मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्छौ : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताउनुभएको छ ।

सम्बन्धित सामग्री

मझगाउँ विमानस्थल स्तरोन्नतिको काम शुरू

महेन्द्रनगर । लामो समयदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनका लागि स्तरोन्नतिको काम शुरू भएको छ । बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एक कार्यक्रमका बीच विमानस्थल स्तरोन्नतिको शिलान्यास गरेका हुन् । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा विमानस्थल स्तरोन्नति गर्न लागिएको हो, जसअन्तर्गत विमानस्थल स्तरोन्नतिको कुल लागतको १५ प्रतिशत भीमदत्त नगरपालिका, १० प्रतिशत दोधारा चाँदनी नगरपालिका, २५ प्रतिशत सुदूरपश्चिम प्रदेश सरकार र ५० प्रतिशत संघीय सरकारले बेहोर्नेछन् । विमानस्थल स्तरोन्नतिका लागि ४५ करोड ६६ लाख रुपैयाँमा कान्छाराम कन्स्ट्रक्सन प्रालिसँग तीन वर्षभित्र काम सक्नेगरी ठेक्का सम्झौता भएको छ । विमानस्थलको धावनमार्ग, पार्किङ र ट्याक्सी वे निर्माण हुनेछ । यससँगै टर्मिनल भवन, सुरक्षा भवन र कन्ट्रोल टावर लगायत अन्य संरचनाको निर्माण पनि शुरू गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण इन्जिनियरिङ विभाग प्रमुख मुराहरि भण्डारीले बताए । तीनै तहका सरकारको साझेदारीमा निर्माण हुन लागेको यो यस क्षेत्रकै पहिलो आयोजना हो । सम्झौता अनुसार भीमदत्त नगरपलिकाले साढे ३ करोड, दोधारा चाँदनीले ६२ लाख र सुदूरपश्चिम प्रदेश सरकारले ८ करोड ७५ लाख रुपैयाँ नागरिक प्राधिकरणलाई पठाइसकेका छन् । अहिले विमानस्थलको धावनमार्ग १ हजार ५२५ मिटर कालोपत्र गरिनेछ । लम्बाइ थप गर्न आवश्यक जमिन अधिग्रहण गरिने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले बताए । विमानस्थलको धावनमार्ग क्रमिक रूपमा २ हजार २०० मिटर र पहुँचमार्ग समेत चार लेनको बनाउने लक्ष्य रहेको जानकारी उनले दिए । २०३० सालदेखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्वका बेला सुरक्षाको कारण देखाउँदै २०५६ देखि बन्द गरिएको थियो । बन्द भएको २२ वर्षपछि पुनः सञ्चालनका लागि स्तरोन्नतिको काम शुरू भएको हो । यसका लागि स्थानीय नागरिकदेखि जनप्रतिनिधिहरूले लामो समयदेखि माग गर्दै आएका थिए । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का सासद डा. दीपकप्रकाश भट्टले आफूहरूले यस क्षेत्रको विकासका लागि उठाएको उठाएको एजेण्डा सफल भएको बताए । संघीयताको मर्म बमोजिम मझगाउँ विमानस्थल सञ्चालनका लागि तीन तहको सरकारबीच भएको साझेदारीले भौतिक संरचना निर्माण अघि बढेको उनको भनाइ छ । साथै दोधरा चाँदनीमा सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी र महाकाली कोरिडोर निर्माण काम अघि बढेकाले यसले स्थानीय अर्थतन्त्रको विकासमा महŒवपूर्ण योगदान पुग्ने उनले बताए । भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले साझेदारी विकासको मोडेल अनुसार विमानस्थल पुनः सञ्चालनका लागि काम अघि बढेको बताए । ‘मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्ने प्रतिबद्धता गरेका थियौं,’ उनले भने, ‘यसका लागि दुई चरणमा काम अघि बढ्यो । सम्भाव्यता अध्ययनपछि विमानस्थल सञ्चालनका गर्न साझेदारी गरी स्थानीय सरकार भीमदत्त नगरपालिकाको तर्फबाट साढे तीन करोड रुपैयाँ प्राधिकरणको खातामा जम्मा गरेका छौं ।’

मझगाँउ विमानस्थल पुनः निर्माण थालिने

दुई दशकदेखि बन्द कञ्चनपुरको मझगाँउ विमानस्थल निर्माणकार्य अगाडि बढने भएको छ । विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको छ । विमानस्थलका भौतिक संरचना र धावनमार्ग बनाउन प्राधिकरणले दुई करोड ५१ लाख बजेट विनियोजन गरेको मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका संयोजक रमेशचन्द ठकुरीले बताए ।विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको ५०, […]

मझगाउँ विमानस्थलका लागि चाँडै बजेट पास हुन्छ : पर्यटनमन्त्री आले

महेन्द्रनगर । लामो समयदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याउन चाँडै बजेट विनियोजन गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विमानस्थल निर्माणका लागि बजेट चाँडै स्वीकृत गरिने बताएका हुन् । बुधवार मझगाउँ विमानस्थलमा आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री आलेले विमानस्थल पुनः सञ्चालनका लागि ठेक्का प्रक्रिया सम्पन्न भइसकेको बताए । सेनाको ब्यारेकको दक्षिणतर्फ ५०० मिटर धावनमार्ग बढाएर क्षेत्रीय विमानस्थलको रूपमा सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशको उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री मानबहादुर धामीले पनि सहमति अनुसारको बजेट प्रदेश सरकारले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले नगरपालिकाले विमानस्थल सञ्चालनका लागि हालसम्म ३ करोड ५० लाख रुपैयाँ नागरिक उड्डयन प्राधिकरणको खातामा जम्मा गरिसकेको जानकारी दिए । विमानस्थल सञ्चालनका लागि तीन तहको सरकारबीच भएको लगानी साझेदारी विकासमा लागि उदाहरणीय भएको उनले बताए । विमानस्थल सञ्चालनमा ल्याउन लगानीको सम्बन्धमा गत फागुन ३ गते सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकार र मन्त्रालयबीच त्रिपक्षीय सम्झौता भएको थियो, जसअनुसार सुदूरपश्चिम प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा–चाँदनीले १० प्रतिशत खर्च बेहोर्ने भएका छन् । विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक ५० प्रतिशत खर्च प्राधिकरण आफैले बेहोर्नेछ । २०५६ सालमा बन्द विमानस्थल पुनः सञ्चालनका लागि काम अघि बढेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्राविधिक समिति बनाएर विमानस्थल पुनः सञ्चालनमा ल्याउन प्रक्रिया अघि बढाएका थिए । त्यसपछि विमानस्थल संरक्षणका लागि तारबार गरिएको थियो । स्थानीय तहसहितले खर्च बेहोर्ने साझेदारी गरेपछि प्राधिकरणले ठेक्का आह्वान गरी पुनः सञ्चालन कार्य अघि बढाएको हो  । विमानस्थल सञ्चालनका लागि १ हजार २०० मिटरको धावनमार्ग १ हजार ६८५ मिटर पु¥याउनुपर्ने सुझाव समितिले दिएको थियो ।

विमानस्थल पुनः सञ्चालनको लागि दबाबमुलक आन्दोलन

महेन्द्रनगर । असुरक्षाको कारण देखाउँदै सशस्त्र द्वन्द्वकालमा बन्द भएको कञ्चनपुर भीमदत्तनगरपालिका–१६ स्थित मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्न स्थानीयवासीले माग गरेका...