘सेनाले भोगचलन गरिरहेको जग्गा विमानस्थलको नाममा आएको छैन,’ उनले भने, ‘अहिले विमानस्थलको नाममा भएको जग्गामा काम सकिएको छ ।’  ओझाले सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकारका लागि मन्त्रालयमा प्रक्रिया अघि बढे पनि टुंगो लाग्न नसकेको बताए । ‘अहिले विमानस्थलको १५ प्रतिशत काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘जग्गाको भोगाधिकारका लागि यहाँका जनप्रतिनिधि खटिनुभएको छ, आशा छ छिट्टै हुन्छ होला ।’  अहिले पनि जग्गाको स्वामित्वका लागि फाइल मन्त्रालयमा प्रक्रियामै रहेको र मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी रहेको ओझाले बताए । सेनाको मातहतमा रहेको जग्गा विमानस्थललाई दिने यसअघि सहमति भएको थियो । उनका अनुसार राजपत्रमा उक्त जग्गा विमानस्थलका लागि छोडिएको उल्लेख भए पनि लालपुर्जा सेनाका नाममा छ ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले मन्त्रिपरिषद्को निर्णयबिना रुख कटान गर्न नसकिने बताए । ‘मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै हाम्रो रुख काट्ने पक्रिया शुरु हुन्छ,’ उनले भने, ‘सरकारले निर्णय गरेपछि कुनै अवरोध हुँदैन ।’  विमानस्थलको काम प्रभावित बनेपछि यहाँको भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले स्थलगत निरीक्षण गरेर जग्गाको भोगाधिकार र रुख कटानीका लागि केन्द्र सरकारसँग पहल गर्ने बताएका छन् । भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको छ । तीन वर्षभित्र निर्माण सक्ने गरी कान्छाराम/केएस/उमा एन्ड कम्पनीसँग रु ४५ करोड ६६ लाखमा निर्माणको सम्झौता भएको छ ।  पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी वे, एप्रोनलगायतको काम हुनेछ । दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँचमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ । विसं २०३४ देखि २०५७ सालसम्म सञ्चालनमा रहेको उक्त विमानस्थल पछि बन्द गरिएको थियो । रासस

दुई दशकपछि सञ्चालनमा आउँदै मझगाउँ विमानस्थल

महेन्द्रनगर-वि.सं २०५६ मा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाँउ विमानस्थल झण्डै दुई दशकपछि सञ्चालनमा आउने भएको छ ।गौचरणलगायत विमानस्थल सञ्चालन गर्न भन्दै लामो समयदेखि राजनीतिसँगै सामाजिक मुद्दा बनेको विमानस्थलको अहिले ठेक्का प्रक्रिया अगाडि बढेर निर्माण कार्य पनि सुरु भएको छ । विमानस्थलको धावनमार्ग, एप्रोन र टेक्सी वे का लागि टेण्डर प्रक्रिया भएर निमार्णको […]

