पहिलो हाफमा पोल्यान्ड १-० ले पछाडि

एजेन्सी। युरो-२०२० को नकआउट चरणमा स्थान बनाउन जित्नै पर्ने दबाबमा रहेको पोल्यान्ड पहिलो हाफ सकिँदा १-० ले पछि परेको छ। स्विडेनले दोस्रो मिनेटमै इमिल फोर्सबर्गको गोलबाट अग्रता लिएको थियो। स्विडेनले अग्रता कायमे राखे समूह ‘ई’बाट विजेता बन्दै नकआउट चरणमा स्थान बनाउनेछ। रोवर्ट लेवनडोवस्कीको पोल्यान्ड हार्यो भने प्रतियोगिताबाट बाहिरिनेछ। अर्को खेलमा स्पेनले स्लोभाकियाविरुद्ध २-० को अग्रता लिएको छ।

सम्बन्धित सामग्री

जी–ट्वेन्टीमा विश्व अर्थतन्त्रबारे मन्थन

फ्रेबुवरी २४ का दिन जी–ट्वेन्टीको अर्थमन्त्री स्तरीय बृहत् सम्मेलन भारतको बेङ्गलुरूमा शुरू भएको छ । जी–ट्वेन्टीबाहेकका मुलुकका अर्थमन्त्रीहरूसमेत पर्यवेक्षक र अतिथिका रूपमा सहभागी भएका छन् । संसारका बहुपक्षीय संस्थाहरू कमजोर भइरहेको अवस्था छ । सहभागिता र समावेशिताको कमीले गर्दा संयुक्त राष्ट्रसंघका छाता संगठनहरूको कार्य सम्पादन प्रश्नको घेरामा आएका छन् । यी प्रतिकूल अवस्थामा जी–ट्वेन्टीको सक्रियता व्यापक रूपले बढेको देखिन्छ । जी–ट्वेन्टी संसारको ठूलो संगठन हो । यस संगठनको विशेषता नै विकसित र विकासशील मुलुकहरूको सहभागिता हो । सन् १९९९ मा जी–ट्वेन्टीको अवधारणा विकसित भएको थियो । यसका सम्बद्ध राष्ट्रहरूको आर्थिक आकार विश्व अर्थतन्त्रको ८५ प्रतिशत रहेको छ भने विश्व व्यापारको ७५ प्रतिशत । संसारका ४१ ओटा वित्तीय संस्थाहरू जी–ट्वेन्टीको छाताबाट परिचालित छन् । सन् २०२३ डिसेम्बरदेखि जी–ट्वेन्टीको भारतले अध्यक्षता ग्रहण गरेको छ । भारतले ५० ओटा शहरमा २०० ओटा कार्यक्रम गर्ने योजना बनाएको छ । अर्थमन्त्री स्तरीय सम्मेलनलाई जी–ट्वेन्टीको अध्यक्षको रूपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सूत्रात्मक रूपमा सम्मेलनको एजेन्डा आलोकित गरेका थिए । जी–ट्वेन्टीको मन्त्रीस्तरीय बैठकको विषय सूचीमा संसारका गरीब र प्रताडित मुलुकहरूको आर्थिक संकटको विषयलाई कार्यसूचीमा राख्न उनले आग्रह गरेका छन् । संसारका ५४ ओटा मुलुक टाट पल्टने अवस्थामा रहेका छन् । ती ५४ ओटा मुलुकमध्ये २५ ओटा अफ्रिकी मुलुक छन् । यी ५४ ओटा मुलुकको आर्थिक आकार विश्व अर्थतन्त्रको ३ प्रतिशत मात्र रहेको छ । अर्को शब्दमा भन्ने हो भने यी मुलुकको ४० प्रतिशत जनता गरीबीको रेखामुनि रहेका छन् । जी–ट्वेन्टीको महत्त्वपूर्ण समस्या नै आर्थिक रूपमा टाट पल्टिरहेका मुलुकहरूलाई जोगाउनु हो । भारतका प्रधानमन्त्री मोदीले विश्व बैंक, अन्तरराष्ट्रिय मुद्राकोष, एशियन विकास बैंकजस्ता महत्त्वपूर्ण वित्तीय संस्थाहरूलाई गरीब मुलुकहरूको समस्याप्रति दायित्वबोध गर्नसमेत आग्रह गरेका छन् । जी–ट्वेन्टीको अर्थमन्त्री स्तरीय सम्मेलनमा विश्वका मूर्धन्य व्यापारीहरू, उद्योगपतिहरूका साथै वित्तीय संघसंगठनका प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ । अर्थमन्त्री स्तरीय बैठकमा विश्व आर्थिक मन्दीतर्फ गइरहेको कुरा प्रतिनिधिहरूले व्याख्या गरेका छन् । कोरोना कहरका साथै रसिया र युक्रेनको युद्धको राप र तापले गर्दा विश्व अर्थतन्त्र डगमग भइरहेको अर्थमन्त्रीहरूको बुझाइ रहेको छ । उक्त सम्मेलनको कार्यसूची र विषयसूचीलाई प्रभावकारी बनाउन भारतका अर्थमन्त्री निर्मला सीतारमणले डिजिटल माध्यमबाट अर्थतन्त्र प्रभावकारी बनाउन अपिल गरेकी छन् । भारतले यूपीए प्रणालीअन्तर्गत डिजिटल पेमेन्टलाई प्रभावकारी बनाएको