कर्णालीमा सडक सवारी असुरक्षा र दुर्घटना बढ्दै गएको पाइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ मा अघिल्ला वर्षभन्दा ४३ प्रतिशत बढी सवारी दुर्घटना भएको जनाएको छ । उक्त आवमा ४०२ सवारी दुर्घटना भएका थिए । आव २०७६/७७ मा २३६, २०७७/७८ मा २९१ सवारी दुर्घटना भएका थिए । पछिल्ला तीन आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा परी ३९२ जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले दुई वर्ष कोरोना रोकथामका लागि ‘लकडाउन&