छपन्न प्रतिशतले बढ्यो अलैँची निर्यात

चालु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) अलैँची निर्यात ५६ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अलैँची निर्यात ५६.८ प्रतिशतले बढेर एक अर्ब ८९ करोड ७६ लाख सात हजार रुपियाँको निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यातमा वृद्धि भएको हो । गत वर्ष सो अवधिमा एक अर्ब २० करोड ६१ लाख ४५ हजार रुपियाँको अलैँची निर्यात भएको थियो ।

सम्बन्धित सामग्री

बढ्यो अलैँची निर्यात

अधिकांश वस्तुको निर्यात घटिरहेका बेला स्वदेशमै उत्पादन हुने अलैँचीको निर्यात भने वृद्धि भएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा करिब चार अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिरसम्म तीन अर्ब ९८ करोड ६१ लाख पाँच हजार रुपियाँ बराबरको २३ लाख ७४ हजार ११० केजी अलैँची आयात भएको हो छ । गत आवको सोही अवधिमा दुई अर्ब ७२ करोड ८२ लाख ६५ हजार रुपियाँ बराबरको ११ लाख ३४ हजार १२७ केजी निर्यात भएको छ । गत वर्षको तुलनामा पाँच महिनामा एक अर्ब २६ करोड रुपियाँले अलैँची निर्यातमा वृद्धि भएको छ ।

दश वर्षपछि अलैंचीको मूल्य बढ्यो

सङ्खुवासभा – एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ। अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) को ७० हजार पुगेको छ। झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजारसम्म कारोबार भएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म झरेको थियो। पछिल्लो समय नेपालबाट भारत, पाकिस्तानलगायत देशमा अलैँची निर्यात हुन थालेपछि यसको मूल्य […]