उल्लेख गरेकी छिन् । यूपीएलाई प्रभावकारी बनाउन भारत र सिंगापुरबीच भर्खरै एक सम्झौतासमेत भएको छ । संसारमा हुने डिजिटल पेमेन्टमा ४० प्रतिशत अंश भारतको मात्रै रहेको छ । गरीब मुलुकहरूको प्रमुख समस्यामध्ये ऊर्जा र खाद्यसंकट हो । ऊर्जा र खाद्यसंकटले गर्दा मूल्यवृद्धि र ब्याजदरको वृद्धि भइरहेको छ । गरीब मुलुकहरू वित्तीय संकटमा परेका बेला संसारका ठूला बैंकहरू उच्च ब्याजदरमा कर्जा प्रवाह गरिरहेका छन् । यसरी कर्जा प्रवाह गर्नेमा मुख्यतः चिनियाँ वित्तीय संस्थाहरू हुन् । जी–ट्वेन्टीको अर्थमन्त्री स्तरीय बैठकमा भारतको अर्थतन्त्रको प्रारूपका बारेमा व्यापक विमर्श भएको देखिन्छ । अर्थात् अर्थमन्त्री स्तरीय सम्मेलनमा विकासका विभिन्न मोडेलमध्ये सर्वाधिक चर्चाको विषय भारतको विकास मोडेल रहेको छ । विश्वका पाँचौं अर्थतन्त्रको रूपमा भारतको आर्थिक विकास दर लगभग ७ प्रतिशत रहेको छ । यही विकास दरलाई केही वर्षसमम निरन्तर राखेको खण्डमा भारत जापान र जर्मनीलाई पछाडि पार्दै विश्वको तेस्रो अर्थतन्त्रको रूपमा उभिनेछ । भारतको विकास मोडेल भन्नाले सहभागिता र समावेशिता हो । जबसम्म समाजका दमित र पीडित वर्गहरूको राज्य सञ्चालनमा पहुँच हुँदैन तबसम्म मुलुकको वित्तीय स्वास्थ्य राम्रो हँुदैन । अर्थतन्त्रको लाभ समाजका सबभन्दा प्रताडित वर्गलाई प्रदान गर्नु राज्यको प्रमुख दायित्व हो । अर्थात् राज्य संयन्त्रलाई प्रभावकारी बनाउन बिचौलियालाई निस्तेज पार्नुपर्छ । बिचौलिया र कमिशनखोरलाई निस्तेज पार्न डिजिटाइजेशनलाई प्रभावकारी पार्नुपर्छ । यसको अनुपम प्रयोग भारतले गरेको देखिन्छ । आधार कार्डलाई प्रभावकारी बनाउन र प्रत्येक नागरिकलाई राज्यकोषमा पहुँच बढाउन हरेक घरदैलोमा बंैकहरूलाई सक्रिय गराएको छ । बैंकिङ प्रणालीको माध्यमबाट कोरोनाको कहरमा ८०० मिलियन गरीब जनतालाई भोजन उपलब्ध गराएको थियो । ४०० मिलियन नयाँ बैंक खाता र १०० मिलियन चर्पीको योजना गरीब वर्गका लागि परिलक्षित रहेको छ । साथै उज्ज्वला योजनाअन्तर्गत ९३ मिलियन जनतालाई एलपीजी ग्यास सिलिन्डर सरकारले उपलब्ध गराएको देखिन्छ । आवास योजनाअन्तर्गत ७ मिलियन जनताले शहरी क्षेत्रमा वास पाएका छन् भने ग्रामीण क्षेत्रमा १८ मिलियन जनताले आवास पाएका छन् । भारतको विकास मोडेल गरीब मुलुकहरूका लागि प्रभावकारी देखिएको छ । श्रीलङ्का र पाकिस्तान टाट पल्टनुको प्रमुख कारण जनताको राज्य कोषमा पहँुच नहुनु हो । जी–ट्वेन्टीको अर्थमन्त्री बैठकमा रसिया युक्रेन युद्धका बारेमा पनि व्यापक विमर्श भएको छ । युद्धलाई तत्काल रोक्न जी–ट्वेन्टीका प्रतिनिधिहरूले दबाब दिए तापनि रसियाका अर्थमन्त्रीले कुनै प्रतिक्रिया दिएका छैनन् । विगतका दिनमा अमेरिकी राष्ट्रपति जो वाइडेनको युक्रेन र पोल्यान्ड यात्राले आगोमा घिउ छर्किने काम गरेको रसियाको पत्रपत्रिकाहरूले उल्लेख गरेका छन् । जी–ट्वेन्टीको अर्थमन्त्री स्तरीय बैठकमा विश्व बैंकलाई प्रभावकारी बनाउन पनि सुझाव दिइएको छ । यसपटक विश्व बैंकको अध्यक्षता भारतीय मूलका अमेरिकीले गर्ने भएका छन् । साथै उक्त सम्मेलनले विश्व बैंक, अन्तरराष्ट्रिय मुद्राकोष, एशियन बैंकलगायत अन्य उच्चस्तरीय वित्तीय संस्थाहरूलाई गरीब मुलुकहरूका लागि अल्पकालीन र दीर्घकालीन रणनीति बनाउनसमेत आग्रह गरिएको छ । आर्थिक मुद्दामा केन्द्रित रहेको उक्त सम्मेलन प्रभावकारी भएको विज्ञहरूको भनाइ रहेको छ । लेखक विश्व मामिलाका अध्येता हुन् ।

