तारा एयरको पोखरा–जोमसोम उडान स्थगित

काठमाडौं।तारा एयरको पोखरा–जोमसोम उडान जेठ २७ सम्मका लागी स्थगित गरिएको छ।आज नेप्से परिसूचक १८.२६ अंकले घटेको छ। कलाकार पल शाहको मुद्दामाथि सर्वोच्चमा बहस जारी रहेको छ।चीन दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा गएको ६.१ म्याग्नीच्युडको भूकम्पमा परी ४ जनाको मृत्यु,४० भन्दा बढी घाइते र एन्फा निर्वाचनमा २ जनाको उम्मेदवारी खारेज गरिएको छ।

सम्बन्धित सामग्री

चीलसँग ठोकिएर क्षति भएको तारा एयरको जहाज मर्मतपछि उडान भर्न सफल

सिमकोट – आकाशमा चीलसँग ठोकिएर क्षति पुुगी सिमकोट विमानस्थलमा ग्राउन्डेड भएको तारा एयरको ट्वीन्टर विमानको मर्मतपछि उडान भर्न सफल भएको छ। काठमाडौंबाट आएको प्राविधिकको टोलीले तीन दिन लगाएर जहाजको क्षति पुुगेको भाग मर्मत सम्पन्न भएपछि जहाजले उडान भर्न सफल भएको हो। तारा एयर सिमकोटका सहायक इन्चार्ज नुुर्बुु लामाले क्षति भएको जहाजको मर्मत भए पनि सिमकोटबाट […]

तारा एयर: पुरानो जहाज भएर दुर्घटना भएकाे हाेइन

गत जेठ १५ गते कास्कीको पोखराबाट मुस्ताङको जोमसोम उडान गरेको तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान दुर्घटना भयो। मुस्ताङको थासाङ गाउँपालिका २, सानुसरे पहाडमा विमान दुर्घटनाग्रस्त भएको थियो। जसमा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, ४ भारतीय र २ जर्मन नागरिकको निधन भयो।

तारा एयर दुर्घटनापछि क्यानको एक्सन : इनरुटमा मौसम सफा नभएसम्म उडान अनुमति नदिने

१७ जेठ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अब प्रस्थान गर्ने विमानस्थल, पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’को मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने भएको छ । आइतबार तारा एयरको ट्वीनअटर जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाको मृत्यु भएसँगै प्राधिकरणले यस्तो निर्णय गरेको हो । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णका अनुसार यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नुपर्ने […]

बाटो बिराएपछि उचाइ लिँदा चट्टानमा ठोक्कियो तारा एयर

काठमाडौं, जेठ १७ । पोखराबाट उडान भरेको तारा एयरको विमान १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो। विमानको अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेट जाँदा घोरेपानीको आकाशबाट सम्पर्क भएको थियो, त्यसपछि विमानबारे पत्तो लागेको थिएन। ताराको विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जोमसोमको हावाको विवरण माग्दा ताराको जहाज १२ हजार ५ सय फिटको उचाइमा […]

बिहानै चार फ्लाइट सकेर बिदा मनाउन जोमसोम जाँदै थिए पाइलट वसन्त लामा

काठमाडौँ – आइतबार पोखराबाट जोमसोज जाने क्रममा दुर्घटनामा परेको तारा एयरको टुइनअट्टर विमानमा पाइलट वसन्त लामा पनि परेका छन्। तारा एयर स्रोतका अनुसार लामाले आइतबार बिहानै चारवटा उडान सकेर बिदा मनाउन जोमजोमका लागि उडेका हुन्। विमानको नियमित उडानको नेतृत्व तारा एयरका सिनियर क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले गरेका थिए भने उनीसँगै काेपाइलट उत्सव पोख्रेल र एयरहोस्टेस किस्मी […]

अब साताको दुईपटक इलाम–काठमाडौँ उडान

इलाम : इलाम नगरपालिका–९ मा निर्माण भएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजबाट यती एयरलाइन्सको तारा एयरले नियमित उडान शुरु गरेको छ।तारा एयरको नाइन एन एलओले आजबाट सातामा २ पटक इलामबाट काठमाडौँ उडान भर्ने भएको हो। पहिलो व्यावसायिक उडानमा केही यात्रु र पर्यटन क्षेत्रका संस्थाका प्रमुख लिएर ११ बजे अवतरण भएको तारा एयर २ः२० मा फर्किएको थियो।बिहीबार र आइतबार नियमित उडान गर्ने तारा एयरले जनाएको छ। इलाम नगरपालिकाले प्रत्येक उडानका लागि ११ जना यात्रुको सुनिश्चिता गरेपछि तारा एयरले नियमित उडान शुरु

सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि नियमित उडान गर्दै तारा एयर

