हालसम्म २६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता: निर्वाचन आयोग

प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा आज बिहान ९ः३० बजेसम्म प्राप्त विवरणमा २६ हजार ६५२ उम्मेदवारी दर्ता भएको सूचना प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणअनुसार हालसम्म प्रमुख एवं अध्यक्षमा एक हजार ४७७, उपप्रमुख एवं उपाध्यक्षमा ९४९, वडाध्यक्षमा पाँच…

सम्बन्धित सामग्री

रुपन्देही- ५ मा एमालेबाट वासुदेव नै आधिकारिक उम्मेदवार : निर्वाचन आयोग

निर्वाचन आयोगले रुपन्देही–५ मा नेकपा एमालेको उम्मेदवार विवाद टुङ्गो लगाएको छ । आयोगले नेकपा एमालेबाट सबैभन्दा पहिला उम्मेदवारी दर्ता गरेका वासुदेव घिमिरेलाई आधिकारिकता दिएको हो ।

चुनावको लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आइतबार

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोलि असोज २३ गते आइतबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रमका लागि तयारी पूरा भएको छ ।निर्वाचनमा भाग लिने दल र उम्मेदवारले मनोनयनका लागि आफ्नो तयारी तीव्र बनाएका छन् । आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफँै वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गरे ।उनले मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयन गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरे ।आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्नसमेत सम्बन्धित सबैमा उनले आग्रह गरे । प्रमुख आयुक्त थपलियाले विविध कारणवश केही दलले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम केही पर सारिदिन वा तीन दिनसम्म उक्त कार्यक्रम निरन्तर गर्न आग्रह गरेको भए पनि दलले प्रायःअन्तिम समयमा मात्रै उम्मेदवारी मनोनयनको निर्णय गर्ने प्रवृत्ति रहेको र विद्यमान कानुनी अवस्थाभित्र निर्वाचन कार्यक्रम हेरफेर गर्ने आधार नदेखिएकाले कार्यक्रम यथावत राखिएको स्पष्ट गरे ।उनले उम्मेदवारले वारेसनामा वा प्रतिनिधिका माध्यमबाट पनि मनोनयनपत्र दर्ता गराउन सक्ने भएकाले सोका लागि आधिकारिक पत्र, वारेसनामा र निस्साजस्ता कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपलब्धसम्म गराएर दल र उम्मेदवारलाई सहजीकरण गर्न आयोग तत्पर रहेको स्पष्ट गर्दै आवश्यकता र औचित्यताका आधारमा निर्वाचन आचारसंहिता, २०७९ मा संशोधन गरिएको जानकारी दिए ।निर्वाचनका लागि यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी १६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई विद्यमान कानूनबमोजिम राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद तोक्ने निर्णय गरी यही असोज १६ गते सार्वजनिक गरिसकेको छ ।

निर्वाचन आयोग अझै उम्मेदवारको नाम प्रविष्ट गर्दै

काठमाडौं : स्थानीय तह निर्वाचन तालिका अनुसार आज उम्मेदवार विरुद्ध दाबी विरोध गर्ने दिन हो।आइतबार र सोमबार दुई दिन उम्मेदवारी दर्ता गराएको आयोगले आज उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरी उम्मेदवार विरुद्ध दाबी विरोधको उजुरी लिने कार्यतालिका छ। तर आयोगले अझै उम्मेदवारको प्रारम्भिक संख्या टुंगो लगाउन सकेको छैन । उम्मेदवारी दर्ताका लागि दुई दिनको समय दिए पनि एकै दिन ठूलो संख्यामा उम्मेदवारी परेपछि आयोग अझै उम्मेदवारको नामावली प्रविष्ट गरिरहेको छ। स्रोतका अनुसार केही प्राविधिक कठि

१३ हजार बढीको उम्मेदवारी, कुन प्रदेशमा कति?

काठमाडौं :  स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता  चलिरहेको छ। उम्मेदवारी दर्ताको दोस्रो दिन आज पनि मनोनयनको काम भइरहेको निर्वाचन आयोगले जनाएको छ।तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आइतबार १० र दोस्रो दिन १० बजेसम्म १३ हजार बढीले उम्मेदवारी दर्ता गराएका निर्वाचन आयोग कार्यालयले जनाएको छ।सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका मनोनयनलाई प्राविधिकले इन्ट्री गर्ने र मुख्य निर्वाचन अधिकृतले प्रमाणीकरण गर्ने कार्य जारी रहेकाले संख्या बढ्न सक्ने आयोगले जनाएको छ।&nb

पालिका चुनावको लागि उम्मेदवारी दर्ताको तयारी पूरा : निर्वाचन आयोग

काठमाण्डाै – निर्वाचन आयोगले सबै पालिकामा उम्मेदवारी दर्ताको लागि तयारी पूरा भएको बताएको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र सात सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर उम्मेदवारी दर्ताको तयारी पूरा भएको बताउनुभयो । आयोगले भोलि र पर्सि बिहान ११ बजेदेखि बेलुकी पाँच बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ ।  यस्तै आयोगले आफूलाई अनुकूल समयमा मनोनयन दर्ता गर्न अपिल गरेको छ । कतिपय ठाउँमा...

चुनावको चटारोमा निर्वाचन आयोग : एक/दुई दिनमा कार्यतालिका सार्वजनिक गर्ने

काठमाण्डौ – निर्वाचन आयोग स्थानीय तहको चुनावका लागि कार्यतालिका बनाउन जुटेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अहिले कार्यतालिकाको मस्यौदामा काम भैरहेको छ । एक/दुई दिनमा मस्यौदा अन्तिम टुङगो लागेपछि कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी छ । कार्यतालिकामा निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत नियुक्तिदेखि निर्वाचनसम्मका कार्यक्रम समेटिनेछन् । साथै कार्यतालिकामा उम्मेदवारी दर्ता, दाबी विरोध, चुनाव चिह्न प्रदान, चुनाव र मतगणनासम्मको कार्यक्रम समावेश हुनेछ ।  कार्यतालिका सार्...

लुम्बिनीमा ३ पदका लागि ६ जनाको उम्मेदवारी दर्ता

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको ३ पदको लागि ६ जनाको उम्मेदवार परेको छ । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज  ६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोग दाङ्गले जनाएको छ ।जसमा नेपाली काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्माले मनोनयन दर्ता गराएका  छन्  भने नेकपा एमालेको तर्फबाट खुल्लाबाट दाङका रामदयाल गुप्ता, महिलाबाट बाँकेकी भारती खनाल र दलितबाट गुल्मीका कृष्णबहादुर सुनारले मनोनयन

प्रदेश २ मा २६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता : निर्वाचन आयोग

प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा २६ हजार ६ सय ५२ उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।