अलैँची निर्यात ८५ प्रतिशतले बढ्यो, नयाँ गन्तव्य खोज्न आवश्यक : व्यवसायी

काठमाडौं । नेपालबाट धेरै निकासी हुने वस्तुमा अलैँची पनि पर्छ । चालू आर्थिक वर्षको साउन देखि जेठ मसान्तसम्म नेपालले विश्वको विभिन्न मुलुकमा ७ अर्ब ७० करोड रुपैयाँ बराबरको अलैँची निर्यात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । तर नेपाली अलैँचीको बजार भारतमा मात्र केन्द्रित भएकाले अलैँचीको बजारका लागि नयाँ गन्तव्य खोज्नु पर्ने व्यवासायी बताउँदै आएका छन् ।  विभागका अनुसार चालु आवको ११ महीनामा नेपालबाट ९ हजार ३८६ मेट्रिक टन अलैँची निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोड रुपैयाँको ५ हजार ५० मेट्रिक टन अलैँची निर्यात भएको थियो । गत वर्षको ११ महीनाको तुलनामा यो ११ महीनामा अलैँची निर्यात मूल्यनमा ६९ प्रतिशतले बढेको छ, भने परीमाणमा ८५ प्रतिशतले बढेको छ । नेपालबाट भारत, इटाली, पाकिस्तान, संयुक्त राज्य अमेरिका, जर्मनी लगायतको मुलुकमा निर्यात हुँदै आएको छ । चालु आ.वको ११ महिनाको अवधिमा भारतमा मात्रै ७ अर्ब ६८ करोडको ९ हजार ३४१ मेट्रिक टन अलैँची निर्यात भएको छ। अर्थात कुल निर्यातको ९९ दशमलव ५२ प्रतिशत अलैँची भारतमा मात्रै निर्यातमा भएको छ ।  बढ्दै अलैँची उत्पादन  नेपालमा अलैँचीको उत्पादनका साथै उत्पादन क्षेत्र पनि बढ्दो क्रममा रहेको छ । राष्ट्रिय आलु तरकारी तथा मसला विकास केन्द्रका अनुसार ६ वर्षमा मात्रै नेपालमा २५ लाख १ हजार ५ सय ३ मेट्रिक टन अलैँची उत्पादन भएको छ ।  केन्द्रका अनुसार नेपालमा आर्थिक वर्ष २०७३र७४ मा २१ हजार ५६२ हेक्टरमा खेती गरिने अलैँचीले ४ लाख १ हजार  मेट्रिक टन उत्पादन भएको थियो । आर्थिक वर्ष २०७८र७९ मा अलैँची उत्पादनको क्षेत्रफल बढेर २२ हजार ९१३ हेक्टर पुगेको छ भने उक्त क्षेत्रमा ४ लाख ३५ हजार ५८४ मेट्रिक टन उत्पादन भएको छ । नयाँ गन्तव्य खोज्न आवश्यक: व्यवसायी नेपाल अलैँची ब्यबसायी महासंघका निवर्तमान अध्यक्ष राज कुमार कार्की नेपाली अलैँचीको मुख्य बजार नै भारत भएकाले भारतमा नेपाली अलैँचीको माग अहिले धेरै भएको बताउँछन्  । भारतमा अहिले अलैँचीको आन्तरिक उत्पादन बढ्दो क्रममा भएकाले नेपालले अलैँचीको बजारका लागि नयाँ गन्तव्य खोज्नुपर्ने उनको तर्क छ । नेपाली अलैँचीको भारत पछि बंग्लादेश पनि अर्को ठूलो हो। तर बंग्लादेशमा निर्यात गर्दा ३५ प्रतिशत कर तिर्नु पर्ने अवस्था भएकाले नेपाली अलैँचीले बंग्लादेशमा अन्य मुलुकबाट जाने अलैँचीसँग प्रतिशपर्धा गर्न नसकेको अवस्था छ, उनले भने, 'भुटानले शून्य करमा बंग्लादेशमा अलैँची निर्यात गरिरहेको छ । त्यसैले नेपाली अलैँची बंग्लादेशमा निर्यात गर्न सरकारले कर लगायतको विषयमा नीतिगत सहजिकरण गर्न आवश्यक छ ।' उनले नेपाली अलैँची तेस्रो मुलुकमा पनि बेच्ने सम्भावना भएको  तर हवाइ भाडा महङ्गो भएकाले तेस्रो मुलुकमा निर्यात गर्न नसकिएको बताए ।तेस्रो मुलुकमा निर्यात सहजिकरण गर्न युएई जस्तो मुलुकमा गोदामको व्यवस्था गर्नु पर्ने उनको भनाई छ । ‘समुद्री मार्गहुँदै कन्टेनरमा धेरै अलैँची निर्यात गर्दा बजार पाउन नै मुश्किल छ । अहिले अलैँची प्राय मसलमसँग मिसाउन मात्र प्रयोग हुने भएकाले युएई जस्तो मुलुकमा  भण्डारणको पनि व्यवस्था मिलाउनु पर्छ,’ उनले भने ।  कोभिडका कारण बजार नपाउँदा स्टकमा धेरै अलैँची थियो । तर अहिले लामो खडेरीका साथै किसान नै उत्साहित नभएका कारण खेती पनि घटेको उनले बताए । उनले यो वर्ष अलैँचीको उत्पादन ३५ देखि ४५ प्रतिशतसम्म उत्पादन घट्ने प्रक्षेपण गरे। कर्कीका अनुसार आउने वर्ष उत्पादन घट्ने देखिएकाले अलैँचीको मूल्य अहिलेनै केजीको १ हजारसम्म पुगेको छ।

दोब्बरले बढ्यो अलैँची निर्यात

पछिल्लो पाँच वर्षमा मुलुकबाट २५ अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्म २५ अर्ब २८ करोड ८४ लाख ५० हजार रुपियाँको अलैँची निर्यात भएको हो । तुलनात्मक लाभ भएको वस्तुका रूपमा रहेको अलैँचीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएपछि निर्यातमा उलेख्य वृद्धि भएको हो ।

अलैँची निर्यात बढ्यो

मुलुकबाट कुल निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अलैँचीको निर्यात भने ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म अलैँची निर्यात ७२ प्रतिशतले बढेर सात अर्ब २८ करोड १४ लाख २५ हजार रुपियाँ बराबरको ८९ लाख २१ हजार ६७९ केजी निर्यात भएको छ ।