स्थानीय र पश्चिमी वायुको प्रभाव‚ केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौं : स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण आज दिउँसो विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको छ। अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २९ डिग्र

सम्बन्धित सामग्री

बुधवारदेखि माैसम बदली भएर पानी पर्ने सम्भावना

काठमाण्डाै – आउँदाे बुधवारदेखि देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।पश्चिमी वायु सक्रिय हुने भएकाले पर्सि २१ गते बुधवार बेलुकादेखि शुक्रवारसम्म देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । पश्चिमी वायुको असर शुक्रवारपछि पनि रहन्छ वा रहँदैन भन्ने कुरा भने कत्तिको सक्रिय हुन्छ भन्नेमा भर पर्ने उहाँले बताउनुभयो ।शुक्रवार सुदुरपश्चिम क्षेत्रबाट पश्चिमी वायुको प्रभाव देखिन थाल्ने भएकाले सुदूरपश्चिममा आउने बुधवार अलि धेरै पानी पर्ने स...

बुधबार बेलुकादेखि पानी पर्ने सम्भावना : चिसो अझै बढ्ने

काठमाण्डौ । आगामी बुधवारदेखि मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । पश्चिमी वायु सक्रिय हुने भएकाले बुधवार बेलुकादेखि शुक्रवारसम्म मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको जनाइएको छ । पश्चिमी वायुको असरको कारण पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जनाइन् । शुक्रवार सुदुरपश्चिम क्षेत्रबाट पश्चिमी वायुको प्रभाव देखिन थाल्ने भएकाले […]