फागुन ४, ताप्लेजुङ । तारा एयरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा यही फागुन ११ गतेदेखि साताको दुई दिन उडान गर्ने भएको छ ।  निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एयरले साताको आइतवार र बिहीवार काठमाडौंबाट उडान गर्न लागेको हो । यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले धावनमार्ग कालोपत्र भई परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका तथा तारा एयरको संयुक्त पहलमा उक्त विमानस्थलमा नियमित उडान गर्न लागिएको जानकारी दिए ।  विमानस्थलको धावनमार्ग कालोपत्र हुनुअघि २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जहाजले परीक्षण उडान गरेको थियो । फागुन ११ देखि काठमाडौंबाट बिहान ११ बजे र इलामबाट दिउँसो १२:३० उडान गर्ने तालिका रहेको प्रवक्ता बर्तौलाले बताए । काठमाडौंबाट इलामसम्मको उडान अवधि करीब एक घण्टाको हुनेछ ।  यसअघि गत माघ ३ गते इलाम नगरपालिका र तारा एयरबीच सुकिलुम्बा विमानस्थलमा उडान सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो । सम्झौताअनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नु पर्नेछ । हवाई यात्राका लागि एकतर्फी भाडा रू. नौ हजार कायम गरिएको छ । त्यस्तै उडानका लागि विमानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पर्यटन बोर्ड तथा तारा एयरको पहलमा नियमित उडान सञ्चालन गर्न लागेकामा आभार प्रकट गर्दै आगामी दिनमा यात्रुले सहुलियत दरमा नियमित सेवा पाउने विश्वास व्यक्त गरे । नेपाल पर्यटन बोर्डका सदस्य एवम् पर्यटन व्यवसायी कृष्ण शाहले हवाई सेवा नियमित हुनसके इलाम जाने पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे ।  इलाममा सन्दकपुर, माईपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेडपाण्डा पाइने वन  तथा इलाम सदरमुकाम, पशुपतिनगर आदि पर्यटकीय आकर्षणका केन्द्र हुन् । सुकिलम्बा विमानस्थलबाट नियमित उडान हुँदा इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किमलगायतका नागरिकलाई हवाईयात्राका लागि सहज हुनेछ । रासस

पोखरा–जोमसोम हवाइ रुटमा दैनिक चार उडानः मुस्ताङका पर्यटन व्यवसायी उत्साही

हिमालपारिको जिल्ला मुस्ताङमा ११ महिनापछि हवाइ मार्गमार्फत पर्यटक आउन थालेपछि मुस्ताङीहरु उत्साहित भएका छन् । पर्यटन व्यवसायकै माध्यमबाट चल्ने मुस्ताङमा गत चैत ११ देखि पूर्ण रुपमा हवाइ यातायात बन्द भएपछि पर्यटन व्यवसाय संकटमा परेकोमा फागुन २२ गते बाट हवाइ मार्ग सुचारु भए पछि व्यवसायीहरु खुशी भएका छन् । जोमसोम विमानस्थल प्रमुख दिपक विकका अनुसार अहिले भारतीय पर्यटकहरुको आगमन नै धेरै रहेको छ । तेश्रो मुलुकका पर्यटकहरु प्लेन सुचारु पनि खासै आएको देखिएको छैन । शनिबार पछि तीन दिनमा दैनिक २/३ जना हाराहारीमा मात्र भित्रिएका छन् । बिमानस्थल प्रमुख विकले भन्नुभयो –‘हाल पोखरा जोमसोमको हवाइ रुटमा तारा एयर र समिट एयरले उडान भरी रहेका छन् भने स्थानियले नेपाली ध्वजावहाक नेपाल एयरको उडान पनि हुन पर्ने माग गरेका छन् ।’ बिक भन्नुहुन्छ अहिले प्लेन सुरु भए पछि दैनिक जसो कहिले आउँछ नेपाल एयर भनेर सोध्ने सर्वसाधारणहरु पाइन्छ त्यसैले हामीले पनि आफ्नो तबरबाट नेपाल वायु सेवा निगमको उडानका लागि पनि प्रयास गरेका छौं र सकारात्मक प्रतिकृया आएकोले निकट भविष्यमै मुस्ताङमा नेपाल वायु सेवा निगमले सेवा दिन थाल्नेमा म विस्वस्त छु ।

तारा एयर यती एयरलाइन्समा विलय हुँदै एउटै ‘कलसाइन’ बाट उड्ने

यती एयरलाइन्स र तारा एयर मर्ज भएर एउटै कलसाइन नाममा उड्ने भएका छन् । आङछिरिङ शेर्पाको लगानी रहेको दुवै एयरलाइन्सलाई मर्ज गरेर एउटै नाममा सञ्चालनमा ल्याउन लागिएको हो । सन् २००९ बाट विकट र दुर्गम क्षेत्रमा उडान गर्न भन्दै यति एयरलान्सबाट छुट्याएर तारा एयरको नाममा सञ्चालन गरिएको थियो ।