मझगाउँ विमानस्थल स्तरोन्नतिको काम शुरू

महेन्द्रनगर । लामो समयदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनका लागि स्तरोन्नतिको काम शुरू भएको छ । बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एक कार्यक्रमका बीच विमानस्थल स्तरोन्नतिको शिलान्यास गरेका हुन् । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा विमानस्थल स्तरोन्नति गर्न लागिएको हो, जसअन्तर्गत विमानस्थल स्तरोन्नतिको कुल लागतको १५ प्रतिशत भीमदत्त नगरपालिका, १० प्रतिशत दोधारा चाँदनी नगरपालिका, २५ प्रतिशत सुदूरपश्चिम प्रदेश सरकार र ५० प्रतिशत संघीय सरकारले बेहोर्नेछन् । विमानस्थल स्तरोन्नतिका लागि ४५ करोड ६६ लाख रुपैयाँमा कान्छाराम कन्स्ट्रक्सन प्रालिसँग तीन वर्षभित्र काम सक्नेगरी ठेक्का सम्झौता भएको छ । विमानस्थलको धावनमार्ग, पार्किङ र ट्याक्सी वे निर्माण हुनेछ । यससँगै टर्मिनल भवन, सुरक्षा भवन र कन्ट्रोल टावर लगायत अन्य संरचनाको निर्माण पनि शुरू गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण इन्जिनियरिङ विभाग प्रमुख मुराहरि भण्डारीले बताए । तीनै तहका सरकारको साझेदारीमा निर्माण हुन लागेको यो यस क्षेत्रकै पहिलो आयोजना हो । सम्झौता अनुसार भीमदत्त नगरपलिकाले साढे ३ करोड, दोधारा चाँदनीले ६२ लाख र सुदूरपश्चिम प्रदेश सरकारले ८ करोड ७५ लाख रुपैयाँ नागरिक प्राधिकरणलाई पठाइसकेका छन् । अहिले विमानस्थलको धावनमार्ग १ हजार ५२५ मिटर कालोपत्र गरिनेछ । लम्बाइ थप गर्न आवश्यक जमिन अधिग्रहण गरिने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले बताए । विमानस्थलको धावनमार्ग क्रमिक रूपमा २ हजार २०० मिटर र पहुँचमार्ग समेत चार लेनको बनाउने लक्ष्य रहेको जानकारी उनले दिए । २०३० सालदेखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्वका बेला सुरक्षाको कारण देखाउँदै २०५६ देखि बन्द गरिएको थियो । बन्द भएको २२ वर्षपछि पुनः सञ्चालनका लागि स्तरोन्नतिको काम शुरू भएको हो । यसका लागि स्थानीय नागरिकदेखि जनप्रतिनिधिहरूले लामो समयदेखि माग गर्दै आएका थिए । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का सासद डा. दीपकप्रकाश भट्टले आफूहरूले यस क्षेत्रको विकासका लागि उठाएको उठाएको एजेण्डा सफल भएको बताए । संघीयताको मर्म बमोजिम मझगाउँ विमानस्थल सञ्चालनका लागि तीन तहको सरकारबीच भएको साझेदारीले भौतिक संरचना निर्माण अघि बढेको उनको भनाइ छ । साथै दोधरा चाँदनीमा सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी र महाकाली कोरिडोर निर्माण काम अघि बढेकाले यसले स्थानीय अर्थतन्त्रको विकासमा महŒवपूर्ण योगदान पुग्ने उनले बताए । भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले साझेदारी विकासको मोडेल अनुसार विमानस्थल पुनः सञ्चालनका लागि काम अघि बढेको बताए । ‘मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्ने प्रतिबद्धता गरेका थियौं,’ उनले भने, ‘यसका लागि दुई चरणमा काम अघि बढ्यो । सम्भाव्यता अध्ययनपछि विमानस्थल सञ्चालनका गर्न साझेदारी गरी स्थानीय सरकार भीमदत्त नगरपालिकाको तर्फबाट साढे तीन करोड रुपैयाँ प्राधिकरणको खातामा जम्मा गरेका छौं ।’

‘पर्यटकीय दृष्टिकोणले मझगाँउ विमानस्थल आवश्यक’

महेन्द्रनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटकीय दृष्टिकोणले पनि मझगाउँ विमानस्थल सञ्चालनमा आउनुपर्ने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्तरोन्नतिको शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा रहेको विमानस्थल सञ्चालनमा आउन सके भारतलगायत अन्यत्र मुलुकबाट पनि पर्यटकलाई यहाँ आउन सहज हुने छ भने । दुई दशक भन्दा बढी […]

कञ्चनपुरको मझगाउँ विमानस्थल फेरि सञ्चालनमा ल्याइने

कञ्चनपुर । कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि काम थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आज स्तरोन्नति कार्यको थालनी गर्नुभएको हो । कार्यक्रममा मन्त्री आलेले सुदूरपश्चिम प्रदेश धेरै सम्भावना बोकेको स्थान भएको भन्दै विमानस्थल सञ्चालन भएपछि भारतीय पर्यटक भित्र्याउन सजिलो हुने बताउनुभयो । रनवे २५ सय मिटर र राजमार्गबाट विमानस्थल आउने […]

मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउन व्यवसायीको माग

कञ्चनपुर : मझगाउँ विमानस्थल यथाशीघ्र सञ्चालनका लागि कञ्चनपुरका व्यवसायीहरूले माग गरेका छन्। कञ्चनपुर उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डलले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई भेटेर लामो समयदेखि बन्द विमानस्थल सञ्चालनका लागि माग गरेका हुन्।विमानस्थल सञ्चालनमा ल्याउनका लागि नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरी स्थानीय तहले प्रतिवद्धता अनुरुपको रकम जम्मा गरिसक्दा र निर्माण कार्य अगाडि बढाउनका लागि ठेक्का सम्झौता भैसक्दा समेत काम अगाडि नबढेपछि संघको प्रतिनिधिमण्डले मन्त्र

मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि भीमदत्त नगरपालिकाद्वारा १ करोड प्रदान

जेठ ३१, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले लामो समयदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुन: सञ्चालन तथा स्तरोन्नतिका लागि नेपाल नागरिक  उड्डयन प्राधिकरणको खातामा एक करोड रुपयाँ जम्मा गरेको छ ।  त्रिपक्षीय साझेदारी अनुसार नेपाल नागरिक  उड्डयन प्राधिकरणको खातामा एक करोड रुपयाँ जम्मा गरिएको नगरपालिकाले जानकारी दिएको छ ।  भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्टले सम्झौता अुनसार नगपालिकाको तर्फबाट व्यहोर्नु पर्ने रकम मध्ये एक करोड रुपयाँ प्राधिकरणको खातामा जम्मा गरिएको बताए । उनका अनुसार बाँकी रकम असोजसम्ममा जम्मा गरिने छ ।  विमानस्थल सञ्चालनका लागि संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा साझेदारी गर्ने सम्झौता भएको थियो । गत फागुनमा संघिय सरकारको नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिका र दोधाराचाँदनी नगरपालिका बिच विमानस्थल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । ९ बुँदे सम्झौता पत्रमा विमानस्थल निर्माणका लागि संघिय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत, भिमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधराचाँदनी नगरपालिकाले १० प्रतिशत सञ्चालन लागत व्यहोर्नु पर्ने उल्लेख गरिएको छ । ४ दशकअघि निर्माण भएर पनि चरन र खेल मैदानमा सीमित रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल ३७ करोडको लागतमा मझगाउँको धावनमार्ग कालोपत्र गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, सुदूरपश्चिम प्रदेश सरकार र कञ्चनपुरका दुई स्थानीय तहले हातेमालो गरेका हुन् । सम्झौता अनुसार विमानस्थलको धावन मार्ग १ हजार ६०० मिटर लामो हुनेछ जसबाट साना विमान उडान वा अवतरण गर्न सकिने छ ।  भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले विमानस्थल पुनः सञ्चालनका लागि नगरपालिकाको तर्फबाट कुनै कसर बाँकी नराखिने बताए । उनले यस क्षेत्रको आर्थिक विकास र समृद्धीसँग जोडिएको मझगाउँ विमानस्थल सञ्चालनका लागि नगरपालिकाले बहन गर्नुपर्ने दायित्वबाटपछि नहट्ने स्पष्ट पारे  ।  साथै, उनले संघिय र प्रदेश सरकारलाई सम्झौता अनुसार विमानस्थलको निर्माण प्रक्रिया अगाडी बढाउन समेत आग्रह गरे । विमानस्थल सञ्चालनका लागि नगरपालिकाले रकम जम्मा गरेपछि मझगाउँ विमानस्थल सञ्चालनमा हुनेमा स्थानीय आशावादी देखिएका छन् ।

कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालन हुने

लामो समयदेखि बन्द भएको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउने भएको छ। विमानस्थल सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार तथा भीमदत्त र दोधारा चाँदनी नगरपालिकाबीच आज सम्झौता भएको छ।

मझगाउँ विमानस्थल पुनः सञ्चालनमा गर्छौं : मन्त्री भट्टराई

कञ्चनपुर  : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताएका छन्।  भीमदत्तनगरपालिका–१६ स्थित बन्द अवस्थामा रहेको सो विमानस्थलको शनिबानर अनुगमन गर्दै उनले स्थानीय, प्रदेश र सङ्घीय सरकारको लगानीमा विमानस्थललाई पुनः सञ्चालनमा ल्याइने जानकारी दिएका ...

मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्छौ : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताउनुभएको छ ।