वैशाख दोस्रो साता भारतबाट  १० लाख डोज खोप आउँदै

सेरम इन्स्टिच्युटबाट खरिद गरेको कोभिड– १९ विरुद्धको १० लाख डोज कोभिसिल्ड खोप वैशाख दोस्रो सातासम्म नेपालमा उपलब्ध गराइदिने आश्वासन भारत सरकारले दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी डा....

सम्बन्धित सामग्री

खोप बढाऔँ, सचेत बनौँ (सम्पादकीय)

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै कोरोना विरुद्धको खोप, औषधि, उपकरण र अक्सिजनको अभावको अवस्था क्रमशः सहज हुँदै गएको छ । कुनै बेला ५० प्रतिशत हाराहारीसम्म पुगेको सङ्क्रमण दर अहिले २० प्रतिशतमा झरेको छ । वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा अहिले केही खुकुलो भएको छ तर पनि महामारी नियन्त्रणमा आइसकेको छैन । कोरोनाविरुद्धको खोपको उपलब्धता बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा सरकारको प्राथमिकतामा कोरोनाविरुद्धको ‘खोप, खोप र खोप’ रहेको बताएर नयाँ सरकारको प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कोभ्यास सुविधाअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोनसन एन्ड जोनसनको खोप लगाउने कार्यको सोमबार थालनी र विभिन्न खोप केन्द्रको निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले छिटोछरितो र चुस्त बनाई सहज र सुरक्षित ढङ्गले खोप लगाउने वातावरण मिलाउन निर्देशनसमेत दिनुभएको छ । सरकारले आगामी चैतभित्रमा सबै जनतालाई निःशुल्क रूपमा कोरोना विरुद्धको खोप लगाइसक्ने प्रतिबद्धता जनाइसकेको छ । आइतबारसम्ममा २९ लाख ९९ हजार २१९ जनाले पहिलो मात्रा र ११ लाख २९ हजार ९०८ जनाले दोस्रो मात्रा लगाइसकेको र खोपको उपलब्धता बढेको अवस्थामा भएकाले आगामी दिन केही सहज हुने आशा गर्न सकिन्छ । अनुदान र खरिदबाट ६५ लाख ८२ हजार ८५० मात्रा खोप नेपाल आइसकेको छ । कोभ्याक्सअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोनसन एन्ड जोनसनको १५ लाख ३४ हजार ८५० मात्रा खोप पनि नेपाल आइसकेको छ र एक मात्रा लगाए पुग्ने यो खोप सोमबारदेखि लगाउन सुरु भइसकेको छ । खरिद गरिएको मध्ये चीनबाट ३२ लाख र भारतबाट १० लाख मात्रा आउन बाँकी छ । १८ लाख मात्रा अनुदानमा दिइसकेको चीनले भर्खरै थप १६ लाख मात्रा खोप अनुदानमा दिने जनाएको छ । जापान सरकारले थप १६ लाख मात्रा खोप दिने भएको छ ।

चीनले अनुदानमा दिने खोप लिन सोमबार वाइडबडी पठाउने तयारी

१४ वैशाख, काठमाडौं । चीनले अनुदानमा दिने १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज सोमबार बेइजिङ पठाउने तयारी शुरु गरिएको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेका अनुसार वाइडबडी जहाज ए३३० जहाज सोमबार …

स्वास्थ्य मन्त्रालयले भन्यो : हाल ५० लाख डोज कोभिसिल्ड खरिद गर्ने अवस्था छैन

२३ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेराम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद हाललाई सम्भव नभएको बताएको छ । नेपालले खरिद गरेको १० लाख डोज भने क्षमता विस्तार भएपछि क्षमता दिने कम्पनीले बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार नेपालले खरिद गरेर आउन बाँकी १० लाख जोड आपूर्तिलाई […]

१० प्रतिशत कमिशनको खेलले भ्याक्सिन रोकिएको खुलासा

काठमाडौं, २२ वैशाख । कोरोना भाइरसको महामारीविरुद्धको भ्याक्सिन कमिशनको खेलले ढिलाई भएको खुलेको छ । नागरिकको जीवनमाथि सरकारमा रहेका जिम्मेवार अधिकारी र केही एजेन्ट व्यापारीबाटै खेलवाड भएको खुलासा स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले नै गरेका छन् । सेरम कम्पनीको नेपाल एजेन्ट कमिशनका लागि सक्रिय हुँदा १० लाख डोज खोपको आपूर्ति रोकेको र ५० लाख डोज खोप खरिदका […]

खोप आयातमा भारतको विकल्प खोज्दै सरकार

१६ वैशाख, काठमाडौं । देशभित्र कोरोना स्रंक्रमितको संख्या अप्रत्यासित रुपमा बढेसँगै भारतले खोप निर्यातमा ‘अघोषित प्रतिबन्ध’ लगाएपछि नेपाल सरकारले अन्य मुलुकबाट खोप ल्याउने गृहकार्य अगाडि बढाएको छ । अग्रिम भुक्तानी भइसकेको १० लाख डोज खोप भारतबाट …

वैशाखभित्र १० लाख डोज खोप पठाउन सिरमलाई सरकारको तेस्रो पत्र

सरकारले भारतीय कोरोना खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियालाई वैशाख महिनाभित्र बाँकी खोप पठाउन