नेपाली दूतावास जर्मनीले पोल्यान्डमा ३ दिने घुम्ती सेवा दिने

पोल्यान्ड । नेपाली दूतावास जर्मनीले पोल्यान्डको राजधानी वार्सामा बसोबासरत नेपालीका लागि ३ दिने घुम्ती टोली सञ्चालन गर्ने भएको छ।  १ अप्रिल बुधवारदेखि अप्रिल ३ सम्म टोली रहने  र सो क्रममा ३१ मार्च २०२४ सम्म

अर्जेन्टिनाले प्रिक्वाटरफाइनलमा अस्ट्रेलियासँग खेल्ने

दोहा– दुईपटकको विजेता अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा अस्ट्रेलियासँग खेल्ने भएको छ। समूह सीको विजेताका रुपमा अर्जेन्टिनाले समूह डीको उपविजेता अस्ट्रेलियासँग खेल्ने भएको हो। अर्जेन्टिना ३ खेलबाट ६ अंक जोड्दै समूह विजेता बन्यो भने समान ४ अंक भएको मेक्सिकोलाई गोलअन्तरमा पछाडि पार्दै पोल्यान्ड समूहको उपविजेता बन्यो। समूह डीमा तीन खेलबाट ६ अंक जोड्दै अस्ट्रेलिया […]

युक्रेनी सीमामा कठ्यांग्रिँदै नेपाली

२८ किलोमिटर हिँडेर युक्रेनको सीमा पुगेका नवलपरासीका रमेश मगरले ३५ घण्टा बस्दा पनि पोल्यान्ड छिर्न पाएका छैनन् । उनी अझै करिब ५ हजार जनाभन्दा पछाडि नै छुटेका छन् । ‘पोल्यान्डको सिफातर्फ प्रवेश पाएको छैन । युक्रेनकै चेकपोस्टमा बढी लाइन लागेको छ । रातभरजसो हिउँ परिरहेको छ । हामी कठ्यांग्रिएका छौं,’ उनले टेलिफोनमा भने, ‘वरिपरि बस्न न्यानो ठाउँ छैन । मेरो खुट्टा सुन्निएको छ ।’

आप्रवासीहरु ओइरिनुमा रुसी राष्ट्रपति पुटिन दोषी  ः पोल्यान्ड

काठमाण्डाै - पाेल्यान्डले आफ्नो सीमामा देखिएको आप्रवासी समस्याको पछाडि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको आरोप लगाएको छ । पाेल्यान्डका प्रधानमन्त्री म्याट्युस मोरावियस्कीले बेलारुससँगको सीमा नाकामा अवैध आप्रवासीहरु ओइरिनुमा पुटिन दोषी रहेका आरोप  लगाउनु भएको हो । पुटिनसँग निकट रहेका बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले आप्रवासीहरुलाई आफ्नो देशबाट पाेल्यान्ड हुँदै युरोपका अन्य देशहरुमा छिर्न उक्साएको उहाँको आरोप छ । बेलारुसी नेता एलेक्जेन्डरले भने युरोपेली सङ्घको प्रतिबन्धको ब...